२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारमा कोराना पीडित नेपाली श्रमिकलाई राहत वितरण (फोटोफिचर)

१३ जेष्ठ २०७७, मंगलवार ०७:०२

जेठ १३, दोहा। कोरोना भाइरसको महामारीका कारण अप्ठ्यारोमा परेका कतारमा रहेका नेपालीहरुलाई गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारले राहत प्रदान गरेको छ। परिषदले गठन गरेको उद्धार तथा राहत वितरण समिति कतार सरकारको च्यारिटीबाट प्राप्त खाद्यान्न पछिल्लो चरणमा २०० जनालाई वितरण गरेको हो।


उनीहरुलाई १५ दिनसम्म पुग्ने खाद्यान्न वितरण गरिएको गैरआवासीय नेपाली संघ कतारका प्रथम उपाध्यक्ष एवं उद्धार तथा राहत समितिका संयोजक उत्तम गुरुङले जानकारी दिए । यस नवौं चरणमा सनैया स्ट्रिट नम्बर ५, १०, ११, १५, २३, ३८, लक्ता रयामा राहत वितरण गरिएको छ । त्यस्तै अम सलाल मोहम्मद, मैजार,अल्खोर, अल रयान, मदिना खलिफा, मार्खिया,न्यु सलता, नज्मा, अल खिसा, एन खालिद,मतार कदिम, वर्ल्ड अल घानिम, तरबार गेट, मुग्लिना, अल तुममा, अल साद, वाक्रा, दुहिल र मुराका पनि राहत वितरण गरिएको छ। कतारमा पीडित नेपाली कामदारहरु धेरै भए पनि अहिलेसम्म एक हजार ५१५ जनालाई राहत वितरण गरिएको संयोजक गुरुङले बताए।


राहत बितरण कार्यमा अहिलेको महामारीमा पनि आफ्नो स्वास्थ्यलाई समेत ध्यान नदिई प्रत्यक्ष सहभागी भएर सहयोग गर्नेहरु एनआरएनए आईसीसी मध्यपुर्ब संयोजक प्रबिन गुरुङ्ग, आईसीसी मध्यपुर्ब संयोजक राज रेग्मी, आईसीसी सदस्य रमेश भट्ट, एनसीसी अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान, सामाजिक ब्यक्तित्व पूर्ण पोखरिया, एनसीसी महासचिव पदम गिरी, एनसीसी कोषाध्यक्ष बिनोद बसौला लगाएतलाई राहत समितिका संयोजक गुरुङ्गले बिशेष धन्यवाद दिदै कतारमा रहेका सहयोगी हातहरुलाई अग्रपंक्तिमा आउन आग्रह गरे ।

कोरोना संकटको कारणले कतारमा रहेका नेपालीहरुलाई खाद्यान्नसम्बन्धी कुनै समस्या भए एनआरएनए कतारले उपलब्ध गराएको टेलिफोन नम्बर र इमेलमार्फत सम्पर्क गर्न अनुरोध गरिएको एनआरएनए महासचिव पदम गिरीले बताए। कतारमा कोरोना संक्रमितको संख्या ४५ हजार नाघेको छ। सोमबार मात्र एक हजार ७५१ नयाँ संक्रमित थपिएका छन्।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य