साउन ५, काठमाडौं । वैदेशिक रोजगारीका क्रममा ठगियो भने वैदेशिक रोजगार विभागमा जाँदा न्याय पाइन्छ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ५, काठमाडौं । वैदेशिक रोजगारीका क्रममा ठगियो भने वैदेशिक रोजगार विभागमा जाँदा न्याय पाइन्छ"/>
2026-09-24 05:48 AM
काठमाडौँ - KTM

वैदेशिक रोजगारीमा ठगिँदाको सास्ती : म्यानपावरका मान्छेले न्याय खोज्नेलाई विभागमै पुगेर कुटे !

साउन ५, काठमाडौं । वैदेशिक रोजगारीका क्रममा ठगियो भने वैदेशिक रोजगार विभागमा जाँदा न्याय पाइन्छ भन्ने सबैको बुझाई छ । हो पनि त्यही । तर गुल्मीको सिमीचौरका कृष्णबहादुर जोगीलाई त्यो कुरा लागु भएन । 

कृष्णबहादुरले ५ महिनाअघि साउदी अरवमा एसिस्टेण्ट कुकको काममा जान काठमाडौं सामाखुशीको फयुचर स्टार म्यानपावरका एजेण्ट विष्णु सिग्देललाई ७० हजार रुपैयाँ बुझाउनुभयो । उहाँले पैसा बुझाउँदा सरकारले वैदेशिक रोजगारीमा फ्रि भिषा फ्रि टिकट लागु गरेको घोषणा गरिसकेको थियो ।

फ्रि भिषा र फ्रि टिकटमा पनि काम गर्न विदेश जान पाइन्छ भन्ने कुुरा कृष्णबहादुरले पछि थाहा पाउनुभयो । त्यसैले उहाँले आफू धेरै पैसा तिरेर विदेश नजाने भन्दै पैसा फिर्ता माग्नुभयो । ७० हजार रुपैयाँ लिएका एजेण्टले प्रहरीसँगको छलफलपछि ५० हजार रुपैयाँ त्यति बेलै फिर्ता गरिदिए । तर बाँकी २० हजार रुपैयाँ र पासपोर्ट भने फिर्ता भएन । त्यसैले उहाँ पासपोर्ट र २० हजार रुपैयाँ फिर्ता गराइदिन आग्रह गर्दै वैदेशिक रोजगार विभागमा पुग्नुभयो । गाउँबाट विभागसम्म आइपुग्दा पनि म्यानपावरका कुरा भने फेरिएनन ।

‘मैले फ्रि भिषा फ्रि टिकटमा पठाउ भनेको थिएँ तर म उडाउँदिन भन्यो’ कृष्णबहादुर भन्नुहुन्छ ‘बरु उसले उल्टै विभागकै कर्मचारीका अगाडी तथानाम गाली गरे’ 

म्यानपावरका सञ्चालकले पासपोर्ट र पैसा दिने छाँट नदेखाएपछि विभागले ७ दिनभित्र उपस्थित हुन भने पनि म्यानपावरका सञ्चालक हरि पाण्डे विभागमा गएनन् । त्यसैले विभागले म्यानपावरलाई रोक्का गर्यो । तर त्यसको केहि दिनमा नै विभागले म्यानपावरलाई गरेको रोक्का फिर्ता गर्यो । ‘कसरी फुकुवा भयो केहि थाहा पाएनौं’ वैदेशिक रोजगारीका क्रममा समस्यामा परेकालाई निशुल्क कानुनी सहायता दिँदै आएको संस्था पिपुल फोरमका राजेशकुमार भण्डारीले भन्नुभयो । 

तर त्यसको ३ महिनापछि तपाईंको पासपोर्ट फिर्ता लिन आउनुहोस भनेर बोलायो कृष्णबहादुरलाई । पासपोर्ट पाउने आशामा कृष्णबहादुर गुल्मीदेखि काठमाडौंसम्म आउनुभयो । विभागले भने अनुसार उहाको पासपोर्ट फिर्ता भयो तर पैसा फिर्ता भएन । 

त्यसैले उहाँले मेरो २० हजार रुपैयाँ पनि थियो भनेपछि विभाग भित्रै म्यानपावरका सञ्चालक हरि पाण्डेले कृष्णबहादुरलाई हातपात गरे । ‘पिपुल फोरमका राजेश सर पनि त्यहीँ हुनुहुन्थ्यो त्यतिकैमा उसको (हरि पाण्डेको) ड्राइभरले मलाई लात्तै लात्तले भकुर्‍यो’ कृष्णबहादुरले घटना सुनाउनुभयो । भिडियो खिचेको भन्दै आफुमाथि निर्घात कुटपिट भएको कृष्णबहादुरले बताउनुभयो । कुट्ने ड्राइभर भागे पनि म्यानपावर सञ्चालक पाण्डेलाई प्रहरीले तत्कालै पक्रियो ।

म्यानपावर सञ्चालक र उनका ड्राइभरको कुटाईबाट घाइते भएका कृष्णलाई सुरुमा उपचारका लागि सिभिल अस्पतालमा लगियो । तर त्यही दिन राती म्यानपावर सञ्चालकहरु (पाण्डेका साथी)ले उहाँलाई राम्रो हस्पिटलमा लाने भनेर सञ्चालक पाण्डेलाई थुनेर राखेको ठाउँमा पुर्‍याए मिलापत्रका लागि । 

त्यहाँबाट कान्तिपुर अस्पताल पुर्‍याइएका कृष्णबहादुरको त्यहाँ उपचार भयो । एक दिनको उपचारपछि पासपोर्टसँगै बुझाएको र फिर्ता लिन बाँकी २० हजार रुपैयाँ र २० हजार क्षतिपूर्ति गरेर ४० हजार रुपैयाँ दिने भनेपछि मिलापत्र भयो । 

ठगिने मात्रै होइन उनीहरुका कुरा गर्नेलाई पनि धम्की

सरकारले फ्रि भिसा फ्रि टिकट लागु गरेपछि धम्कीका घटना बढेको पिपुल फोरममा आवद्ध अधिवक्ता कृष्ण न्यौपानेको भनाई छ । विदेश जानेहरुले सरकारको निर्णय अनुसार न्युन लागतमा जान पाउनुपर्ने माग गर्ने तर म्यानपावरले नमान्ने भएकाले समस्या धेरै देखिएको न्यौपानेले बताउनुभयो ।

विदेश जानेहरुलाई धम्किले उनीहरुलाई न्याय दिलाउन काम गरिरहेकाहरुलाई पनि धम्कि दिने गरेका छन । ‘कृष्ण बहादुरकै जस्तो अर्को एक जना पीडितको उजुरी विभागमा दर्ता गरेपछि एक हुल हाम्रै अफिसमा आएर धम्की दिए’ अधिवक्ता न्यौपानेले भन्नुभयो । 

विभाग भन्छ -हामीलाई जानकारी नै छैन

कृष्णबहादुर विभागभित्रै कुटिए । तर त्यतिबेला भर्खरै विभागको महानिर्देशकको जिम्मेवारी सम्हालेका शत्रुघ्नप्रसाद पुडासैनीले आफूलाई यस बारे कुनै जानकारी नै नभएको बताउनुभयो । उज्यालो अनलाइनसँगको कुराकानीमा उहाँले भन्नुभयो, ‘खै यस्ता घटना त मेरो नोटिसमा आएको छैन त ।’ पीडितका गुनासा र अधिकारकर्मीले भनेको कुरा जानकारी गराउँदा उहाँले त्यस बारे आफूलाई जानकारी नभएको भन्दै थप केही बताउनुभएन ।

स्रोत: मोहन पौडेल/उज्यालो अनलाइन

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन मुस्ताङका पदमार्गमा जान रोक ओलीले सम्मानजनक रूपमा बिदा लिएर नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्नुपर्छ : योगेश भट्टराई शेरबहादुर देउवाबाटै १५औँ महाधिवेशन उद्घाटन गराउन चाहन्छौँ : प्रदीप पौडेल शुक्रबारदेखि देशभर भारी वर्षाको जोखिम, सतर्कता अपनाउन प्रधानमन्त्री शाहको आग्रह नप्से परिसूचकमा भारी गिरावट अण्डाको मूल्य बढ्यो भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन) विधेयक विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत नागरिक लगानी कोषमा सरकारको स्वामित्व र नियन्त्रण आवश्यक : अर्थमन्त्री वाग्ले असोज १६ गतेभित्र दर्ता विधेयक समितिमा पठाउने तयारी बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आग्रह नेपालका विपद्ले जलवायु परिवर्तनको असर देखाए : महासचिव गुटेरेस हामीले हार मानेका छैनौँ, अन्तिम सम्भावनासम्म उद्धार जारी राख्छौँ : ऊर्जामन्त्री श्रेष्ठ जानकी मन्दिरलाई संरक्षित स्मारक क्षेत्र घोषणा भएकोमा सांसद झाको स्वागत नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक शाक्यको रिटमा सर्वोच्चमा सुनुवाइ सुरु राष्ट्रसंघको महासभाबाटै इरानलाई पूर्ण रूपमा ध्वस्त पार्ने ट्रम्पको चेतावनी राष्ट्रपति पौडेलसँग कार्यवाहक प्रधानमन्त्री वाग्लेको शिष्टाचार भेट सुनचाँदीको मूल्य बढ्यो प्रतिनिधिसभा बैठक बस्दै एमाले केन्द्रीय कमिटी बैठकको तेस्रो दिन: ओलीको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी