२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशबाट स्वदेश फिर्ता: यस्ता १७ प्राथमिकतामा परेका व्यक्तिहरु नेपाल आउन सक्छन्

२०७७, १७ जेष्ठ शनिबार ०१:३४

जेठ १७, काठमाडौँ | सरकारले कोभिड–१९ को असहज परिस्थितिमा विदेशमा अलपत्र परेका नागरिकलाई स्वदेश ल्याउने भएको छ । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले स्वदेश फर्कन चाहने नेपालीलाई ल्याउने निर्णय गरेको हो । 

समितिले ‘नेपाल आउने नागरिकलाई ल्याउन सम्बन्धि आदेश– २०७७’ को अनुसार कार्यदेश बनाएर ल्याउन तयारी थालेको हो । 

कस्ता व्यक्तिहरु नेपाल आउन सक्छन् ? 

१. सम्बन्धित देशमा विभिन्न कारणले सजाय तोकिएर माफी पाइसकेका व्यक्तिहरु

२. नेपाल आउन अनुमति प्राप्त भएका व्यक्तिहरु

३. जुनसुकै कारणले बर्हिगमन राहदानी पाएका व्यक्तिहरु

४. आफन्तको मृत्यु भई काजक्रियाका लागि नेपाल आउनुपर्ने अवस्थामा रहेका व्यक्तिहरु 

५. श्रम करार अवधि समाप्त भएर रोजगारी गुमाएका व्यक्तिहरु

६. कोभिड–१९ बाहेक अन्य कारणले स्वास्थ्यमा गम्भीर समस्या देखिएक व्यक्तिहरु 

७. सुत्केरी तथा गर्भवती महिलाहरु

८. बालबालिकाहरु

९. ज्येष्ठ नागरिकहरु

१०. अपाङ्गता भएका व्यक्तिहरु 

११. सरकारी सेवामा रही तालीम वा विदेशमा गएका व्यक्तिहरु (जो नेपाल आउन नपाएका छन)

१२. अध्ययन समाप्त भएका विद्यार्थीहरु

१३. कलेज वन्द भएका विद्यार्थीहरु 

१४. पारिवारिक पुनर्मिलनका लागि विदेश गएका जो फर्कन इच्छुक भएकाहरु 

१५. कम्पनीबाट अनिवार्य विदामा बसेकाहरु 

१६. अन्तर्राष्ट्रिय संघसंस्थामा कार्यरत रहेर नेपाल आउनुपर्ने अवस्थामा रहनु भएका व्यक्तिहरु 

१७. पर्यटक तथा व्यापारी राहदानीमा गएका नेपालीहरु 

माथिका व्यक्तिहरुले तत मुलुकका कूटनीतिक नियोग र राजदूतावासमा निवेदन दिएपछि स्वदेश फर्काइने छ । स्वदेश फर्कनेलाई नेपाली वायुसेवा निगम र नेपालका वायु सेवाका माध्यमबाट स्वदेश ल्याइने गरी कार्ययोजना बनाइएको छ  ।  नेपाल वायुसेवा निगम र नेपालमा रहेका वायु सेवाले नसकेको खण्डमा मात्र विदेशी वायुसेवामार्फत चार्टर गरेर ल्याइने छ ।


विदेशमा रहेका नेपालीको उद्धारमा लाग्ने हवाइ भाडा कतिपयको सम्बन्धित कम्पनी वा व्यक्ति आफैंले तिर्नुपर्नेछ भने केहीको सरकार आफैंले व्यहोर्नेछ । कार्ययोजना अनुसार विदेशबाट उद्धार गरिने हरेक व्यक्ति अनिवार्य १४ दिन क्वारेन्टिनमा बस्नुपर्नेछ । यसमा होटल क्वारेन्टिनमा बस्ने वा सम्बन्धित स्थानीय तहको क्वारेन्टिनमा जाने विकल्प हुनेछ । 

होटल क्वारेन्टिनको व्यवस्थापन संकृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले गर्नेछ । १४ दिन क्वारेन्टिनमा बसेपछि कोरोना परीक्षण गरेर घर जान पाउनेछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने