Skip to content
Friday, July 17, 2026 Nepali Online Media
May 22, 2020 शिक्षा

वैदेशिक रोजगारीमा गएका १३ जनाको कोरोनाको कारण मृत्यु, कुन देशमा कति जनामा संक्रमण ?

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

जेठ ९, काठमाडौं । वैदेशिक रोजगारीका लागि विदेश गएका नेपालीहरु मध्ये खाडी सहित मलेसियामा कार्यरत १९ सय भन्दा बढीलाई कोरोना संक्रमण भएको छ । ति देशहरुमा रहेका नेपाली दुतावासले दिएका जानकारी अनुसार यो समाचार तयार पार्दासम्म १९ सय ६ जना नेपाली नागरिकमा पनि कोरोना संक्रमणको  पुष्टि भएको  छ ।

कोरोना संक्रमितहरु मध्ये  १८ सय ४० जनाको अस्पतालमा उपचार भइरहेको छ । ५३ जना निको भएका छन् भने कोरोनाका कारण यूएईमा पाँच, साउदीमा ७ जना र कतारमा १ गरी १३ जनाको ज्यान गएको छ ।

दूतावासका अनुसार अहिलेसम्म बहराइनमा ३३१, यूएईमा १५,  साउदीमा १३ सय ६४, कुवेतमा ८४, कतारमा ५७, मलेसियामा ५५ जना गरी जम्मा १९ सय ६ जना  नेपाली श्रमिकलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये साउदीमा ३८, मलेसियामा १३ र यूएईमा दुई गरी ५३ जना निको भएर काममा फर्किएका छन् ।

खाडीका देश र मलेसियामा जम्मा एकलाख ७० हजार ८३८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । जसमध्ये ७२ हजार ७७८ जना निको भएका छन् भने ९७ हजार १६९ जनाको अस्पतालमा उपचार भइरहेको जनाइएको छ । ति देशमा कोरोनाका कारण ८ सय ९१ जनाले ज्यान गुमाएका छन् ।

हालसम्म विश्वका दुई सय १३ देशका ५१ लाख ९४ हजार २१० जनामा सङ्क्रमण फैलिसकेको छ । तीन लाख ३४ हजार ६२१ जनाको ज्यान गएको छ भने २० लाख ८० हजार ९६६ जना निको भएका छन् ।