२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशबाट फर्किएकालाई आफ्नै गाउँमा सीप र रोजगारी : मुख्यमन्त्री राउत

२० जेष्ठ २०७७, मंगलवार १२:०१

जेठ २०, काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विदेशबाट फर्किएका नेपालीहरुलाई प्रदेश सरकारले स–सम्मान आफ्नो गाउँघरमा राख्ने र सीप दिने वा सीप भएकालाई रोजगारी दिने योजना बनाउन लागेको बताएका छन् । श्रम रोजगार पत्रकार समुहले गरेको भर्चुवल अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले भारत सहित तेश्रो मुलुकबाट प्रदेश २ मा मात्रै करिव १० लाख नेपाली फर्कने अवस्था रहेकोले उनीहरुलाई स्वदेशमा नै कृषि तर्फ आकर्षित गर्नेगरि कार्यक्रम ल्याउन लागिएको बताए ।

कृषिका लागि ऋण दिने र उत्पादकत्व बढाउने गरी हामीले काम गर्दैछौँ राउतले भने 'उनीहरुको घर र खेत बन्धकीमा छ, ऋण तिर्न सकिएको छैन । प्रदेश सरकारले जो पीडित छन्, उनीहरुलाई रोजगारी र सिप दिने लगायतका काम गर्ने तयारी गरिरहेको छ । यस कार्यमा सरकार गम्भीर छ ।' 

'कोही भारत, कोही अन्य देश जाँदा यहाँ सामान्य खेती भएकाहरु पनि काम गर्न छाडिसकेका छन्, अब विदेशबाट फर्किएपछि कृषिको काम गर्छन्, उत्पादन बढ्ने अवस्था हुन्छ', मुख्यमन्त्री राउतले भने । यधपी प्रदेश २ मा मात्रै  झण्डै १० लाख मान्छे फर्किने अवस्था रहेकोले तिनको व्यवस्थापन चुनौतीपुर्ण रहेको उनले बताए ।

संघीय सरकारले हेरेन 

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारीविरुद्ध लड्न केन्द्र सरकारले समन्वय नगरेको आरोप लगाएका छन् । अहिलेसम्म प्रदेश सरकारले आफ्नै बलबुतामा कोरोनाविरुद्ध काम गरिरहेको भन्दै केन्द्र सरकारले प्रदेश २ लाई बेवास्ता गरेको गुनासो गरेका छन् ।

हाम्रो प्रदेशका स्थानीय तहलाई सोधिदिनुस् केन्द्र सरकारले के सहयोग गरेको छ? त्यतिबेला तपाईले जवाफ पाउनु हुनेछ उनले भने 'काठमाडौंको मन्त्रालय, मिडिया हाउस र बीआईसीसीमा बसेर भाषण गर्दैमा स्थिति सिध्रिदैन । संघीय सरकारले कोरोना रोकथामका लागि कति बजेट दियो ? कुन कुन पदाधिकारी स्थानीय स्तरमा पुगे ? कुन मन्त्रीले फोन गरे सोध्नुभयो पालिकाहरुलाई ? त्यसकारण अरुलाई निर्देशन दिएर मात्रै हुँदैन, स्थानीयस्तरको अवस्था पनि बुझ्नुपर्छ । उनीहरु पनि फिल्डमा आउनुपर्छ । आवश्यकमात्रामा बजेट पनि दिनुपर्छ ।'

अहिलेसम्म जति काम भएको छ यो सबै प्रदेश र स्थानीय तहकै जोडबलमा भएको मुख्यमन्त्री राउतले दावी गरे । 'हामीले सेना, प्रहरीसँग मिलेर क्वारेन्टिन तयार गरेका छौं, अस्पताललाई प्रदेशले नै बजेट दिएको छ, हरेक स्थानीय तहलाई हामीले नै रकम दिएका छौं,' उनले भने 'केन्द्र सरकारलाई सहयोग माग गर्दै पत्र पठाए पनि बेवास्ता गरिएको छ ।' संघीय सरकारले प्रदेश सरकारसँग मिलेर छुट्टै संरचना मार्फत समन्वयमा काम गर्नु पर्ने मुख्यमन्त्री राउतले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य