Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

युएईमा भिषाको म्याद सकिएकाहरुले जरीवानाका तिर्नु नपर्ने, सयौं नेपालीहरुलाई राहात

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

जेठ १, काठमाडौं । संयुक्त अरव ईमिरेट्स (युएई) ले भिषाको नियम उल्लंघन गरेका सवैलाई जरीवाना छुट दिने घोषणा गरेको छ । युएईका शेख खलिफा बीन खलिफा बीन जायाद अल नहयानले बुधवार यसको घोषणा गरेका हुन् ।

युएईका शेखको सो घोषणा अनुसार २०२० मार्च १ भन्दा अघि भिसा सकिएर लागेको जरिवानाहरु पनि मिनाहा भएको छ । यूएई सरकारले भिजिट र ईम्प्लोईमेन्ट सबै किसिमका भिसामा लागेको जरीवाना (फाईन) हरु मिनाहा गरेको हो ।

कोरोना संक्रमण सुरु भइसकेपछि भिषाको म्याद सकिएकाहरुले जरीवाना तिर्नु नपर्ने यसअगाडी नै युएईले घोषणा गरिसकेको छ । साथै ईमिरेट्स आईडी कार्ड र लेबर कार्ड ( वर्क पर्मिट) मा लागेको फाईन पनि मिनाहा भएको छ । फाईन मिनाहा हुनेहरुले आगामी मे १८ देखि ३ महिना भित्र यो देश छाडिसक्नु पर्नेछ । यसरी गएकाहरुले अवस्था सामान्य भए पछि कुनै पनि बेला आउन पाउनेछन् । प्रतिबन्ध (ब्यान) लाग्दैन ।

यो निर्णयले लामो समय देखि यूएईमा  ग़ैर कानुनी भएर बसेकाहरुले राहात पाउनेछन् । भिजिटमा आएर अलपत्र परेकाहरुले पनि जरिवाना तिर्नु पर्दैन । तर मे १८ देखि ३ महिना भित्र यो देश छोडिसक्नु पर्नेछ ।