२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशमै अन्तिम संस्कार गर्न ७५ परिवारको सहमति, विदेशमा अझै १७२ शव बाँकि

२०७७, १७ जेष्ठ शनिबार ०७:३०

जेठ १७, काठमाडौं । वैदशिक रोजगारीका क्रममा मृत्यु भई विदेशमा शव रहेका १ सय ७२ जनामध्ये ७५ जनाका आश्रित परिवारले सम्बन्धित मुलुकमा आफन्तको अन्तिम संस्कार गर्न सहमति दिएका छन् । वैदेशिक रोजगार बोर्डको सचिवालयका अनुसार शुक्रबारसम्म मलेसियामा ४८, साउदी अरेवियामा ४७, कतारमा २७, यूएईमा १२, कुवेतमा ११, बहराइनमा ३, ओमानमा १ र अन्य देशमा ३ गरी विदेशमा १ सय ७२ नेपालीको शव रहेको छ ।


त्यसमध्ये कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुने नेपालीको संख्या २३ रहेको छ ।  कोरोनाबाट मृत्यु भएकामध्ये साउदीमा ९ जना, कतारमा ४ जना, यूएईमा ९ जना रहेका छन् भने अन्य समूहमा रहेका ३ मध्ये कोरोनाबाट एक जनाको मृत्यु भएको बोर्डले जनाएको छ । बोर्डले मलेसियामा रहेका शवमध्ये ४ जनाको परिवारले, साउदी अरबमा रहेका शवमध्ये ११ जनाको परिवारले, कतारमा १० जनाको परिवारले, यूएईमा ३६ जनाको परिवारले, बहराइनमा २ जनाको परिवारले, दक्षिण कोरियामा ४ जनाको परिवारले र देश नखुलेको ८ जनाको परिवारले सम्बन्धित देशमा नै अन्तिम संस्कार गर्ने सहमति दिएको जनाएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोरोना भाइरस महामारीका कारण अन्तर्राष्ट्रिय उडान बन्द भएकाले विदेशमा मृत्यु भएका कामदारहरुको शव सम्बन्धित देशमा नै अन्तिम संस्कार गर्नुपर्ने अवस्था आएको भन्दै सहमतिका लागि परिवारका सदस्यहरुलाई आह्वान गरेको थियो । विदेशमा नै दाह संस्कार गर्न सहमति जनाएका मृतक कामदारका आश्रीत परिवारलाई सान्त्वना स्वरुप ५० हजार रुपैयाँ उपलब्ध गराउने श्रममन्त्रालयले यसअघि नै निर्णय गरिसकेको छ । 

मन्त्रालयले कोराना भाइरस संक्रमण लामो समय रहने अवस्था देखिएकोले विदेशमा रहेका शव नेपाल ल्याउन सहज नभएको भन्दै अन्तिम संस्कारका लागि परिवारको सदस्यको सहमति जिल्ला प्रशासन कार्यालयमार्फत सहमति पत्र पठाइदिन आग्रह गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने