२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारसंग राजदुतहरुको माग: ‘स्वदेश फर्काउने मिति, कोरोना परिक्षण, उडान खर्चबारे जानकारी दिनुस्’

२३ जेष्ठ २०७७, शुक्रबार ०९:२२

मनोज पराजुली । जेठ २३, काठमाडौं । विदेशमा समस्यामा परेका नेपालीहरुलाई कहिलेबाट कति संख्यामा स्वदेश फर्काउने हो सोबारे कम्तिमा ७ दिन पहिले नै पुर्व जानकारी दिन विदेशस्थित नेपाली राजदुतहरुले माग गरेका छन् । श्रम रोजगार पत्रकार समुहले शुक्रबार गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रम बोल्दै मलेसिया, कतार र साउदीका राजदुतहरुले कहिलेबाट कति जनालाई नेपाल फर्काउने हो सो को निर्णय गरि पुर्व जानकारी दिन नेपाल सरकारसंग माग गरेका छन् ।

सरकारले आजबाट विदेशमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउन शुरु गरेको छ । तर मलेसिया सहित खाडीका देशमा रहेका नेपालीलाई कहिलेसम्म फर्काउने हो ? सोको उडान मिति, उडान खर्च कति लाग्ने, कोरोना परिक्षण कहाँ र कुन परिक्षण गर्नेबारे तत्काल जानकारी उपलब्ध गराउन माग गरेका हुन् । 

सरकारले कामदारको स्वास्थ्य परीक्षण गराएर स्वदेश लैजाने भने पनि विदेशमा परीक्षण गराउन निकै गाह्रो रहेको साउदीका लागि नेपाली राजदुत डा. महेन्द्रप्रसाद सिंह राजपुतले बताए । पिसिआर परीक्षण गर्न निकै महँगो छ, कहाँ परीक्षण गराउने, कसले गराउने सरकारले स्पष्ट निर्देशन दिनुपर्यो, उनले भने 'हामीपनि साउदी सरकारसँग छलफलमा छौँ।'

सरकारको तर्फबाट चार्टर उडानको कुरा आइरहेको छ समयमै जानकारी आउनुपर्यो मलेसियाका लागिनेपाली राजदुत उदयराज पाण्डेले भने 'नियमित उडान भए अत्यन्तै सहज हुने थियो, हामीले पहल गरिरहेका छौँ ।' 'कयौँ कामदारसँग अहिले नै टिकट छ', उनले भने  'समय थप गरेका कारण अतिरिक्त रकम लाग्ने विषयलाई हामी सम्बन्धित कम्पनीलाई भन्छौँ, प्रायःले हाम्रो अनुरोध स्वीकार्छन, बाँकीलाई सरकारी खर्च हाल्न सकिन्छ ।' कतिपए विमान कम्पनीले टिकट फिर्ता नगर्ने तर समय थप गरिदिने व्यवस्था मिलाएको पाइएको उनले बताए । चार्टर प्लाइटको टिकट रु ५०/६० हजार लाग्ने अनुमान गरिएको छ । त्यो टिकट खर्च कम्पनीले तिर्न नमानेमा कामदार स्वयम् आफैँले तिर्नुपर्ने अवस्था आउन सक्नेछ'  उनले भने ।

'अन्य उडान हुन सक्ने सम्भावना छ, हामी हेरिरहेका छौँ, त्यस्तो भयो भने निःशुल्क हुन सक्छ, यो पनि हामीले नेपाल सरकारसँग कुरा गरिरहेका छौँ । नेपाल सरकारले कुन मोडालिटीमा जहाज पठाउने हो हामी कुरिरहेका छौँ' उनले भने 

कतारमा कोरोना परीक्षण सरकारी अस्पतालले मात्रै गर्दै आएको छ, छ/सात वटा प्रयोगशाला खोलिएको छ कतारका लागे नेपाली राजदुत डा नारदनाथ भारद्वाजले भने 'सबैलाई परीक्षणको दायरामा लैजान पहुँच छैन । नेपाल फर्कन चाहने सबैलाई पिसिआर तथा आरडिटी परीक्षण गर्न सक्ने अवस्था छैन भनेर कतार सरकारले जवाफ दिएको छ ।' नेपाल सरकारले नै त्यहाँको सरकारलाई नेपाल फर्कनेको स्वास्थ्य परीक्षण गर्न अनुरोध गर्न कतारको परराष्ट्र मन्त्रालयसँग आग्रह गरेको भएपनि त्यो सम्भव नदेखिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य