2026-09-05 03:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदशिक रोजगारीका लागि भारतद्वारा श्रम स्वीकृति खुला, अब नेपालले के गर्ला ?

जेठ २१, काठमाडौं । भारतले वैदेशिक रोजगारीमा जाने कामदाहरुको श्रम स्वीकृति शुरु गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमण बढ्दोदरमा रहेपनि भारतले श्रम स्वीकृति दिने निर्णय गरेको हो  । 

भारतको गृह मन्त्रालयले त्यहाँको विदेश मन्त्रालयलाई आन्तरिक मेमो लेख्दै सम्वन्धित देशका नागरिक, ग्रीन कार्डवाहक, कम्तीमा तीन महिनाको आवासीय भिषा रहेका भारतीय नागरिक, अध्ययनका लागि जाने विद्यार्थी, वैदेशिक रोजगारी, ईन्टर्नसिप, उच्चशिक्षा अध्ययनका लागि भर्ना लगायतका काममा जानु पर्नेहरुलाई यात्रा अनुमति दिन सहमति दिएको छ ।

नेपाल सरकारको नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले फागुन २९ गतेदेखि वैदेशिक रोजगारीमा जाने श्रम स्वीकृति स्थगन गर्ने निर्णय गरेको थियो । त्यसको भालिपल्ट फागुन ३० देखि श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगन रहेको छ । त्यसपछि  सबै म्यानपावर कम्पनी बन्द रहेका छन् । त्यसयता जापान र दक्षिण कोरीयामा केही नेपाली कामदार वैदेशिक रोजगारीमा गएका छन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अनुसार श्रम स्वीकृति स्थगनअघि रोजगारदाताले भिसा दिई वैदेशिक रोजगार विभागवाट विदेश अनुमति प्राप्त गरेका १ लाख १५ हजार कामदार विदेश जान पाएका छैनन् । पूर्व स्वीकृति प्राप्त गरेका ३ लाख २८ हजार ६ सय ८१ जना कामदारको अन्तिम श्रम स्वीकृति हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल