2026-09-05 02:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारमा कोराना पीडित नेपाली श्रमिकलाई राहत वितरण (फोटोफिचर)

जेठ १३, दोहा। कोरोना भाइरसको महामारीका कारण अप्ठ्यारोमा परेका कतारमा रहेका नेपालीहरुलाई गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारले राहत प्रदान गरेको छ। परिषदले गठन गरेको उद्धार तथा राहत वितरण समिति कतार सरकारको च्यारिटीबाट प्राप्त खाद्यान्न पछिल्लो चरणमा २०० जनालाई वितरण गरेको हो।

उनीहरुलाई १५ दिनसम्म पुग्ने खाद्यान्न वितरण गरिएको गैरआवासीय नेपाली संघ कतारका प्रथम उपाध्यक्ष एवं उद्धार तथा राहत समितिका संयोजक उत्तम गुरुङले जानकारी दिए । यस नवौं चरणमा सनैया स्ट्रिट नम्बर ५, १०, ११, १५, २३, ३८, लक्ता रयामा राहत वितरण गरिएको छ । त्यस्तै अम सलाल मोहम्मद, मैजार,अल्खोर, अल रयान, मदिना खलिफा, मार्खिया,न्यु सलता, नज्मा, अल खिसा, एन खालिद,मतार कदिम, वर्ल्ड अल घानिम, तरबार गेट, मुग्लिना, अल तुममा, अल साद, वाक्रा, दुहिल र मुराका पनि राहत वितरण गरिएको छ। कतारमा पीडित नेपाली कामदारहरु धेरै भए पनि अहिलेसम्म एक हजार ५१५ जनालाई राहत वितरण गरिएको संयोजक गुरुङले बताए।

राहत बितरण कार्यमा अहिलेको महामारीमा पनि आफ्नो स्वास्थ्यलाई समेत ध्यान नदिई प्रत्यक्ष सहभागी भएर सहयोग गर्नेहरु एनआरएनए आईसीसी मध्यपुर्ब संयोजक प्रबिन गुरुङ्ग, आईसीसी मध्यपुर्ब संयोजक राज रेग्मी, आईसीसी सदस्य रमेश भट्ट, एनसीसी अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान, सामाजिक ब्यक्तित्व पूर्ण पोखरिया, एनसीसी महासचिव पदम गिरी, एनसीसी कोषाध्यक्ष बिनोद बसौला लगाएतलाई राहत समितिका संयोजक गुरुङ्गले बिशेष धन्यवाद दिदै कतारमा रहेका सहयोगी हातहरुलाई अग्रपंक्तिमा आउन आग्रह गरे ।

कोरोना संकटको कारणले कतारमा रहेका नेपालीहरुलाई खाद्यान्नसम्बन्धी कुनै समस्या भए एनआरएनए कतारले उपलब्ध गराएको टेलिफोन नम्बर र इमेलमार्फत सम्पर्क गर्न अनुरोध गरिएको एनआरएनए महासचिव पदम गिरीले बताए। कतारमा कोरोना संक्रमितको संख्या ४५ हजार नाघेको छ। सोमबार मात्र एक हजार ७५१ नयाँ संक्रमित थपिएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल