२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

५ संक्रमितसंगु दुई जना आइसोलेसनमा

२०७७, २१ जेष्ठ बुधबार ०४:०६


पर्वत । पर्वतमा मंगलबार भेटिएका पाँचजना कोरोना संक्रमितको जिल्लाकै सदरमुकाम कुश्माबजारमा संचालित अस्थायी कोरोना अस्पतालमा उपचार थालिएको छ । उनीहरुसंग थप दुई जनालाई पनि आइसोलेसनमा राखिएको छ । एकै कोठामा भएका भएकाले उनीहरुलाई पनि आइसोलेसनमा भर्ना गरिएको हो ।

गण्डकी प्रदेशस्तरीय प्रयोगशालामा सोमबार साँझ रिपोर्ट पोजिटिभ देखिएका उनीहरुको विवरण मंगलबार बिहान सार्वजनिक गरेको थियो।  पोजिटिभ देखिनेमा फलेबास नगरपालिकाका १० का २० र ४० वर्षीय पुरुष तथा महाशिला गाउँपालिकाका ३ र ४ का  १९, २० र २१ वर्षीय पुरुष हुन् ।

पर्वत अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाका अनुसार कोरोना पोजिटिभ देखिएकाको स्वास्थ्य अवस्था सामान्य छ । ’पीसीआर रिपोर्ट पोजिटिभ आएको भएपनि उनीहरुमा कुनै लक्षण छैन,’ उनले भने, ’सँगै आएका अरुको पनि रिपोर्ट नेगेटिभ आएको छ । 

कुश्मासहित सबै पालिकाको लगानीमा २० शैयाको अस्थायी कोरोना अस्पताल तयार गरिएको छ। पहिलोपटक कोरोना संक्रमण देखिएका पाँचजनासँगै भारतबाट आएका थिए। 

उनीहरुसँगै ४१ जना आएका थिए । रिपोर्ट आएका २३ मध्ये १८ जनाको रिपोर्ट नेगेटिभ र पाँच जनाको पोजिटिभ आएको हो । बाँकी १८ जनाको रिपोर्ट भने आउन बाँकी रहेको छ ।

पर्वत प्रशासनको पहलमा भारतबाट पछिल्लो दुई सातायता एक सय ६९ जना भित्रिएका छन् । उनीहरु सबैको पीसीआर परीक्षण भइरहेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ?