२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनआरएनए कतारद्धारा ३५ सय कोरोना पिडित नेपालीलाई खाद्यान्न वितरण

२०७७, २२ जेष्ठ बिहीबार ०१:०९

योगेन्द्र योगी | जेठ २२, दोहा | गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद कतारले कोरोना संक्रमणबाट प्रभावित नेपाली कामदारका लागि तिब्र रुपमा राहत वितरण गरिरहेको जनाएको छ । 

उद्दार तथा राहत बितरण समितीले विभिन्न संस्थाहरुसँग हातेमालो गर्दै कतारको विभिन्न ठाउँमा रहेका नेपालीहरुलाई खाद्यान्न वितरण गरिरहेको उद्दार समितिका संयोजक तथा एनआरएनए कतारका प्रथम उपाध्यक्ष उत्तम गुरुङले जानकारी दिएका छन् ।

नेपाली दूतावास कतारको संयोजनमा कतार च्यारिटीद्वारा प्राप्त खाधान्न तथा अन्य संस्थाहरुले गरेको सहयोग कतारमा रोजगारी गुमाएका नेपाली कामदारलाई वितरण कार्य जारी रहेको संयोजक गुरुङ्गले बताए ।


अहिलेसम्म १४ औं चरणको राहत वितरणका क्रममा पहिलो चरणमा रेडक्रसबाट प्राप्त सहयोग वितरण गरिएको थियो भने  दोश्रो र तेश्रो रेडक्रसमार्फत नेपाली दूतावास मार्फद राहत तथा उद्दार समितिले पाएको उनले बताए ।

चौथो, पाँचौं र छैटौं चरणको राहत एनसिसी कतारको श्रमिक कोषबाट वितरण गरिएको थियो भने सातौदेखि चौधौंसम्मको राहत कतार च्यारिटीबाट प्राप्त गरिएको थियो ।

राहत वितरण अभियानमा झापाली समाज कतारबाट ३ सय किलो चामल, आउट अफ धरानेबाट ३ सय किलो चामल, स्याङ सोवा समाज कतारबाट ३ सय केजी चामल र १ सय केजी दाल, तमु समाज कतारबाट १ सय ५० किलो चामल प्राप्त भएको थियो ।


यस्तै , एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानबाट १ सय ५० केजी चामल, एनआरएनए कतारका प्रथम उपाध्यक्ष उत्तम गुरुङबाट १ सय ५० केजी चामल, एनआरएनए आइसिसी सदस्य रमेश भट्टबाट ४ सय ५० केजी चामल, एनसिीसदस्य मुक्तार आलमबाट १८ किलो चामल, दाल ५ केजी, सोयाबिन १० किलो नुन ५ किलो सहयोग प्राप्त भएको थियो ।

अहिलेसम्म ३५ सय १४ जना कोरोना पिडित नेपाली कामदारलाई खाद्यान्न स्वरूप राहत वितरण गरिसकिएको संयोजक गुरुङ्गले बताए । कोरोनाको कारणले कतारमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई खाना सम्बन्धी कुनै समस्या भए एनआरएनए कतारले उपलब्ध गराएको टेलिफोन नम्बर र ईमेल मार्फद पनि सम्पर्क गर्न सकिने उनले बताए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश