नरी बडु | असार ५, बैतडी | साउने झरीसंग रमाउदै बैतडीका प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरी किशानहरुले कृषिसम्बन्धि ज्ञान सिक्न स्थापना गरेका विभिन्न कृषक पाठसालामा पुगेका छन् । 

किसानले गर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नरी बडु | असार ५, बैतडी | साउने झरीसंग रमाउदै बैतडीका प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरी किशानहरुले कृषिसम्बन्धि ज्ञान सिक्न स्थापना गरेका विभिन्न कृषक पाठसालामा पुगेका छन् । 

किसानले गर"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

कृषक पाठसालामा प्रजिअ (फोटो फिचर)

५ श्रावण २०७३, बुधबार १४:१३

नरी बडु | असार ५, बैतडी | साउने झरीसंग रमाउदै बैतडीका प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरी किशानहरुले कृषिसम्बन्धि ज्ञान सिक्न स्थापना गरेका विभिन्न कृषक पाठसालामा पुगेका छन् । 

किसानले गरेको मेहेनत र परिश्रमलाई प्रोत्सान दिन प्रमुख जिल्ला अधिकारी चौधरी सहीत कृषि विकास अधिकृत कमलेस तिवारी, जिल्ला प्रहरी प्रमुख मोहन प्रसाद पोखरेल, जिल्ला अनुसन्धान प्रमुख रमेस डाँगा लगायतका सरोकारवाला पाठसालामा पुगेका हुन् । 

पाठसालामा पुगेर प्रमुख जिल्ला अधिकारी चौधरीले किसानहरु संग अन्र्तक्रिया समेत गरेका छन् । जिल्ला कृषि विकास कार्यालयको कामको अनुगमन गर्न पुगेका उनले खेतमै गएर कृषकहरुका गुनासा एवं समस्याहरु बुझेका छन् ।  

“कृषकहरुको खेतमै गएर उनीहरुले फलाएको तरकारी, अन्नपात देख्दा आफु एकदमै हर्षित भए” अधिकारी चौधरीले भने । 

चौधरी मात्र होईन जिल्ला कृषि विकास कार्यालयका प्रमुख कमलेस तिवारी, प्रहरी प्रमुख मोहन प्रसाद पोखरेल विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि र पत्रकारहरुले समेत कृषकहरुको खेतमै रहेका पाठसालामा गएर छलफल गर्न पाउदा आफु हर्षित भएको बताए । कृषि विकास अधिकृत तिवारीले किसानहरुले खेतमा राखेका जिज्ञासाको जावाफ जवाफ दिदै तरकारी र अन्नबालीमा लाग्ने रोगहरु  र रोगबाट बच्ने उपायका बारेमा समेत किशानहरुलाई बताए । 

जिल्लाको पाटन, शिद्धेश्वर, न्वाली, गोकुलेश्वर लगायतका गाँउमा रहेका कृषि फम र पाठसालाहरुको साउन १ र २ गते जिल्लाका सबै सरोकारवालाहरुले अनुगमन तथा निरीक्षण गरेका छन् । 

कृर्षि सम्बन्धि विभिन्न कुराको जानकारी लिन खेतमै पाठसाला संचालन गरेका छन् । उक्त पाठसालामा कृषि सम्बन्धि विज्ञ व्यक्तिले किसानहरुलाई कृषिका विषयमा विभिन्न किसमका जानकारी दिने गर्दछन् । 

माथिको तस्बिरमा: कृषक पाठसालामा किशानहरुसंग रमाउदै प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरी, बरीष्ट कृषि बिकास अधिकृत कमलेस तिवारी, प्रहरी प्रमुख मोहनप्रसाद पोखरेल लगायत अन्य किशानहरु |


कृषक समुहमा छलफल गर्दै प्रजिअ, सरोकारवाला र समुहका सदस्यहरु | 


तरकारी बारीमा किसानहरुसंग छलफल गर्दै प्रजिअ किशोर कुमार चौधरी, बरीष्ट कृषिविकास अधिकृत कमलेस तीवारी र जिल्ला प्रहरी प्रमुख मोहनप्रसाद पोखरेल


टमाटरमा लागेको रोगबारे किसानलाई बताउदै बरिष्ट कृषि विकास अधिकृत कमलेस तिवारी


समुहले गरेका कामको बारेमा बताउदै समुहका एक सदस्य | तश्विर: नरी बडु | सास/बैतडी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था