२०८२, २५ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा कार्यरत सवै विदेशी कामदारको कोरोना परीक्षण गरिने

२०७७, २३ बैशाख मंगलवार १०:३६

बैशाख २३, मलेसिया । मलेसियामा रहेका सवै विदेशी कामदारको कोरोना भाईरस (कोभिड १९) परीक्षणलाई अनिवार्य गर्ने यहाँका एक वरिष्ठ मन्त्रीले बताएका छन् । कोभिड परीक्षणको शुल्क रोजगारादाताले व्यहोर्नुपर्ने सरकारको भनाई

छ ।

मन्त्री ईस्माईल साब्री याकोवले घरेलु कामदारका लागि भनें स्वाव परीक्षण अनिवार्य नभएको बताएको स्थानीय सञ्चार माध्यमले समाचार लेखेका छन् । कुनै पोजेटिभ देखिएमा सो क्षेत्रलाई शिल गर्ने उनले बताए । कोरोना संक्रमित मध्ये विदेशी कामदारमा पनि यसको संक्रमणको वृद्दि धेरै देखिएको मलेसिया सरकारको निश्कर्ष छ ।

तर सरकारको सो निर्णयको रोजगारदाताहरुले भने विरोध गरेका छन् । कोरोना संक्रमणका कारण थला परेको व्यवसायलाई कामदारलाई अनिवार्य कोरोना परीक्षण गराउनु पर्ने र त्यसको शुल्क रोजगारदाताले व्यहोर्नुपर्ने भएपछि त्यसले समस्या हुने उनीहरुको भनाई छ । यसैगरी त्यति धेरै संख्यामा परीक्षण सम्भव हुनेमा पनि उनीहरुले आशंका गरेका छन् ।

तर सरकारले भने पसल, रेष्टुराँ, कलकारखाना, निर्माण क्षेत्र तथा सेवामूलक अन्य क्षेत्रमा काम गर्ने सवै कामदारको अनिवार्य रुपमा कोरोना परीक्षण गराउनुपर्ने बताएको छ । पछिल्ला केहि दिनमा कोरोनाको संक्रमण विदेशी कामदारको वीचमा बढी फैलिएको भन्दै सरकारले सवै विदेशी कामदारको अनिवार्य रुपमा कोरोना परीक्षण गर्नुपर्ने निश्कर्ष निकालेको हो । स्वाव परीक्षण क्वालालम्पुर र सेलेंगारबाट सुरु गर्ने प्रस्ताव यहाँको स्वास्थ्य मन्त्रालयले राखेको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाए, खर्च १४ लाख १७ हजार मात्रै  समानुपातिकतर्फको मतगणनामा रास्वपाको ४१ लाख ५१ हजार २५७ मत प्राप्त बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध शेयर बजारमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटलाई कारोबार बन्द समानुपातिकतर्फको ८३ लाख ८२ हजार ९८४ मत गणना, रास्वपाको ४० लाख ५० हजार ७५३ मत प्राप्त कारोबारको सुरुवातमै नेप्सेमा सकारात्मक सर्किट गोरखा १ मा सुदन गुरुङको जित निश्चित सुनचाँदीको मूल्यमा गिरावट १५६ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, १२० रास्वपाका उम्मेदवार विजयी समानुपातिकतर्फ रास्वपाले २२ लाख मत कटायो