२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशमा रहेका ४० लाखलाई एकैचोटी ल्याउन सक्ने अवस्था छैन : प्रधानमन्त्री

६ जेष्ठ २०७७, मंगलवार ११:३५

जेठ ६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाका कारण विदेशमा रहेका सबै नागरिकलाई स्वदेश ल्याउने अवस्था नरहेको बताएका छन् । वैदेशिक रोजगारीमा गएका र कोरोना भाइरसको संक्रमणका कारण फर्काउने नाममा सबैलाई फर्काउँदा व्यवस्थापन गर्न नसकिने ओलीले बताए ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रतिपक्षी कांग्रेसका सांसदहरूले विदेश गएका नागरिकलाई कहिले ल्याउने हो ? भनेर प्रश्न गरेका थिए । विदेशमा समस्यामा परेका नागरिकहरूलाई स्वदेश ल्याउनुपर्ने र व्यवस्थापन गर्नुपर्ने उनीहरूको माग थियो । जवाफमा ओलीले भने, 'मान्छे ल्याउने सेन्टिमेन्ट (भावना) मा ह्वारह्वारी मान्छे ल्याएर क्वारेन्टाइनमा पनि राख्न नसक्ने, केही पनि गर्न नसक्ने र कोरोना मात्रै फैलाउने अनि देशै सोत्तर बनाउने ? त्यस प्रकारको भद्रगोल सिर्जना गर्ने मनस्थितिमा छैनौं ।

'भित्र भएका नागरिकको सुरक्षा हुनुपर्‍यो र बाहिर भएकाको समस्या समाधान हुनुपर्‍यो । देशभित्रका नागरिकहरूको सुरक्षा प्रबन्ध यथोचित गरेर बाहिर रहेकाको समस्या समाधान गर्नेमा सरकार स्पष्ट, दृढ र क्रियाशील छ,' उनले भने । श्रम गन्तव्य मुलुकमा रहेका दूतावाससँग निरन्तर सम्पर्कमा रहेको बताउँदै उनले कस्ता नागरिकलाई ल्याउने, कस्तो समस्यामा परेकालाई स्वदेश ल्याउने र उनीहरूको स्वदेशमा कसरी व्यवस्थापन गर्ने भन्ने योजना बनेपछि मात्रै अगाडि बढ्ने बताए । 'चिन्ता गर्नु पर्दैन भन्नुभएको छ । त्यहाँको दूतावाससँग सम्पर्कमा छौं । ह्वारह्वारी मान्छे ल्याएर कोरोनामात्रै फैलाउने र देशै सोत्तर बनाउने मनस्थितिमा छैनौं । भित्र भएकाको सुरक्षा हुनुपर्‍यो र बाहिर भएकाको संरक्षण हुनुपर्‍यो,' उनले भने ।

वैदेशिक रोजगारीका लागि नेपाली गएका मुलुकहरू कतार, यूएई, बहराइन, ओमान, साइप्रसलवगायतका मुलुकका प्रधानमन्त्री, राष्ट्रपति र उपराष्ट्रपतिहरूसँग आफूले कुरा गरेको बताउँदै उनले ती देशमा रहेका नेपाली समस्यामा नपर्ने बताए । ती देशले नेपालीलाई समस्या भएमा सहयोग गर्ने प्रतिबद्धता जनाएको ओलीले बताएका छन् ।

अहिले ४० देखि ४५ लाख नेपाली नागरिक विदेशमा रहेको अवस्थामा सबैलाई ल्याउन सक्ने अवस्था छैन उनले भने 'अमेरिका, कुवेतलगायत मुलुकले नेपालमा रहेका केही सय आफ्ना नागरिकलाई विमान चर्टर गरेर लगेजस्तो अवस्था विदेशबाट नेपाली ल्याउन सहज हुँदैन ।'

विभिन्न संसदीय समितिहरूले सरकारलाई विदेशमा रहेका नेपाली नागरिक, जो अलपत्र रहेका छन्, तिनलाई ल्‍याउने योजना बनाउन निर्देशन दिएका थिए । विदेशमा झन्डै ६ लाख नेपाली नागरिकको उद्दार गर्नुपर्ने अवस्था रहेको परराष्ट्र मन्त्रालयले तथ्यांक दिएको थियो ।






प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य