२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारमा रहेका नेपालीहरुलाई दुतावासको अत्यन्त जरुरी जानकारी

२०७७, ९ जेष्ठ शुक्रबार ११:४५

जेठ ९, दोहा। कतारस्थित नेपाली दुतावासले कोरोना भाइरसको संकटबाट समस्यामा परेका नेपालीलाई सम्पर्कमा आउन अनुरोध गरेको छ । दुतावासले शुक्रबार एक विज्ञप्त्ती जारी गर्दै कोरोना महामारीको कारण खाद्यान्न सहयोग आवश्यक पर्ने भएमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

हेर्नुहोस् दुतावासले जारी गरेको विज्ञप्ति 

विश्वव्यापीरूपमा फैलिएको कोभिड १९ को महामारीबाट उत्पन्न असहज परिस्थितिले विभिन्न रोजगार‚ पेशा र व्यवसायमा आबद्ध रही कतारमा रहनु भएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई पर्न गएका विभिन्न प्रकारका समस्या सम्बन्धी जानकारी तथा गुनासाहरुको समाधानका लागि राजदूतावासले रोजगारदाता कम्पनी, कतारका सरकारी तथा अन्य सम्बन्धित निकाय, गैह्रआवासीय नेपाली संघ तथा नेपाली समुदाय र नेपाल सरकारसँग निरन्तर समन्वय र सहजीकरण गरिरहेको सबैमा विदितै छ ।

यसै सम्बन्धमा वर्तमान संकटको अवस्थामा राहत खाद्य सामग्री आवश्यक पर्ने नेपालीहरूलाई नेपाली राजदूतावास, गैह्रआवासीय नेपाली संघ तथा अन्य संघसंस्था तथा व्यक्तिहरूले समेत सहयोग वितरण गर्दै आएकोमा राहत वितरणमा हुनसक्ने दोहोरोपन हटाउन तथा राहत वितरण प्रक्रियालाई एकिकृत रूपमा छरितो तथा प्रभावकारी बनाउने उद्देश्यले यस राजदूतावासले मिति २२ मे २०२० देखि कोभिड १९ राहत वितरण प्रक्रिया समाप्त नहुँदासम्म कतारमा राहत वितरणको संयोजन तथा कार्यन्वयन गर्ने सम्पूर्ण जिम्मा गैह्रआवासीय नेपाली संघ कतारलाई दिएको व्यहोरा सबैको जानकारीको लागि अनुरोध छ । यो प्रक्रियामा राजदूतावासले संरक्षक र सहजकर्ताको भूमिका निभाउनेछ । 

यस परिप्रेक्ष्यमा देहायबमोजिम गर्ने गराउने व्यवस्थाका लागि राजदूतावास सम्बन्धित सबैमा हार्दिक अपिल गर्दछ । 

१. कतारमा रहेका सम्पूर्ण नेपाली संघसंस्था तथा इच्छुक व्यक्तिहरूले राहत खाद्य सामग्रीको लागि गैह्रआवासीय नेपाली संघ कतारलाई यथाशक्य सहयोग गरिदिनुहुन तथा राहत वितरणका लागि स्वयंसेवीहरू उपलब्ध गराइदिनुहुन राजदूतावास हार्दिक अनुरोध गर्दछ । सहयोगकर्ता व्यक्ति वा संस्थाले चाहेमा दूतावासलाई समेत आफूले गरेक सहयोगको जानकारी दिन 

सक्नुहुनेछ ।  

२. आवश्यकता अनुरूप कतारी दाता संस्था वा व्यक्तिहरूबाट राहत खाद्य सामग्री प्राप्त गर्न राजदूतावासले गैह्रआवासीय नेपाली संघ कतार सङ्ग पनि समन्वय गरि सहजीकरण गर्नेछ । 

३. राहत खाद्य सामग्री भण्डारणका लागि  राजदूतावासले आवश्यक सहयोग गर्नेछ ।

४. राहत सामग्री वितरणका लागि समन्वय गर्न राजदूतावासको तर्फबाट एकजना प्रतिनिधिलाई समावेश गरिनेछ ।

५. गैह्रआवासीय नेपाली संघ कतारले आवधिक रूपमा राहत खाद्य सामग्री संकलन तथा वितरणको विवरण सार्वजनिक गर्नेछ । यसैगरी राहत खाद्यसामग्री प्राप्त गर्ने व्यक्ति तथा वहाँहरूलाई परेको समस्याको यथाशक्य उपलब्ध जानकारी सहितको नामावली दूतावासलाई पनि उपलब्ध गराउनेछ । 

६. यसरी प्राप्त समस्यासहितको सूचिको आधारमा राजदूतावासले नेपालीहरूलाई परेका विभिन्न समस्याका समाधानका लागि नेपाल र कतार सरकारका सम्बन्धित निकाय तथा रोजगारदाता वा अन्य सम्बन्धित पक्षहरूसँग समन्वय गर्नेछ ।

तसर्थ वर्तमान संकटका कारणले राहत खाद्य सामग्री आवश्यक पर्ने कतारमा रहेका नेपालीहरूलाई गैह्रआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्को फोन नं.74449592/50129900/70909722 इमेलः [email protected] मा सम्पर्क गर्नुहुन राजदूतावास अनुरोध गर्दछ । 

नेपाली राजदूतावास

दोहा, कतार

२०७७/०२/०९ 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट