२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशमा बन्दा-बन्दी हटाइएको सम्बन्धी सूचना, नेपाली श्रमिकलाई सहज

१५ जेष्ठ २०७७, बिहीबार १०:३०

जेठ १५, काठमाडौं विगतमा कोरोना भाइरसको फैलावट नियन्त्रण गर्न मस्कट प्रशासकीय क्षेत्रमा लागु गरिएको बन्दा-बन्दी २९ मे शुक्रवारदेखि लागु हुने गरी हटाइएको यहाँको उच्चस्तरीय समितिले निर्णय गरेको गरेको छ । साथै मात्रा विलायतको (Wilayat of Muttrah)रूई, वादि कविर हमरिया लगायत क्षेत्रमा जारी स्वास्थ्य सम्बन्धी एकान्तवास भने जारी रहने निर्णय भएको समेत मस्कटस्थित नेपाली दुतावासले जानकारी दिएको छ ।

कोरोना भाइरसको कारणले ओमानमा अहिलेसम्म प्राप्त जानकारी अनुसार ८ हजार ३७३ (२१७७ जना स्वास्थ्य लाभ गरिसकेका समेत) जना संक्रमित भएका छन् भने ४० जनाले ज्यान गुमाएका छन् । कोरोना भाइरसको संक्रमणको जोखिम अझै यथावत रहेकोले सम्पूर्ण नेपालीहरूले आवश्यक स्वास्थ्य सम्बन्धी सतर्कता अपनाउनु हुन तथा सामाजिक दुरी कायम गर्नुका साथै सार्वजानिक स्थानहरूमा उपस्थित हुँदा पञ्जा र मास्कको अनिवार्य प्रयोग गर्नुहुन समेत दुतावासले अनुरोध गरेको छ ।

नेपाली दूतावासले ओमानमा रहेका नेपालीहरूको अवस्था बारे जानकारी संकलन गर्ने उद्देश्यले शुरू गरेको अनलाइन सूचना संकलनबाट प्राप्त विवरणहरूबारे नेपाल सरकारसँग समन्वय भई रहेको जानकारी गराउँदै उक्त फारम नभरेका अन्य नेपालीहरूलाई पनि https://om.nepalembassy.gov.np/information-collection-form/ लिंकमा गएर आफ्नो विवरण उल्लेख गर्नु हुन समेत दुतावासले अनुरोध गरेको छ।

कोरोना भाइरसको कारणले ओमानमा रहनुभएका नेपालीहरूलाई कुनै पनि समस्या परेमा नेपाली दूतावासको WhatsApp: 71592490 टेलिफोनः 24696177/24696833 हटलाइनहरूः 71592490/ 71530840 र श्रम सहचारीको नं. 71592506 मा सम्पर्क गर्न दुतावासले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य