2026-09-25 12:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशमा अलपत्र नेपालीहरूलाई स्वदेश ल्याइने, योजना बनाउने जिम्मा परराष्ट्र मन्त्रालयलाई

जेठ ६, काठमाडौँ | सरकारले विदेशमा अलपत्र नेपालीहरूलाई स्वदेश ल्याइने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विदेशमा अलपत्र परेका र नेपाल आउन चाहनेलाई नेपाल ल्याउन अझै ठोस योजना बनाएर निर्णय हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराईले जानकारी दिए ।

सोमबारको मन्त्रिपरिषद् बैठकमा विदेशमा रहेका नेपालीलाई स्वदेश ल्याउँदा कस्तो अवस्थामा रहेकालाई पहिलो प्राथमिकता दिने भन्नेबारे छलफल भएको छ । मन्त्री भट्टराईका अनुसार विदेशमा अलपत्र नेपालीलाई स्वदेश ल्याउने तर कतिलाई ल्याउनु पर्ने हो त्यसको गृहकार्य बनाई त्यसै अनुसार निर्णय हुनेछ । विदेशबाट नेपाल ल्याएपछि उनीहरूको व्यवस्थापनमा ध्यान दिनुपर्ने आवश्यकतालाई मध्येनजर गर्दै सरकारले उनीहरुलाई कसरी क्वारेन्टाइनमा राख्ने, कसरी कोरोना परीक्षण गर्ने र उनीहरूको अन्य व्यवस्थापन कसरी गर्ने भन्ने बारे योजना बनाउने भएको छ । त्यसकै आधारमा सम्बन्धित देशका प्रतिनिधिहरूसँग कुराकानी हुने मन्त्री भट्टराईले जानकारी दिएका छन् । 

विदेशबाट नेपाल ल्याउने ठोस योजना बनेपछि कूटनीतिक ढंगले पहलकदमी अगाडि बढाउने छलफल भएको छ । जसको योजना बनाउने जिम्मा परराष्ट्र मन्त्रालयले पाएको छ । वैदेशिक रोजगारी तथा अध्ययनको शिलशिलामा कयौं नेपालीहरु समस्यामा परिरहेको अवस्थामा तत्काल निर्णय आउने आशा गरिएको छ तर कहिलेसम्म उनीहरुलाई स्वदेश ल्याउने भन्नेबारे बैठकले निर्णय गर्न सकेन ।

यसअघि संसदीय समितिले कोभिड–१९ का कारण विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश ल्याउनका लागि योजना तयार पार्न सरकारलाई निर्देशन दिएको थियो । त्यसो त सर्वोच्च अदालतले पनि विदेशमा समस्यामा परेका नागरिकहरुलाई उद्दार गर्न वा सम्बन्धित देशमै व्यवस्थित गर्न भन्दै आदेश दिएको थियो । 

परराष्ट्र मन्त्रालयका अनुसार भारतसहित श्रम गन्तव्य मुलुकहरूबाट हवाइ सेवा खुला भएलगत्तै २ लाख बढी र त्यसपछि बाँकी तीन लाखभन्दा बढी नेपाली नागरिक स्वदेश फर्किन चाहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वर्षा रोकिएको दुई घण्टाभित्रै पहिरो पन्छाई यातायात सुचारु गर्ने गरी हाम्रो तयारी छ: मन्त्री लम्साल सुनको मूल्यमा गिरावट, चाँदी पनि घट्यो लगातार वर्षाले देशभर जनजीवन प्रभावित, प्रमुख राजमार्गदेखि पदयात्रासम्म रोक भोटेकोशी बाढी विश्वकै लागि चेतावनी हो : प्रधानमन्त्री शाह कृष्णभीरमा पहिरो खस्ने क्रम जारी, पृथ्वी राजमार्ग अनिश्चितकालका लागि बन्द मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ