२०८२, २४ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशमा समस्यामा नेपाली: ‘घर जान पाउँ’ अभियान के का लागि भैरहेछ ?

२०७७, २७ बैशाख शनिबार ०८:०४

वैशाख २७, काठमाडौँ | यो संसारमा सबैभन्दा पिडा हामीलाई आँफूलाई जे परेको छ त्यसैमा हुन्छ । आफ्नो घरमा भएका हामी बाहिर डुल्न जान नपाउँदा संसार कै ठूलो पिडा लाग्छ तर हामीसँग हाम्रो समुदाय हाम्रा साथीहरूले भोगेका समस्या का अगाडी यो एउटा सामान्य कुरा हो कमसेकम हामी हाम्रो घरमा सुरक्षित छौ र पनि हामीलाई यो एउटा ठूलो समस्या लाग्छ ।

अब थोरै कल्पना मात्र गर्नुस् 'तपाईँ महिला हुनुहुन्छ भने तपाईँनै, हैन तपाईँ पुरुष हुनुहुन्छ भने तपाईँको कोही नजिकको महिला जो अहिले गर्भवती हुनुहुन्छ, बिदेशमा हुनुहुन्छ त्यो पनि त्यस्तो देशमा जहाँ हामिले त्यहाँको कार्ड पाएर बसेका छैनौँ । मेडिकल कार्ड छैन श्रिमानको पनि भर्खर जागिर गएको छ अहिले ६ महिना १० दिन भयो अबको २० दिनमा नेपाल जान सकिएन भने ७ महिना भएपछी हवाई जहाजले उडाउँदैन, अहिले बसीरहेको देशमा बच्चा जन्माउन लाग्ने खर्च, त्यहाँ बस्ने उचित बसोबास छैन अब के गर्ने ? के उहाँ आफ्नो घर जान नपाउने ? 


ल ठिक छ तपाईँले गर्भवति महिलालाई रिलेट गर्न सक्नुभएन तपाईँले त्यस्तो दिन देख्नु भएको पनि छैन । अब कल्पना गर्नोस् तपाईँको घरमा बुबा/आमा सिकिस्त बिरामी हुनुहुन्छ । बुबा भन्नुहुन्छ मैले मेरो छोरा/छोरीलाई एक चोटी मात्र भएपनि देख्न चहान्छु । होला तपाईँको नै त्यस्तो पक्कै नहोला यस्ता समस्या हाम्रा कयौँ श्रमिक साथीहरूका छन् अब तपाईँ भन्नोस् उहाँ के गर्ने ? के उहाँ आफ्नो घर जान नपाउने ? यो पनि रिलेट गर्न सक्नु भएन भने ।

अब यो कल्पना गर्नोस् कम्पनि बन्द भएको २ महिना भयो, अब खुल्दैन । कम्पनिले ठिकै छ १/२ महिना मेरै बासस्थानमा बस खुले पछी जाउला भन्दै थियो अहिले भन्दै छ म बासस्थानको भाडापनि तिर्न नसक्ने अबस्थामा छु तिमिहरूले यो बासस्थान छोडिदेउ । तपाईँ सँग खानको लागी पैसापनि छैन अहिले एता उता संघ संस्था, नेपाल एम्बेसीको सहयोगमा खाई रहनु भएको छ तर अब बस्ने कहाँ ? यस्तो अबस्था तपाईँकै नहोला तपाई हामी जस्ता कयौँ श्रमिकले यै भोग्नु भएको छ यतिबेला, अब भन्नोस् यस्तो अबस्थामा के के गर्ने  ? के उहाँ आफ्नो घर जान नपाउने ? 

यस्ता याबत समस्यामा भएका हाम्रा हजारौँ श्रमिक साथीहरुको आवाजलाई माथी उठाउन र उहाँहरूलाई आफ्नो अधिाकार प्रयोग गर्न सहयोग पुगोस् भन्ने उदेश्यले सुरु गरीएको एउटा अभियान हो ‘घर जान पाउँ’ ।  हाम्रो उदेश्य भएभरका सबै परदेशमा भएका नेपाल फर्किन पर्छ  भन्ने हैन  । यो(कोरोना भाईरस) ठूलो समस्या हो तर बर्षौँ बर्ष पक्कै रहँदैन त्यसैले सकेसम्म आफ्नो जागिर राम्रै भैरहेको छ  भने अझै राम्रो काम गर्दै बसेर परिवार र देशलाई सहयोग पुर्याउनु पर्छ भन्ने हो तर हैन अन्य समस्याले गर्दा अफ्ट्यारो परेको छ भने हाम्रो अभिवावक हाम्रो सरकारले नै हामीलाई हाम्रो घर सम्म जानको लागी बाटो खुलाईदिनु पर्छ भन्ने हो र यो हाम्रो अधिकार पनि हो  । 


हामी सरकारलाई सहयोग गर्न चहान्छौँ त्यसैले हाम्रो अबस्थाको बारेमा एम्बेसीहरूके दिएको फारम पनि भरेका छौँ । हमीलाई जति दिन क्वारेन्टिनमा बस्न भनिन्छ हामी त्यो पनि बस्न तयार छौँ हामीलाई आफ्नो देश समाज र परीवारको माया छ पक्कै पनि कुनै पनि हालतमा हामीले कोरोना फैलिन नदिनको लागी सँधै सचेत रहने छौँ । अरु दशले आफ्ना देशका दु:खमा भएका नागरीक हरूलाई लैरहेको छ हामी सँगै काम गर्ने एकजना पाकिस्तानि साथी, अर्को एक जना भारतिय साथी झोला बोकेर बाई बाई ‘नमस्ते फिर मिलेन्गे’, ‘ईस्साअल्ला फिर मुलाकत होगी’ भन्दै जाँदा मुटु ढक्क हुन्छ र पनि  हामीलाई नेपालमा जन्मिन पाएकोमा सँधै  गर्ब छ र यो सँधै रहीरहने छ ।  हामिलाई लाग्दैन अरु देश भन्दा हाम्रो देश त्यति कमजोर छ र हामीलाई यो पनि कहिल्यै लाग्दैन हाम्रो सरकारले हामिलाई वास्ता नै गर्दैन । हामीलाई थाहा छ सरकारले हाम्रो ध्यान राख्छ त्यसैले त हिडडुल गर्दा जोखिम बढ्ने भएकाले जहाँ छौ त्यहीँ बस भन्यो हामी बस्यौँ र बसीनै रहेका छौँ तर अहिले हामी जहाँ बसीरहेका छौँ त्यही कोरोना भन्दा ठूलो अरू समस्याले पिरोलेको कारणले गर्दा मात्र हामीले बिनम्र अनुरोधका साथ यो अभियान चलाएका हौँ । ‘घर जान पाउँ’ हाम्रो उदेश्य हो सरकार र सरोकार निकायले यसलाई प्राथमिकतामा राखेर काम गरुन् यसको लागी अन्य केही सहयोग चाहीएमा हामी गर्न तयार छौँ ।  


- ‘घर जान पाउँ’ अभियान टिम 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१५६ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, १२० रास्वपाका उम्मेदवार विजयी समानुपातिकतर्फ रास्वपाले २२ लाख मत कटायो विषम परिस्थितिमा निर्वाचन गराउन सरकार सफल भयो: कानुनमन्त्री सिन्हा गोरखा-१ मा सुदन गुरुङको अग्रता कायमै १५४ क्षेत्रकाे मतपरिणाम सार्वजनिक मङ्गलबारसम्म आकाश नखुल्ने, केही स्थानमा हल्का वर्षाको सम्भावना समानुपातिकतर्फको मतपरिणाम अनुसार रास्वपाले १९ लाख मत प्राप्त १५० निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक, ११६ स्थानमा रास्वपाको जित ललितपुर–२ मा रास्वपाका उम्मेदवार जगदीश खरेल विजयी काठमाडौँमा वायु प्रदूषण बढ्यो सुनसरी-१ मा हर्क साम्पाङ विजयी सरकारले जेनजी आन्दोलनको क्रममा भएका घटनाको जाँचबुझ प्रतिवेदन सार्वजनिक गर्ने धादिङ–२ मा रास्वपाका बोधनारायण श्रेष्ठ विजयी सुनचाँदीको मूल्य बढ्यो नीति निर्माण तहमा महिलाको सहभागिता आवश्यक : प्रधानमन्त्री कार्की बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा