2026-07-26 05:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशबाट फर्किन सात दिन भित्रको स्वास्थ्य परीक्षण रिपोर्ट पेश गर्नुपर्ने

जेठ १९, काठमाडौं। कोरोना भाइरस (कोभिड १९) का कारण हाल विदेशमा अलपत्र अवस्थामा रहेकाहरुले नेपाल फर्किन स्वास्थ्य परीक्षणको प्रमाणपत्र पेश गर्नुपर्ने भएको छ । 

उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिले तयार पारेको कार्ययोजनाको छैठौं बुँदामा हवाई उडानबाट आउने व्यक्तिको निजले साथमा लिइ आएको हवाई उडान अघि सात दिनभित्रको स्वास्थ्य परीक्षण प्रमाणपत्रको चेकजाँच विमानस्थलमा गर्ने भन्ने व्यवस्था छ । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालको त्रिभुवन विमानस्थलमा खटिने टोलीलाई जिम्मेवारी तोकिएको छ । यो कार्यमा गृह मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सहयोग गर्ने समितिको निर्णय छ ।

यसैगरी विमानस्थलमा नै स्वास्थ्यको स्वघोषणा फारम भर्ने काम विदेशबाट आउनेहरुले गर्नुपर्ने छ भनें उनीहरुको ज्वरो नाप्ने काम पनि हुनेछ । यसअघि नेपाल फर्किनु पर्नेहरुको सूचि परराष्ट्र मन्त्रालयले तयार पारेपछि उडान अनुमति पर्यटन मन्त्रालयले दिने र यसमा परराष्ट तथा गृह मन्त्रालयको अध्यागमन विभागले सहयोग गर्ने जिम्मेवारी तोकिएको छ ।

विदेशबाट आउनेहरुलाई काठमाडौंमा राख्नका लागि बनाइने होल्डिंग सेण्टरको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ भनें क्वारेण्टिनको सुरक्षा, रेखदेख, निगरानी र अभिलेख व्यवस्थापनको जिम्मेवारी पनि सेनालाई नै रहेको छ ।

भारतबाहेकका मुलुकबाट आउने यात्रुले हवाई उडान भाडा, यातायात र होटलमा बसेमा त्यसको खर्च स्वयं व्यहोर्नु पर्नेछ । यसैगरी भारतबाट आउनेहरु यातायात र होटल क्वारेण्टिनको खर्च पनि स्वयं व्यहोर्नु पर्नेछ ।

उच्चस्तरीय समितिले तयार पारी मन्त्रिपरिषद बैठकले पारित गरिसकेको २६ बुँदे कार्ययोजनामा कार्यान्वयनका लागि नेपाल फर्काउने यात्रुको पहिचान, प्राथमिकिकरण, विवरण संकलन तथा सरोकारवाला निकायहरुमा उपलव्ध गराउन बढीमा १० दिनको समयावधि तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली