2026-09-25 01:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशबाट फर्किएकालाई आफ्नै गाउँमा सीप र रोजगारी : मुख्यमन्त्री राउत

जेठ २०, काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विदेशबाट फर्किएका नेपालीहरुलाई प्रदेश सरकारले स–सम्मान आफ्नो गाउँघरमा राख्ने र सीप दिने वा सीप भएकालाई रोजगारी दिने योजना बनाउन लागेको बताएका छन् । श्रम रोजगार पत्रकार समुहले गरेको भर्चुवल अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले भारत सहित तेश्रो मुलुकबाट प्रदेश २ मा मात्रै करिव १० लाख नेपाली फर्कने अवस्था रहेकोले उनीहरुलाई स्वदेशमा नै कृषि तर्फ आकर्षित गर्नेगरि कार्यक्रम ल्याउन लागिएको बताए ।

कृषिका लागि ऋण दिने र उत्पादकत्व बढाउने गरी हामीले काम गर्दैछौँ राउतले भने ‘उनीहरुको घर र खेत बन्धकीमा छ, ऋण तिर्न सकिएको छैन । प्रदेश सरकारले जो पीडित छन्, उनीहरुलाई रोजगारी र सिप दिने लगायतका काम गर्ने तयारी गरिरहेको छ । यस कार्यमा सरकार गम्भीर छ ।’ 

‘कोही भारत, कोही अन्य देश जाँदा यहाँ सामान्य खेती भएकाहरु पनि काम गर्न छाडिसकेका छन्, अब विदेशबाट फर्किएपछि कृषिको काम गर्छन्, उत्पादन बढ्ने अवस्था हुन्छ’, मुख्यमन्त्री राउतले भने । यधपी प्रदेश २ मा मात्रै  झण्डै १० लाख मान्छे फर्किने अवस्था रहेकोले तिनको व्यवस्थापन चुनौतीपुर्ण रहेको उनले बताए ।

संघीय सरकारले हेरेन 

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारीविरुद्ध लड्न केन्द्र सरकारले समन्वय नगरेको आरोप लगाएका छन् । अहिलेसम्म प्रदेश सरकारले आफ्नै बलबुतामा कोरोनाविरुद्ध काम गरिरहेको भन्दै केन्द्र सरकारले प्रदेश २ लाई बेवास्ता गरेको गुनासो गरेका छन् ।

हाम्रो प्रदेशका स्थानीय तहलाई सोधिदिनुस् केन्द्र सरकारले के सहयोग गरेको छ? त्यतिबेला तपाईले जवाफ पाउनु हुनेछ उनले भने ‘काठमाडौंको मन्त्रालय, मिडिया हाउस र बीआईसीसीमा बसेर भाषण गर्दैमा स्थिति सिध्रिदैन । संघीय सरकारले कोरोना रोकथामका लागि कति बजेट दियो ? कुन कुन पदाधिकारी स्थानीय स्तरमा पुगे ? कुन मन्त्रीले फोन गरे सोध्नुभयो पालिकाहरुलाई ? त्यसकारण अरुलाई निर्देशन दिएर मात्रै हुँदैन, स्थानीयस्तरको अवस्था पनि बुझ्नुपर्छ । उनीहरु पनि फिल्डमा आउनुपर्छ । आवश्यकमात्रामा बजेट पनि दिनुपर्छ ।’

अहिलेसम्म जति काम भएको छ यो सबै प्रदेश र स्थानीय तहकै जोडबलमा भएको मुख्यमन्त्री राउतले दावी गरे । ‘हामीले सेना, प्रहरीसँग मिलेर क्वारेन्टिन तयार गरेका छौं, अस्पताललाई प्रदेशले नै बजेट दिएको छ, हरेक स्थानीय तहलाई हामीले नै रकम दिएका छौं,’ उनले भने ‘केन्द्र सरकारलाई सहयोग माग गर्दै पत्र पठाए पनि बेवास्ता गरिएको छ ।’ संघीय सरकारले प्रदेश सरकारसँग मिलेर छुट्टै संरचना मार्फत समन्वयमा काम गर्नु पर्ने मुख्यमन्त्री राउतले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मौसम खराब हुँदा हवाई उडान प्रभावित अफगानिस्तानले दियो नेपाललाई १०३ रनको लक्ष्य वर्षा रोकिएको दुई घण्टाभित्रै पहिरो पन्छाई यातायात सुचारु गर्ने गरी हाम्रो तयारी छ: मन्त्री लम्साल सुनको मूल्यमा गिरावट, चाँदी पनि घट्यो लगातार वर्षाले देशभर जनजीवन प्रभावित, प्रमुख राजमार्गदेखि पदयात्रासम्म रोक भोटेकोशी बाढी विश्वकै लागि चेतावनी हो : प्रधानमन्त्री शाह कृष्णभीरमा पहिरो खस्ने क्रम जारी, पृथ्वी राजमार्ग अनिश्चितकालका लागि बन्द मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित