२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

सहस्राब्दी पदमार्गमा बन्दाबन्दीले रोकिएका काम बढे

२९ बैशाख २०७७, सोमबार ०२:००

वासुदेव पौडेल | वैशाख २९, कास्की | विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन बन्दाबन्दी जारी गरिएको भए पनि विकास निर्माणका कामलाई अघि बढाउने गरी केही खुकुलो बनाएसँगै सहस्राब्दी पदमार्गमा रोकिएका कामलाई तीव्रता दिइएको छ ।  

तनहुँको दुलेगौँडाबाट स्याङ्जाको रामबाछा जोड्ने ७२ किलोमिटर लामो नेपालकै मध्यपहाडी क्षेत्रस्थित पहिलो यो पदमार्ग (मिलेनियम ट्रेक) मा विकासको काम अघि बढिरहेका समयमा एकाएक कोरोना भाइरसको सम्भावित सङ्क्रमण फैलिन नदिन गरिएको बन्दाबन्दीले सम्पूर्ण काम रोकिएको थियो ।

पदमार्गको विकासका लागि चालू आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारबाट विनियोजित रु ५० लाख बजेटअन्तर्गत विभिन्न काम अघि बढाइएको थियो । बीचमा सम्पूर्ण काम ठप्प भएको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार चालू आर्थिक वर्षकै लागि प्रदेश सरकारले सहस्राब्दी पदमार्ग, अन्नपूर्ण पदमार्ग र धवलागिरि पदमार्गका लागि रु १८ करोड रकम पनि विनियोजन गरेको छ ।

यसअघि नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० का अवसरमा न्यूनतम ५० हजार पदयात्री त्यसमार्गबाट हिँडाउने लक्ष्य समेत सार्वजनिक गर्दै प्रवद्र्धन र विकासलाई सँगसँगै बढाइरहेको अवस्थामा झण्डै दुई महिना बन्दाबन्दीले सबै काम रोक्नुपरेको उहाँको भनाइ छ ।

यस अवधिमा पदमार्गअन्तर्गत पर्ने तनहँुको शुक्लागण्डकी नगरपालिका–१० स्थित ढोर मूलकोट दरबार क्षेत्रलाई तारबारसहित व्यवस्थित गर्ने लक्ष्य राखिएको बताउँदै उहाँले विस्तृत आयोजना प्रतिवेदनसमेत तयार भइसकेको अवस्थामा ठेक्का सम्झौता भएर काम बढाउने तयारीमा लाग्दालाग्दै काम रोक्नुपरेको जानकारी दिनुभयो ।

आजभन्दा लगभग ३०० वर्ष पुरानो ढोर मुलकोट दरबारसहित त्यहाँका गढी, त्यहाँस्थित शक्तिपीठ, देउती बज्यैको थान, टक्सार घर आदिको भग्नावशेष समेतलाई संरक्षण गर्ने समितिको लक्ष्य छ ।

समितिले पदमार्गअन्तर्गतकै मिलेनियम गुफाको तारबारलगायतका कामलाई व्यवस्थित गर्ने योजना पनि बन्दाबन्दीबाट प्रभावित बनेको थियो । गुफालाई व्यवस्थितरूपमा तारबार गर्दै प्रवेशद्वार, टिकट घरजस्ता संरचना निर्माण गर्ने लक्ष्य राखिएको समितिले जनाएको छ ।

यसबीचमा नै समितिले शुक्लागण्डकी–११ राइपुरस्थित जन्तेढुङ्गालाई व्यवस्थित गर्ने योजना राखेको थियो । पदमार्ग क्षेत्रका प्रकृतिलाई पर्यटनसँग जोडी आर्थिक समृद्धिका लागि पहल गर्दै यहाँस्थित प्राचीन महत्वको जन्तेढुङ्गालाई घरबास र पर्यटनसँग जोड्ने पहल थालिएको छ ।

महासचिव गुरुङका अनुसार यो स्थानलाई व्यवस्थित गर्दै पर्यटकीयरूपमा जोड्नका लागि पहल थालिएको हो । आगामी वर्ष यही स्थानमा ललितकला प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा मूर्ति कार्यशाला गर्ने तयारी गरिएको छ । स्थानीय जनशक्ति एवं साधनस्रोतको अधिकतम उपयोग गर्दै सामाजिक दूरी लगायतका आधारभुत कुराको पालना गरी काम अघि बढाउन लागिएको उहाँको भनाइ छ ।

पदमार्ग क्षेत्रकै भीरकोट नगरपालिका–३ स्थित भीरकोट दरबार र वडा नं ७ स्थित देउपूजी ढुङ्गालाई पनि तारबार एवं व्यवस्थित गर्न लागिएको छ । त्यस्तै पुतली बजार नगरपालिका–२ स्थित भैँसे गौँडाको खाँणदेवीको मन्दिर जाने सिँढी बाटोमा रेलिङ निर्माण गर्न लागिएको छ । पदमार्गकै कुसुम भञ्ज्याङबाट गहते मनकामना जाने सिँढी बाटो, पुतलीबजार नगरपालिका–९ कोल्मामा चरा एवं वन्यजन्तु अवलोकनस्थल लगायतका निर्माणकार्य पनि रोकिएकोमा आगामी दिनमा तीव्रताका साथ अघि बढाइने समितिका सदस्य एवं मिलेयिम भैसेगौँडा सामूदायिक होमस्टेका अध्यक्ष बालकुमार गुरुङले बताउनुभयो ।

“विकास निर्माणका काम अघि बढाउने गरी बन्दाबन्दी खुकुलो भएपछि रोकिएका कामलाई तीव्रता दिने हाम्रो लक्ष्य छ,” सदस्य गुरुङले भन्नुभयो, “सरकारले तोकेबमोजिक सामाजिक दूरीलगायतका आधाभूत कुरालाई पालना गर्दै आगामी दिनमा कामहरू अघि बढ्नेछन् ।” रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य