२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारबाट नेपाल फर्कन चाहनेले जेठ २५ गतेसम्म विवरण दिनुपर्ने, यस्ता छन् आवश्यक कागजात

२० जेष्ठ २०७७, मंगलवार १४:१३

जेठ २०, काठमाण्डौ। कतारबाट नेपाल फर्कन चाहनेलाई जेठ २५ गते आइतबार अर्थात ७ जुनसम्म थप विवरण आउँदो उपलब्ध गराउनु पर्ने भएको छ । कतारस्थित नेपाली दूतावासले मंगलबार एक सुचना जारि गर्दै सरकारको प्राथमिकतामा परेका र नेपाल फर्कनु पर्नेले स्वदेश फिर्तीका लागि दूतावासमा थप विवरण टिपाउन अनुरोध गरेको हो ।

कसले के विवरण दिनुपर्ने ?

सुत्केरी र गर्भवती महिलाले पासपोर्ट, भिसा वा कतारी आईडीको प्रतिलिपि, स्वास्थ्य अवस्था गम्भीर भएमा त्यसको कागजात, अध्ययन समाप्त भएको विद्यार्थी (इन्टर्नसिपमा रहेकासमेत)ले पासपोर्ट, भिसा र कतारी आईडीको प्रतिलिपि, अध्ययन सकिएका वा इन्टर्नसिप सकिएको कागजात दूतावासमा बुझाउनु पर्नेछ ।

यस्तै आफन्तको मृत्यु भइ काजकिरियाका लागि फर्कनु पर्नेले पासपोर्ट, कतारी आईडी कन्सुलर सेवजा विभागबाट प्रमाणित मृत्युदर्ताको प्रमाणपत्र, भिजिट वा बिजनेश भिसामा रहेकाले पासपोर्ट र भिसाको प्रतिलिपि, श्रम करार अवधि सकिएका वा रोजगारी गुमाए (मार्च १३ भन्दा भन्दा पहिले) ले पासपोर्ट, भिसा, कतारी आईडी करार सकिएको वा रोजगारी गुमेको देखिने कागजात, कतारको आईडी नभएका, म्याद सकिएका वा भिसा सकिएका (१३ मार्च वा योभन्दा पहिले) पासपोर्ट, भिसा, कतारी आर्इडीको प्रतिलिपि र भिसा सकिएको देखिने कागजात दूतावासमा उपलब्ध गराउनु पर्नेछ ।

यी कागजात दूतावासमा [email protected] मा र दूतावासको सम्पर्क नम्बर ९७४३३५६०११७ मा ह्वाट्स्एप म्यासेज पनि गर्न सकिन्छ ।

यसरी फर्कंदा कोरोना परीक्षण गरी रिपोर्ट साथमा राख्नु पर्नेछ । विदेशबाट फर्कनेले हवाई उडान खर्च आफैंले व्यहोर्नु पर्नेछ । तर सम्बन्धित श्रम गन्तव्य देश वा रोजगारदाता कम्पनीले वा नेपालस्थित म्यानपावर कम्पनीले हवाइ उडान, यातायात, होटल क्वरेण्टीन लगायतको खर्चमध्ये केही वा सबै खर्च व्यहोर्ने भएमा बाँकी खर्च मात्र सम्बन्धित व्यक्तिले तिरे हुन्छ ।

विमानस्थलबाट होल्डिङ सेन्टर हुँदै होटल क्वरेण्टीन वा पालिकाले व्यवस्थापन गरेको सम्बन्धित क्वरेण्टीनसम्मको यातायात खर्च व्यक्ति स्वयंमले तिर्नु पर्छ । साथै तोकिएको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पनि पालना गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य