Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

भरिँदै पर्वतको भुक देउराली

२०७७, २१ जेष्ठ बुधबार ०४:०८


पर्वत । एकनासे ढुंगाले छाएका  र  एउटै  रातोमाटो र कमेरोले लिपिएका  घर गाउँका सडक भरि ढुंगाको छपनी बिछ्याएर बनाइएको रेलिङ सहीतका  सिंढी  र ठाउँ–ठाउँमा , फोहोर फाल्ने ड्रम चटट् परेको भुक देउराली जिल्लाकै नमुना वस्ती हो ।  पछिल्लो समय यस गाउँ सफा वातावरण , मिलेको बस्ती र गाउँवासीको  अर्गानीक आतिथ्यताले  पर्यटकीय गाउँको  रुपमा स्थापीत बन्दै गएको  छ । विकसित सहरका जस्ता सार्वजनिक शौचालय  र धूलो नउडने ढलान सहीतको सडक  रातैभरि उज्यालो हुनेगरी सडकबत्ती  सरसफाई युक्त  घरआँगन र बाटोघाटो  यसका गाउँका विशेषता हुन । गाउँ छाडेर विदेशीएका स्थानीयको जागरुकता पनि गाउँले अहीले परिवर्तन पाएको  छ । 

 गाउँको  सीरान भमरकोट हुँदै घोरेपानी जाने पदमार्ग निर्माण भईरहेको वस्तीमा आगन्तुकहरुको आक्रषणको रुपमा रहेको हो । गाउँ छाडेर देश–विदेशमा रोजगारीका लागि पुगेका स्थानीयले आफ्नो जन्म ठाउँलाई ‘नमूना’ बनाउने अभियानको  स्वरुप अहीले गाउँको मुहार फेरीएको हो । नमूना गाउँ अभियानका स्थानीय संयोजक चीजकाजी गुरुङका अनुसार   गाउँमा १ हजार ३ सय ३३ मिटर लम्बाइको सिंढी बनाइएको  जनाउँदै  २ सय २० मिटर धूलेसडक ढलान गरिएको छ    ।   वस्तीभरी ४९ सडक बत्ती र ४ सार्वजनिक शौचालय बनाइएको  छ ।  गाउँमा उत्पादन हुने  खाध्यन्न र तरकारी लगायतको उत्पादनले गाउँमै बजार पाउन थालेको हो । गाउँमा आगन्तुहरु भरीन थालेपछि गाउँ छाडेर बाहीरीएकाहरु पनि भित्रीन थालेका छन । स्थानीयका अनुसार  अभियानसँगै होमस्टे सञ्चालनमा आउन थालेपछि अहीले वस्ती भरीने क्रम बढेको हो ।

बाइट…

 गाउँलेहरु सबै किसिमका पूर्वाधार सम्पन्न बनाएर नमूना बनाई गाउँलाई पर्यटकीय केन्द्रसमेत बनाउने योजनामा स्थानीय तल्लीन छन्। सुरुमा १० घरले सञ्चालन गर्ने योजना छ। अहिले गाउँमा दुईवटा होटल सञ्चालनमा छन्।।  भुकदेउरालीमा १ सय ६७ घर रहेकोमा करिब तीन दर्जन घर गुरुङ समुदाय र अधिकांश दलित समुदायका छन्  सबै जसो घरमा होमस्टे सञ्चालन गरीएपछि गाउँको उत्पादनले बजार पाउँदा खेती वारी समेत खनजोतमा गाउँलेहरु लागेका हुन । गाउँमा सम्भावना नदेखेर वस्ती नै खाली हुने प्रचलन बढीरहेको पर्वतमा  भुक देउराली गाउँ भने  वस्ती बाक्लीन थालेको छ । अभियान कै कारण अहीले गाउँ छाडेकाहरु फर्कीन थालेका हुन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश