२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वदेश फर्कनुपर्ने नेपालीको कोरोना जाँचको व्यवस्था छिटै गरिने

२२ जेष्ठ २०७७, बिहीबार ००:३८

योगेन्द्र योगी | जेठ २२, दोहा | कतारबाट नेपाल फर्कनुपर्ने नेपालीको कोरोना जाँचका लागि छिट्टै प्रवन्ध मिलाउने कतारस्थित नेपाली दूतावासका द्वितीय सचिब प्रबीण भट्टराईले जानकारी दिएका छन् ।

नेपाल फर्कने नेपालीको कोरोना जाँचको विकल्पबारे नेपाल सरकार र कतार सरकारका विभिन्न निकायबीच समन्वय भइरहेको समेत उनले बताए । 

कोरोनाको कारण समस्यामा परेर स्वदेश फर्कन पर्ने अवस्थामा रहेका नेपालीसँग स्वदेश फर्कनका लागि साथमा कोरोना जाँचको रिपोर्ट हुनेपर्ने प्रावधान भएकाले परदेशमा कोरोना कहाँ जाँच गराउने भन्नेबारे श्रमिकहरुले मंगलबार दूताबासले दूताबासको फेसबुकमा राखेको सूचनामा ब्यापक गुनासो राखेका थिए । 

स्वदेश फर्कन पर्ने नेपालीको प्राथमिकताको आधारमा नेपाल सरकारले उद्दार गर्दै छ । कतारमा पछिल्लो २४ घण्टामा ५,३३९ जनामा गरिएको परीक्षणमा १९०१ जनामा सङ्क्रमण देखिएको छ भने १,५०६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । 

कतारमा सङ्क्रमितको सङ्ख्या ६२ हजार १६० पुगेको छ ।  उपचारपछि निको हुनेको सङ्ख्या ३७ हजार ५४२ पुगेको छ भने बुधबार थप २ जनाको मृत्यु भएसँगै मृतकको सङ्ख्या ४५ पुगेको छ । 

यता, कतारले कोरोना रोकथाम सम्बन्धी लगाएको प्रतिबन्ध केहि खुकुलो पार्ने भएको छ । बुधबार बसेको मन्त्री परिषदको बैठकले  जुन ४ देखि देखि निजि सवारीमा चार जना सम्मलाई यात्रा गर्न दिने निर्णय भएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य