2026-07-26 05:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशमा रहेका २ प्रतिशत नेपालीको रोजगारी गुम्यो, ८६ प्रतिशतले पुरा तलव पाउँदै

जेठ १४, काठमाडौं । वैदेशिक रोजगारमा रहेकाहरु मध्ये २ दशमलव ४६ प्रतिशत श्रमिकहरु मात्र कोभिड १९ का कारण पुर्णरुपमा कामविहिन भएको एक अध्ययनले देखाएको छ । अन्य श्रमिकहरुलाई रोजगारदाताले काममा लगाएको वा कोरोना संक्रमण भएको कारण क्याम्प क्वारेन्टीनमा राखेको देखिएको हो ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले कोभिड १९ का कारण श्रमिकहरुमा परेको समस्याको सम्वन्धमा गरेको द्रुत सर्भेक्षणले यस्तो देखाएको हो । जिफन्टले विभिन्न मुलुकमा कृयाशिल जिफन्ट सहयोग समुहलाई परिचालन गरेर प्रवासी श्रमिकहरुका बीच गरेको द्रुत अध्ययनमा मलेसिया, कतार, साउदी अरेविया, कुवेत, वहराईनमा कार्यरत १९ हजार ५ सय ७१ जना नेपाली श्रमिक सहभागि थिए ।

द्रुत सर्वेक्षणमा सहभागि रहेका तथा रोजगार सम्झौता अवधि वाँकि रहेका मध्ये २ दशमलव ९३ प्रतिशतले पारिश्रमिक नपाएको देखिएको छ । वाँकि श्रमिक मध्ये १० दशमलव ९८ प्रतिशत श्रमिकले आंशिक मात्र पारिश्रमिक पाएको र ८६ प्रतिशतले पुरै पारिश्रमिक पाई रहेको देखिएको छ । तर ओभरटाईम काम नभएका कारण श्रमिकको आम्दानी घटेको जिफन्टको भनाई छ ।

कोभिड १९ को महामारी फैलिएपछि रोजगारी गुमाएर स्वदेश फर्किने श्रमिकलाई प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत स्थानिय तहको रोजगारीमा वा स्वरोजगार हुन चाहनेलाई आवश्यक सहयोगको व्यवस्था मिलाई नेपाल भित्र रोजगारीको अवसर सिर्जना गर्न जिफन्टले माग गरेको छ ।

वैदेशिक रोजगारमा रहेका र करार अवधि सकिएका, कागजात नभएको अवस्थामा रही आम माफि प्राप्त गरेका र पारिश्रमिक नपाउने श्रमिकलाई तत्काल फिर्ता ल्याउन सरकारलाई सुझाव दिएको छ । यस पछि फर्कन चाहने श्रमिकलाई आउने व्यवस्था मिलाउन आग्रह गरेको छ । विदेशी भूमिमा विरामी परेका सवै श्रमिकलाई दुतावास मार्फत आवश्यक संरक्षणको व्यवस्था तत्काल गर्न पनि जिफन्टले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली