२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मनाङ प्रवेशमा कडाई : पैदलयात्री र एम्बुलेन्सबाहेक अन्य सवारी साधनलाई प्रवेशमा रोक

२०७७, २१ जेष्ठ बुधबार ०६:४२

जेठ २१, मनाङ्ग। कोभिड–१९ को सङ्क्रमण नेपालका विभिन्न क्षेत्रमा फैलिँदै गएपछि मनाङ प्रवेशमा रोक लगाइएको छ । मनाङ प्रवेश नाका नासों गाउँपालिकाको बैठकले एम्बुलेन्सबाहेकका अन्य सवारीसाधन प्रवेशमा रोक लगाएको छ । अत्यावश्यक खाद्यान्न, ग्यासलगायत सवारी र पैदलयात्रीलाई प्रवेशमा रोक लगाइएको छ । मुख्य नाकामा कडाइ गरिएमा मनाङमा फैलिन सक्ने सङ्क्रमणको सम्भावनालाई भने योसँगै कम गर्न सकिने उनीहरुको अनुमान छ ।

देशका करिब ६० जिल्लामा कोभिड–१९ को सङ्क्रमित पुष्टि भइसकेकाले पैदलयात्री र एम्बुलेन्सबाहेक अन्य सवारी साधनलाई प्रवेशमा रोक लगाइएको नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले बताए । घलेका अनुसार धेरैजसो जिल्लामा सङ्क्रमण फैलिसकेकाले मनाङमा सङ्क्रमण प्रवेश हुन नदिनका लागि यस्तो निर्णय गरिएको हो ।

जिल्लाको प्रवेश नाका नासों गाउँपालिका–१ तालडाँडामा जाँचचौकी बनाएर कडाइ गरिएको उनको भनाइ छ । प्रमुख जिल्ला अधिकारी, जनप्रतिनिधि र सुरक्षाकर्मीको सहयोगमा जाँचचौकी राखेर नै कडाइका साथ स्वास्थ्यकर्मी र सुरक्षाकर्मी खटाइएको उनले बताए । “यहाँका बासिन्दालाई सुरक्षित बनाउने पहिलो जिम्मेवारी जनप्रतिनिधिको हो, त्यसैले कडाइ गरे यहाँ सङ्क्रमण फैलिन पाउँदैन भन्ने हेतुले २४ घण्टा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी खटाएका छौँ”, घलेले भने ।

बन्दाबन्दीको अवस्थामा आउने गरेका तरकारी, फलफूल, मासु र पेयपदार्थको भने यही जेठ १७ गतेदेखि आयातमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले बताए । “बन्दाबन्दीको अवधिमा अत्यावश्यक खाद्यान्न, ग्यास, विकास निर्माणसम्बन्धी सामग्री, औषधि तथा एम्बुलेन्सलगायतका सवारी आवातजावात गरिएको थियो, तर देशैभर सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ, यहाँ पनि सङ्क्रमण फैलिन सक्ने सम्भावनालाई कम गर्ने प्रयत्न गरिरहेका छौँ, मनाङवासीको सुरक्षालाई मध्यनजर गर्दै प्रवेशमा कडाइका साथै रोक लगाएका छौँ”, प्रजिअ पौडेलले भने ।

औषधि तथा एम्बुलेन्सलगायत सवारी साधनले मात्रै मनाङ प्रवेश गर्न अनुमति पाउनेछन् । नाकामा कडा जाँचपछि मात्रै जिल्ला प्रवेश गराउने भएको गाउँपालिकाले जनाएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा