२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएईमा भिषाको म्याद सकिएकाहरुले जरीवानाका तिर्नु नपर्ने, सयौं नेपालीहरुलाई राहात

१ जेष्ठ २०७७, बिहीबार ०५:४७

जेठ १, काठमाडौं । संयुक्त अरव ईमिरेट्स (युएई) ले भिषाको नियम उल्लंघन गरेका सवैलाई जरीवाना छुट दिने घोषणा गरेको छ । युएईका शेख खलिफा बीन खलिफा बीन जायाद अल नहयानले बुधवार यसको घोषणा गरेका हुन् । 

युएईका शेखको सो घोषणा अनुसार २०२० मार्च १ भन्दा अघि भिसा सकिएर लागेको जरिवानाहरु पनि मिनाहा भएको छ । यूएई सरकारले भिजिट र ईम्प्लोईमेन्ट सबै किसिमका भिसामा लागेको जरीवाना (फाईन) हरु मिनाहा गरेको हो । 

कोरोना संक्रमण सुरु भइसकेपछि भिषाको म्याद सकिएकाहरुले जरीवाना तिर्नु नपर्ने यसअगाडी नै युएईले घोषणा गरिसकेको छ । साथै ईमिरेट्स आईडी कार्ड र लेबर कार्ड ( वर्क पर्मिट) मा लागेको फाईन पनि मिनाहा भएको छ । फाईन मिनाहा हुनेहरुले आगामी मे १८ देखि ३ महिना भित्र यो देश छाडिसक्नु पर्नेछ । यसरी गएकाहरुले अवस्था सामान्य भए पछि कुनै पनि बेला आउन पाउनेछन् । प्रतिबन्ध (ब्यान) लाग्दैन । 

यो निर्णयले लामो समय देखि यूएईमा  ग़ैर कानुनी भएर बसेकाहरुले राहात पाउनेछन् । भिजिटमा आएर अलपत्र परेकाहरुले पनि जरिवाना तिर्नु पर्दैन । तर मे १८ देखि ३ महिना भित्र यो देश छोडिसक्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य