२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशबाट फर्किनेहरुको हवाई टिकट निःशुल्क बनाउन माग सहित सर्वोच्चमा रीट

२१ जेष्ठ २०७७, बुधबार ११:५२

जेठ २१, काठमाडौं। वैदेशिक रोजगारका क्रममा कोभिड १९ का कारण समस्यामा परेर स्वदेश फर्किने नेपालीलाई हवाई टिकट सरकारले नै उपलव्ध गराउनु पर्ने माग सहित सर्वोच्च अदालतमा रीट दायर भएको छ । सो व्यवस्था संविधान र प्रचलित कानून विपरित रहेको भनदै सरकारको सो निर्णय बदर गर्न माग सहित रीट निवेदन परेको हो ।

अधिवक्ताहरु बरुण घिमिरे, प्रवीण सुवेदी, अनुराग देवकोटा र विनय रिमालले बुधवार नेपाल सरकारले वैदेशिक रोजगारमा गएका नेपालीहरुलाई समेत स्वयं हवाई शुल्क तिरेर आउनु पर्ने अनिवार्य व्यवस्था गरेकोमा सो व्यवस्था नेपालको संविधान तथा प्रचलित वैदेशिक रोजगार ऐनको व्यवस्था समेत विपरीत रहेको हुँदा उत्प्रेषणको आदेशले सो बुँदा बदरको माग गर्दै सर्वोच्च अदालतमा उत्प्रेषण तथा परमादेशको रिट दायर गरेका हुन् ।

नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७७।२।१२ को निर्णय अनुसार जारी भएको नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश, २०७७ मा आदेशको बुँदा ७ (ग) मा हवाई उडान खर्च र होटल क्वारेन्टिन खर्च लगायतका सम्पूर्ण खर्च व्यक्ति आपैmले व्यहोर्नु पर्ने तथा बुँदा ७ (घ) मा भारतबाट नेपाल प्रवेश गरे पश्चात स्थानीय क्वारेन्टिनसम्मको यातायात खर्च व्यक्ति स्वयम्ले व्यहोर्नु पर्ने व्यवस्था छ ।

रीटमा नेपालले चीनबाट नेपाली नागरिकलाई उद्दार गर्दाको सहायतासँग असमान व्यवहार गरेको हुँदा सो किसिमको असमान व्यवहार संविधान विपरीत रहेको उल्लेख छ । यसैगरी वैदेशिक रोजगार ऐन, २०६४ को दफा ७५ (२) मा नेपाली कामदार रहेको मुलुकमा महामारी परी कामदारलाई तत्काल फिर्ता गर्नुपर्ने अनिवार्य व्यवस्था गरेको र ऐनको दफा ३३ (१) ले समेत उद्दारको कार्यमा वैदेशिक रोजगार कल्याणकारी कोषको रकम प्रयोग गर्ने भनि निर्दिष्ट गरिरहेको एवम् सो कोषमा पर्याप्त रकम भइरहेको हुँदा सो कोषको रकम प्रयोग गरी हालको अवस्थामा विभिन्न कारणले रोजगार गुमाई आर्थिक अभावमा रही हवाई खर्च र आन्तरिक यातायात खर्च स्वयम्ले व्यहोर्नु पर्ने अनिवार्य शर्त नराखी कोषको रकम वा नेपाल सरकारको रकम प्रयोग गरी तत्काल उद्दार गर्न रीटमा अन्तरिम आदेश माग गरिएको छ ।

रीटको प्रारम्भिक तथा अन्तरिम आदेशको सुनुवाईको पेशी जेठ २५ गतेका लागि तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य