२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशबाट नेपालीहरु फर्काउन २६ बुँदे कार्ययोजना पारित, कार्यविधिमा के के छ ? पढनुहोस्

१९ जेष्ठ २०७७, सोमबार ०७:०७

जेठ १९, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण स्वदेश फर्किन चाहने नागरिकलाई ल्याउन र नेपाल आएपछि उनीहरुको व्यवस्थापन गर्न २६ बुँदे कार्ययोजना पारित गरेको छ ।

उपप्रधानमन्त्री तथा उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलले आइतवार ‘नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी कार्य योजना २०७७’ मा हस्ताक्षर गरेसँगै अब विभिन्न देशबाट नागरिक फिर्ता ल्याउने प्रक्रिया शुरु भएको छ ।

भारतलगायत तेस्रो मुलुकबाट ल्याइने नागरिकहरुको व्यवस्थापनमा नेपाली सेनालाई समेत खटाउने निर्णय सरकारले गरिसकेको छ । नेपाल भारत सीमाका प्रवेश विन्दू व्यवस्थापन गर्ने काम जिल्ला प्रशासन र स्थानीय तहको भए पनि त्यसमा नेपाली सेनालाई तत्कालै सहयोगगका लागि पठाइने भएको छ । भारतबाहेक तेस्रो मुलुकबाट आउने नेपाली नागरिकको पहिचान, प्राथमिकिकरण, विवरण संकलन तथा सरोकारका निकायहरुमा उपलब्ध गराउने जिम्मेवारी परराष्ट्र मन्त्रालय र विदेशस्थित नियोगहरुलाई दिइएको छ । यो विवरण दश दिनभित्र तयार पारिने कार्ययोजनामा उल्लेख छ ।

कस्ता व्यक्तिहरु नेपाल आउन सक्छन् ? 

१. सम्बन्धित देशमा विभिन्न कारणले सजाय तोकिएर माफी पाइसकेका व्यक्तिहरु

२. नेपाल आउन अनुमति प्राप्त भएका व्यक्तिहरु

३. जुनसुकै कारणले बर्हिगमन राहदानी पाएका व्यक्तिहरु

४. आफन्तको मृत्यु भई काजक्रियाका लागि नेपाल आउनुपर्ने अवस्थामा रहेका व्यक्तिहरु 

५. श्रम करार अवधि समाप्त भएर रोजगारी गुमाएका व्यक्तिहरु

६. कोभिड–१९ बाहेक अन्य कारणले स्वास्थ्यमा गम्भीर समस्या देखिएक व्यक्तिहरु 

७. सुत्केरी तथा गर्भवती महिलाहरु

८. बालबालिकाहरु

९. ज्येष्ठ नागरिकहरु

१०. अपाङ्गता भएका व्यक्तिहरु 

११. सरकारी सेवामा रही तालीम वा विदेशमा गएका व्यक्तिहरु (जो नेपाल आउन नपाएका छन)

१२. अध्ययन समाप्त भएका विद्यार्थीहरु

१३. कलेज वन्द भएका विद्यार्थीहरु 

१४. पारिवारिक पुनर्मिलनका लागि विदेश गएका जो फर्कन इच्छुक भएकाहरु 

१५. कम्पनीबाट अनिवार्य विदामा बसेकाहरु 

१६. अन्तर्राष्ट्रिय संघसंस्थामा कार्यरत रहेर नेपाल आउनुपर्ने अवस्थामा रहनु भएका व्यक्तिहरु 

१७. पर्यटक तथा व्यापारी राहदानीमा गएका नेपालीहरु 

 क्वारेन्टिन कहाँ–कहाँ ?

काठमाडौं उपत्यकाभित्र होटल क्वारेन्टिनमा बस्न वा खर्च व्यहोर्न नसक्नेहरुलाई सरकारले स्थानीय तहका क्वारेन्टिनमा राख्नेछ । विदेशबाट ल्याइने नेपालीलाई राख्न १० दिनभित्र सबै ठाउँमा क्वारेन्टिन तयार बनाइने भएको छ ।

त्यसका लागि खरिपाटी, इचुंगु आवास क्षेत्र, मनमोहन अस्पताल दहचोक र काठमाडौं मेडिकल कलेज दुवाकोटमा तोकिएको बेड संख्यासहित क्वारेन्टिन बनाउन शहरी विकास मन्त्रालयलाई जिम्मा दिइएको छ ।

प्रतिव्यक्ति खाना खर्च १७५

विस्तृत कार्ययोजनामा स्थानीय तहलाई क्वारेन्टिनको बन्दोबस्ती र क्वारेन्टिनमा रहँदाको खाना खर्च बापत प्रतिदिन प्रतिव्यक्ति १७५ रुपैयाँका दरले १४ दिनको लागि हुने खर्च बापतको रकम अर्थ मन्त्रालयले स्थानीय तहलाई बिल अनुसार उपलब्ध गराउने भएको छ ।

काठमाडौं उपत्यकाभित्रको होल्डिङ सेन्टरको भाडा भने सम्बन्धित जिल्ला प्रशासलाई अर्थ मन्त्रालयले उपलब्ध गराउने छ । तेस्रो मुलुकबाट आउने नागरिकले हवाई उडान, यातायात र होटल क्वारेन्टिन खर्च आफैंले व्यहोर्नुपर्नेछ । तर, स्थानीय तहका क्वारेन्टिनमा बस्नेले भने व्यहोर्नुपर्ने छैन ।

भारतबाट आउने नागरिकले होटल क्वारेन्टिनमा बस्न चाहेमा सबै खर्च आफैंले व्यहोर्नुपर्नेछ । उनीहरुको खर्च सरकारले व्यहोर्नेछैन ।

हेर्नुहोस् कार्यविधि 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य