2026-09-05 02:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारीमा जाने २ लाख नि पुगेनन्, गतवर्ष भन्दा ३ लाख कम (कुन देशमा कति ?)

मनोज पराजुली । जेठ १६, काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्यामा यो वर्ष भारी गिरावट आउने देखिएको छ । 

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्व श्रम बजार ठप्प हुँदा त्यसको असर वैदेशिक रोजगारमा देखिएको हो । जसको कारण लाखौँ नेपालीको वैदेशिक रोजगारीको यात्रा यो आर्थिक वर्ष नहुने निश्चित देखिएको छ ।सरकारले गत वर्ष फागुन २९ बाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति बन्द गर्ने निर्णय गरेसंगै अन्तराष्ट्रिय हवाई उडान पनि बन्द गरेको छ। श्रम स्वीकृति लिएर पनि विदेश जान नपाएकाहरुको संख्या करिव ३ हजार तथ्यांक रहेको छ । 

यस अघि हरेक महिना सरदर ५० हजार नेपाली श्रमिक वैदेशिक  रोजगारीमा जाने गरेको वैदेशिक रोजगार विभागको रिपोर्टले देखाउंछ तर कोरोना महामारीका कारण नेपाली श्रमिकले वैदेशिक  रोजगारीको यात्रामा पुर्णबिराम लागेको छ जसको प्रत्यक्ष असर नेपाली श्रम बजारमा पर्ने देखिएको छ । 

देश भित्र प्रयाप्त रोजगारीको अवसर नहुँदा वैदेशिक रोजगारीको बाटो रोजेकाहरु समेत नेपालमै रहनुपर्दा देशभित्र बेरोजगारी दर बढ्ने निश्चित भएको छ । हाल नेपालको बेरोजगारी दर ११ दशमलव ४ प्रतिशत रहेको छ । कोरोना महामारी कारण देश भित्र नै रोजगारी पाएकाहरुले समेत रोजगारी गुमाउँदा लाखौँको संख्यामा बेरोजगारी थपिने देखिएको छ । तरपनि सरकारले आगामी वर्ष ६ लाख जनालाई प्रत्यक्ष रोजगारी दिने लक्ष्य राखेको छ । आगामी आर्थिक वर्षको बजेट पस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले विभिन्न कार्यक्रम मार्फत ६ लाखभन्दा धेरैलाई नेपालमै रोजगारी दिने घोषणा गरेका छन् । 

यो वर्ष कति गए ?

चालु आर्थिक वर्षको फागुन मसान्तसम्म करिव दुई लाख नेपाली मात्र वैदेशिक रोजगारीमा गएका छन् । अर्थ मन्त्रालयले हालै सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७६/७७ अनुसार फागुन मसान्त सम्म १ लाख ९० हजार ३ सय ८८ जनाले श्रम स्वीकृति लिएको देखिन्छ तर अन्तरास्ट्रिय हवाई उडान बन्द गरिएकोले यी मध्ये अझै केहि नेपाली श्रम स्वीकृति लिएर पनि विदेश जान पाएका छैनन् । 

अघिल्लो आर्थिक वर्ष ०७५/७६ मा कुल ५ लाख ८ हजार ८ सय २८ नेपाली वैदेशिक रोजगारीका गएका थिए । यो तथ्यांक अनुसार चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जाने संख्यामा ३ लाख भन्दा कम हुने देखिएको छ । 

कुन देशमा कति ?

कतारमा २ हजार ३८३ महिला सहित २९ हजार ८३५ जना रोजगारीका लागि गएका छन् । मलेसियामा ४ सय महिला सहित ३९ हजार १७६ जना, यूएईमा ७ हजार ३५५ महिला सहित ५२ हजार ४६ जना, २२४ महिला सहित साउदी अरबमा ३९ हजार २७९ जना,  १ हजार २७ महिला सहित कुवेतमा ८ हजार ९७३ जना गएका छन् ।

त्यसैगरी ४ सय १२ महिला सहित बहराईनमा ३ हजार ३५ जना, २९१ महिला सहित ओमनमा १ हजार ९९५ जना, ४७ जना दक्षिण कोरीयामा, ५ जना लेवनानमा, १४ जना ईजलायलमा, ९ सय १९ जना अफगानिस्तानमा, जापानमा ९ सय ३३ जना र अन्य विभिन्न देशमा गरी १३ हजार ८ सय ७० जना गएका छन् । यसमा ईपिएस मार्फज दक्षिण कोरीया गएका कामदारहरुको संख्या जोडिएको छैन ।

वैदेशिक रोजगारीमा गएका कामदारको यो संख्या अघिल्लो  आर्थिक वर्षको तुलनमा ०.०३ प्रतिशत कम रहेको अर्थ मन्त्रालयले उल्लेख गरेको छ ।अर्थ मन्त्रालयले स्वदेशमा रोजगारीको क्षेत्र बढेको कारण उक्त कमी आएको दावी गरेकोछ ।

५० लाखले श्रम स्वीकृति लिए 

आर्थिक वर्ष ०७६/०७७ को फागुनसम्म वैदेशिक रोजगारीका लागि श्रम स्वीकति लिने नेपालीको संख्या ५० लाख ४१ हजार पुगेको  छ भने ४७ लाख ९२ हजार वैदेशिक रोजगारीमा गएको आर्थिक सर्वेक्षणमा उल्लेख छ । त्यस मध्ये ४५ लाख ५५ हजार पुरुष र २ लाख ३७ हजार महिला रहेका छन् जसमध्ये १.५ प्रतिशत दक्ष, २४ प्रतिशत अर्धदक्ष र ७४.५ प्रतिशत अदक्ष रहेका छन् ।

रेमिट्यान्समा गिरावट आउने 

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा कमि भएसंगै आगामी वर्ष रेमिटेन्समा पनि गिरावट आउने देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनका अनुसार चालु आर्थिक वर्षको आठ महिनामा रेमिटेन्स रु. ५ खर्ब ९२ अर्ब ४२ करोड भित्रिएको छ । यो अघिल्लो वर्षको तुलनामा सामान्य वृद्धि हो । 

गत आर्थिक वर्षको अवधिमा नेपालमा कुल ८ खर्ब ७० रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । आर्थिक वर्ष ०७४/७५ मा ७ खर्ब ५५ अर्ब रेमिट्यान्स भित्रिएको थियो। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल