२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारीमा गएका १० जनाको कोरोनाको कारण मृत्यु, २०७ जनाको शव विदेशमै रोकियो

९ जेष्ठ २०७७, शुक्रबार ०८:५३

मनोज पराजुली । जेठ ९, काठमाडौं । वैदेशिक रोजगारीका लागि विदेश गएका नेपालीहरु मध्ये १० जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।  नेपाल सरकारले लकडाउन शुरु गरेदेखि विदेशमा मृत्यु भएका २०७ जना कामदारमध्ये १० जनाको कोरोना भाइरसका कारण मृत्यु भएको वैदेशिक रोजगार वोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले जानकारी दिए ।

हालसम्म मलेसियामा ४४, कुवेतमा ११, बहराइनमा ३, सेसेल्समा १, दक्षिण कोरियामा ३, ओमानमा १ र अन्य देशमा ६ जना नेपाली कामदारको लकडाउनको अवधिमा मृत्यु भएको वोर्डले जनाएको छ । युएईमा ४६ जानको मृत्यु भएको छ जसमध्ये ५ जनाको कोरोनको कारण मृत्यु भएको छ । साउदीमा ४९ जनाको मृत्यु भएको मध्ये ३ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । कतारमा मृत्यु भएका ४१ जना मध्ये १ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै टर्कीमा एक जना र अन्य देशमा १ जनाले कोरोनका कारण ज्यान गुमाएका वोर्डले जनाएको छ । 

शव अन्त्येष्टिको लागि ५८ परिवारको सहमति 

गत बैशाख २८ गते श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवको एकल मन्त्री स्तरीय निर्णयबाट वैदेशिक रोजगार बोर्डले विदेशमा मृत्यु भएकाहरूको शव सोहि देशमा अन्त्येष्टि गर्ने अनुमति दिए परिवारलाई सान्त्वना/राहत स्वरुप ५० हजार रुपैयाँ दिने निर्णय गरेको थियो । अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लागेपछि मृत्यु भएकाहरुको शव नेपाल ल्याउन समस्या भएपछि कामदारका परिवारलाई यस्तो सुविधा दिने निर्णय गरिएको थियो । सो पश्च्यात हालसम्म मृत्यु भएका ५८ जनाको परिवारले सहमति दिएका कार्यकारी निर्देशक श्रेष्ठले बताए ।

युएईको ३२, साउदीको ७, मलेसियाको २, कतारको ६, बहराइनको १. सेसेल्सको १, दक्षिण कोरियाको ३, जोर्डनको १ र अन्य देशको मृत्यु भएका ५ जनाको परिवारले सोहि देशमा शव अन्त्येष्टि गर्न सहमति दिएका वोर्डले जनाएको छ ।

१९ सय भन्दा बढीलाई कोरोना संक्रमण

खाडी सहित मलेसियामा कार्यरत १९ सय भन्दा बढीलाई कोरोना संक्रमण भएको छ । ति देशहरुमा रहेका नेपाली दुतावासले दिएका जानकारी अनुसार यो समाचार तयार पार्दासम्म १९ सय ६ जना नेपाली नागरिकमा पनि कोरोना संक्रमणको  पुष्टि भएको  छ । कोरोना संक्रमितहरु मध्ये १८ सय ४० जनाको अस्पतालमा उपचार भइरहेको छ । ५३ जना निको भएका छन् ।

दूतावासका अनुसार अहिलेसम्म बहराइनमा ३३१, यूएईमा १५,  साउदीमा १३ सय ६४, कुवेतमा ८४, कतारमा ५७, मलेसियामा ५५ जना गरी जम्मा १९ सय ६ जना  नेपाली श्रमिकलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये साउदीमा ३८, मलेसियामा १३ र यूएईमा दुई गरी ५३ जना निको भएर काममा फर्किएका छन् । खाडीका देश र मलेसियामा जम्मा एकलाख ७० हजार ८३८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । जसमध्ये ७२ हजार ७७८ जना निको भएका छन् भने ९७ हजार १६९ जनाको अस्पतालमा उपचार भइरहेको जनाइएको छ । ति देशमा कोरोनाका कारण ८ सय ९१ जनाले ज्यान गुमाएका छन् ।

हालसम्म विश्वका दुई सय १३ देशका ५१ लाख ९४ हजार २१० जनामा सङ्क्रमण फैलिसकेको छ । तीन लाख ३४ हजार ६२१ जनाको ज्यान गएको छ भने २० लाख ८० हजार ९६६ जना निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य