२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारसंग राजदुतहरुको माग: ‘स्वदेश फर्काउने मिति, कोरोना परिक्षण, उडान खर्चबारे जानकारी दिनुस्’

२०७७, २३ जेष्ठ शुक्रबार ०९:२२

मनोज पराजुली । जेठ २३, काठमाडौं । विदेशमा समस्यामा परेका नेपालीहरुलाई कहिलेबाट कति संख्यामा स्वदेश फर्काउने हो सोबारे कम्तिमा ७ दिन पहिले नै पुर्व जानकारी दिन विदेशस्थित नेपाली राजदुतहरुले माग गरेका छन् । श्रम रोजगार पत्रकार समुहले शुक्रबार गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रम बोल्दै मलेसिया, कतार र साउदीका राजदुतहरुले कहिलेबाट कति जनालाई नेपाल फर्काउने हो सो को निर्णय गरि पुर्व जानकारी दिन नेपाल सरकारसंग माग गरेका छन् ।

सरकारले आजबाट विदेशमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउन शुरु गरेको छ । तर मलेसिया सहित खाडीका देशमा रहेका नेपालीलाई कहिलेसम्म फर्काउने हो ? सोको उडान मिति, उडान खर्च कति लाग्ने, कोरोना परिक्षण कहाँ र कुन परिक्षण गर्नेबारे तत्काल जानकारी उपलब्ध गराउन माग गरेका हुन् । 

सरकारले कामदारको स्वास्थ्य परीक्षण गराएर स्वदेश लैजाने भने पनि विदेशमा परीक्षण गराउन निकै गाह्रो रहेको साउदीका लागि नेपाली राजदुत डा. महेन्द्रप्रसाद सिंह राजपुतले बताए । पिसिआर परीक्षण गर्न निकै महँगो छ, कहाँ परीक्षण गराउने, कसले गराउने सरकारले स्पष्ट निर्देशन दिनुपर्यो, उनले भने 'हामीपनि साउदी सरकारसँग छलफलमा छौँ।'

सरकारको तर्फबाट चार्टर उडानको कुरा आइरहेको छ समयमै जानकारी आउनुपर्यो मलेसियाका लागिनेपाली राजदुत उदयराज पाण्डेले भने 'नियमित उडान भए अत्यन्तै सहज हुने थियो, हामीले पहल गरिरहेका छौँ ।' 'कयौँ कामदारसँग अहिले नै टिकट छ', उनले भने  'समय थप गरेका कारण अतिरिक्त रकम लाग्ने विषयलाई हामी सम्बन्धित कम्पनीलाई भन्छौँ, प्रायःले हाम्रो अनुरोध स्वीकार्छन, बाँकीलाई सरकारी खर्च हाल्न सकिन्छ ।' कतिपए विमान कम्पनीले टिकट फिर्ता नगर्ने तर समय थप गरिदिने व्यवस्था मिलाएको पाइएको उनले बताए । चार्टर प्लाइटको टिकट रु ५०/६० हजार लाग्ने अनुमान गरिएको छ । त्यो टिकट खर्च कम्पनीले तिर्न नमानेमा कामदार स्वयम् आफैँले तिर्नुपर्ने अवस्था आउन सक्नेछ'  उनले भने ।

'अन्य उडान हुन सक्ने सम्भावना छ, हामी हेरिरहेका छौँ, त्यस्तो भयो भने निःशुल्क हुन सक्छ, यो पनि हामीले नेपाल सरकारसँग कुरा गरिरहेका छौँ । नेपाल सरकारले कुन मोडालिटीमा जहाज पठाउने हो हामी कुरिरहेका छौँ' उनले भने 

कतारमा कोरोना परीक्षण सरकारी अस्पतालले मात्रै गर्दै आएको छ, छ/सात वटा प्रयोगशाला खोलिएको छ कतारका लागे नेपाली राजदुत डा नारदनाथ भारद्वाजले भने 'सबैलाई परीक्षणको दायरामा लैजान पहुँच छैन । नेपाल फर्कन चाहने सबैलाई पिसिआर तथा आरडिटी परीक्षण गर्न सक्ने अवस्था छैन भनेर कतार सरकारले जवाफ दिएको छ ।' नेपाल सरकारले नै त्यहाँको सरकारलाई नेपाल फर्कनेको स्वास्थ्य परीक्षण गर्न अनुरोध गर्न कतारको परराष्ट्र मन्त्रालयसँग आग्रह गरेको भएपनि त्यो सम्भव नदेखिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने