2026-09-18 11:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

राजमार्गका पुल निर्माण जारी

जेठ ९, रसुवा | कोभिड–१९ नियन्त्रणको नीति तथा मापदण्डको अधीनमा रही  गल्छी– मैलुङ– रसुवागढी राजमार्गअन्तर्गत रसुवाखण्डमा नयाँ तीन पक्की पुल निर्माण निरन्तर अगाडि  बढेको छ ।  पुल निर्माणका लागि छनोट भएको हिन्डूङ एण्ड थोक्कर प्रालिमार्फत पहिलो चरणमा  रसुवा र नुवाकोटको सीमा खाल्टे आसपास तथा मैलुङ नजीक चिप्लेटी पुछार, त्रिशूली नदीका दुई स्थान र गोम्चेत क्षेत्रको ठाडो खोलामा पुल निर्माणको काम अगाडि बढिरहेको गल्छी–मैलुङ सडक सुधार आयोजनाका प्रमुख नारायणदत्त भण्डारीले बताउनुभयो । 

ठूलाठूला काम उपकरणले गरे पनि ससाना कामका लागि एक सय मजदूरले रोजगारी पाइरहेका छन् । उनीहरूलाई कोरोना भाइरस नियन्त्रणका लागि तोकिएको सामाजिक दूरीको मापदण्डमा राखी काम लगाइएको र नियमित रूपमा मास्क तथा सेनिटाइजरको प्रयोग गराइएको बताइएको छ ।

मैलुङ– स्याफ्रुबेँसी खण्डको १७ किलोमिटर सडक सुधारका लागि भने ठेक्का प्रक्रिया पूरा भए पनि  निर्माणको जिम्मा पाउने ठेकेदार कम्पनी र सडक सुधार आयोजनाबीच सम्झौता हुन नसकेका कारण सो काम भने अगाडि बढाउन नसकिएको आयोजना प्रमुख भण्डारीले बताउनुभयो ।

चीनसँगको व्यापारिक कारोवार गर्ने नयाँ अन्तराष्ट्रिय राजमार्गमा निर्माण गर्नुपर्ने ११ मध्ये धादिङको कोल्पुखोला र नुवाकोटको गेर्खु खोलाका दुई पक्की पुल निर्माणको अन्तिम चरणमा पुग्न लागेको तथा अन्य पुलको थालनी अझै हुन नसकेको आयोजनाले बताएको छ । प्रक्रियागत रूपमा अगाडि बढ्दा समयावधि बढी खर्चिनुपर्ने अवस्था र अर्कातर्फ  कोरोना भाइरसको संक्रमणका कारण राजमार्गको सडक सतह सुधारमा ढिलाइ भइरहेको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई