पढ्न करिब 2 मिनेट लाग्छ

दान बहादुर बुढा | बैशाख २४, मुगु | मुगु जिल्ला र हुम्ला जिल्लामा जोड्ने रुगाँ चेखेली सडकमा काम गर्ने मजदुहरुलाई विश्वमा फैलिएको महामारि अर्थात कोभिड १९को रोक नेपालमा पनि फैलिएको हुदा यसबाट बच्न रोक्न, नियन्त्रण गर्नको लागी फेज नेपाल नामक सस्थाले निश्ल्क शिक्षा र स्वास्थ्य सामाग्री बितरण गरेको छ ।

रुगा चखेली सडक खण्डमा rap3को आर्थिक सहयोग र फेज नेपालको स्वास्थ्य सेवामा सडकमा काम गर्ने मजदुरहरुलाई सेवा दिदै आईरहेको र पछिल्लो समयमा बिश्वमा महामारिको रुपामा फैलिएको कोरोना भाईरसका बिरामी नेपालमा पनि देखा परेको हुँदा कोभीड १९ बाट बच्नको लागी रुगा चखेली सडकमा काम गर्ने ६४ समुहमा काम गर्ने ४ हजार ३० जना कामदारलाई कोभिड १९ बाट बच्नको लागी स्वास्थ्य शिक्षा र प्रतेका ब्याक्तिलाई मेडिकल माक्स, अन्य औषधी बितरण गरिएको फेज नेपाल मुगुका परियोजा स्रोत ब्यक्ति मिलन घिमिरेले जानकारी गराएका छन ।

फेज नेपाल नामक सस्थाहरुको कार्यक्षेत्र सोरु गाँउपालिकाको, बाम, नेर, भिई, भिई दोमुख लगाएका, ठाँउहरुमा गाँउ पालिकासंग सहकार्य गरि बाहिर जिल्ला, तेश्रो मुलुकबाट गाँउपालिका भित्र आउने मानिसहरुको चेकजाच गर्नको लागी तयार गरिएको हेल्प डेक्स बाट ८ सय भन्दा बढी मानिसहरुको चेक-जाच गर्ने गरेको छ। फेज नेपालबाट सन्चालीत स्वास्थ्य सस्थाबाट लकडाउन भएको समयमा चार सुत्केरी आमालाई सेवा दिईएको कोभिड १९ को बारे बस्ती-बस्ती टोल-टोलमा कोरोना भाईरसबारे जनचेतना समेत दिदै आईरहेको सोरु गाँउपालिकाको सिप, नार्थपु, नेर, भिई, थार्प, बाम, लगाएत स्वास्थ्य सेवाबाट नियमित १ सय ३० प्रकारको औषधी, सुत्केरी, सेवा, कृषि सम्बन्धि लामो समय देखी काम गदै आई रहेको फेज नेपालका जिल्ला स्रोत ब्याक्ति, राज कुमार धिमिरेले बताएका छन ।

यतिखेर बिश्व बिपतमा परेका मानिसहरुलाई सबै मिलेर उद्दार र सहयोग गर्नुपर्ने देखिएको छ । स्वास्थ्य शिक्षा, आयआर्जनमा कम ज्ञान भएका हामी मुगुलिहरुलाई बिगतबाट सहयोग गर्दै आईरहेको फेज नेपालले यति खेर महामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट बच्नको लागी स्वास्य शिक्षा र मेडिकल माक्स लगायत अन्य औषधी सहयोग गरेकोमा हामी सडकमा काम गर्ने कमाई खाने मजदुरलाई निकै राहत भएको रुघा चंखेली सडक खण्डमा काम गर्ने कामदारका मुख्य मुल उपभोक्ता समितिका अध्यक्ष संख बढुवालले बताएका छन ।