२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वाग्मती प्रदेश सरकारले सञ्चारमाध्यम सञ्चालन गर्ने

२०७७, १५ जेष्ठ बिहीबार ०३:०२

जेठ १५, काठमाडौँ | वाग्मती प्रदेश सरकारले छापा तथा विद्युतीय सञ्चारमाध्यम सञ्चालन गर्ने भएको छ । प्रदेशले आगामी आर्थिक वर्षमा सञ्चारगृह स्थापना गरी अनलाइन, रेडियो, टेलिभिजन र छापाखाना सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाउने भएको हो । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरकारी कागजातसमेत छाप्ने योजनासहित छापाखाना सञ्चालन गर्न लागिएको बताउनुभयो ।

सूचना तथा जानकारीमूलक सामग्री प्रकाशन तथा प्रसारण गर्ने उद्देश्यले सरकारी सञ्चारमाध्यम सञ्चालन गर्न लागिएको उहाँको भनाइ छ । सरकारले गरेका गतिविधिको आम नागरिकमाझ प्रचारप्रसार गर्न पनि सरकारमातहतको सञ्चार संस्था आवश्यक रहेको मुख्यमन्त्री पौडेलको भनाइ छ । “हामी वर्षमा करोडौँका कागज छपाइ गर्छौँ, त्यो सबै आफ्नै छापाखानाबाट छाप्न मिल्छ, पत्रपत्रिका पनि त्यहीँ छापिन्छ”, मुख्यमन्त्री पौडेलले भन्नुभयो । 

प्रदेश सरकारले हालै प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पनि सरकारले “गाउँका सूचना शहरमा” भन्ने नारालाई व्यवहारिकरूपमा कार्यान्वयन गर्ने खालको संयन्त्रको विकास गर्ने, ज्ञानवद्र्धक तथा जनचेतनामूलक कार्यक्रम निर्माण तथा प्रसारण गर्न आवश्यक प्रबन्ध मिलाउने, प्रदेशभित्र सार्वजनिक सूचना केन्द्र स्थापना र सञ्चालन गर्न विभिन्न निकायसँग साझेदारी गर्ने, स्थानीय तहका सूचना प्रदेश सूचना बैंकबाट एकद्वार प्रणालीमार्फत सम्प्रेषण गर्न संयन्त्र बनाउने, प्रदेश सूचना प्रविधिपार्क तथा आमसञ्चार केन्द्र स्थापना र सञ्चालनको खाका तयार गरी कार्यान्वयनमा ल्याइनेलगायतका कार्यक्रम समावेश छ । 

प्रदेशभित्र स्थापना हुने ई–पुस्तकालय, फ्रि वाइफाइ जोन सञ्चालनका लागि सहजीकरण गर्ने, डिजिटल साक्षरता तथा पत्रकार सीप विकास कार्यक्रम सञ्चालन गर्ने, रेडियो, टेलिभिजन, अनलाइन सञ्चारमाध्यमको दर्ता, नवीकरण, नियमन र अनुगमनलाई प्रभावकारी बनाइनुका साथै सञ्चारमाध्यमलाई प्रोत्साहन गर्ने नीति अवलम्बन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । 

प्रदेश सरकारले पत्रकार कल्याण कोषको दायरालाई फराकिलो बनाउँदै लैजाने, प्रदेशमा प्रचलनमा रहेका सबै भाषाभाषीको  प्रवद्र्धन गर्दै पहिलो चरणमा तामाङ र नेपाल भाषाको पत्रकारिता प्रवद्र्धन गर्न चाहने सञ्चारमाध्यमलाई प्रोत्साहित गर्ने, महिला पत्रकारको क्षमता अभिवृद्धि गर्न कार्यक्रम सञ्चालन गर्ने, एकापसमा समाहित भएर (मर्जर गरेर)  जान चाहने सञ्चारमाध्यमलाई प्रोत्साहन गर्ने नीति लिएको जनाइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु