२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चौरजहारी घटनाको छानबिन गरी दोषीमाथि कारवाही होस्: पूर्वगृहमन्त्री शर्मा

२०७७, १५ जेष्ठ बिहीबार ०४:०९

जेठ १५, काठमाडौँ | नेकपा नेता तथा पूर्वगृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले रुकुमपश्चिमको चौरजहारीमा भएको घटनाको सत्य तथ्य छानबिन गरी दोषीमाथि कडा कारवाही गर्न माग गर्नुभएको छ । रुकुम (पश्चिम) निर्वाचित प्रतिनधिसभा सदस्य शर्माले एक प्रेस विज्ञप्ति जारी गर्दै चौरजहारीमा भएको घटना मानव सभ्यताको खिल्ली उडाउने र मानव सभ्यताको सामु उत्पन्न चुनौतीका रुपमा लिएको भन्दै छानबिनको माग गर्नुभएको हो । 

उहाँले भन्नुभएको छ, “उक्त घटनाको घोर भत्र्सना गर्दै अपराधीले कुनै पनि हालतमा उन्मुक्ति पाउनु हुन्न भन्ने मेरो स्पष्ट धारणा छ । अपराधी नछुटुन् र निर्दोष नपरुन् भन्नका लागि घटनाको सत्यतथ्य अनुसन्धान मुख्य कुरा हो ।” सांसद शर्माले घटनाको छानबिनका लागि सरकारसँग उच्चस्तरीय संसदीय छानबिन समिति बनाउनमा माग गर्दै भन्नुभएको छ, “घटनाको छानबिनमा सहयोग गर्न म प्रतिबद्ध छु ।”

संविधानमा दलित अधिकार उल्लेख भए पनि वैचारिक, राजनीतिक, सांस्कृतिक र व्यवहारिकरूपमा समाजलाई रुपान्तरण गर्न अझै सफल नभएको यस घटनाले देखाएको उल्लेख गर्दै उहाँले भन्नुभएको छ, “यस्ता घटना फेरि पनि नघटुन् भन्नका लागि सामन्ती चिन्तन प्रवृत्तिविरुद्ध बृहत सांस्कृतिक रुपान्तरणको सङ्घर्ष आवश्यक छ । यसको नेतृत्व राज्य स्वयंले गर्न साहस गर्नुपर्छ ।”

उक्त घटनाका विषयमा सङ्घीय संसद्मा सम्पूर्ण विवरण राख्दै गर्दा केही सांसदहरुले होहल्ला गरी भनाइ राख्न अवरोध गरेको उल्लेख गर्दै सांसद शर्माले आफूले घटनाको सत्यतथ्य सार्वजनिक होस् भनी छानबिनको माग गरेको तथ्यलाई बङ्ग्याउने प्रयत्न भएको बताउनुभएको छ । उहाँले जनयुद्ध, संविधान निर्माण र संविधान कार्यान्वयनमा आफूले राखेका खुला विचार र सङ्घर्ष सबैसामु छर्लङ्ग रहेको भन्दै भ्रममा नपर्न आग्रह समेत गर्नुभएको छ । 

“मैले संसद्मा त्यहाँको सम्पूर्ण विवरणसहित सभामुखसँग समयमागी बोल्न लाग्दा केही सांसदहरुले होहल्ला गरी मलाई बोल्न नदिने काम भयो । मैले मेरा सम्पूर्ण भनाइ राख्नबाट बञ्चित भएँ”, शर्माद्वारा जारी विज्ञप्तिमा भनिभएको छ, “मैले बोलेको स्पष्ट भनाइ हुँदाहुँदै तोडमोड गरी राजनीतिकरण गर्ने प्रयास भएको छ । सबैमा आग्रह गर्न चाहन्छु कि घटनाको सत्यतथ्य सार्वजनिक होस् भनी छानबिनको माग गरेको तथ्यलाई बङ्ग्याउने काम नहोस् ।”

आफ्नो राजनीतिक जीवनको सबैभन्दा ठूलो उद्देश्य नै उत्पीडित वर्गका पक्षमा खडा हुने भएको स्पष्ट पार्दै उहाँले अपराधीलाई कारवाहीका साथै राज्य पूर्ण उत्तरदायी भएर जानुपर्नेमा जोड दिनुभएको छ । जेठ १० गते साँझ रुकुमको चौरजहारी नगरपालिका–८ सोतीमा अन्तरजातीय विवाहको विवादमा सो घटना भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा