2026-06-20 11:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसिया, कतार र साउदीबाट कति नेपाली स्वदेश फर्किदै छन् ? यस्तो छ राजदुतहरुको तयारी

जेठ २३, काठमाडौँ । कतार र साउदी अरेबियाका लागि नेपाली राजदूतले अलपत्र नेपालीलाई स्वदेश फर्काउने विषयको ‘मोडालिटी’ छिट्टै टुङ्गो लगाउन सरकारसंग आग्रह गरेका छन् । श्रम, रोजगार पत्रकार समूहले आज आयोजना गरेको श्रव्यदृश्य छलफलमा बोल्दै उनीहरुले नेपालीलाई फर्काउने मिति, टिकट खर्च, टिकट दर तथा कोरोना परीक्षण ‘रिपोर्ट’का बारेमा सरकारको स्पष्ट निर्देशन आवश्यक रहेको बताएका छन् । मात्रात्मक रुपमा फरक भए पनि गन्तव्य मुलुककमा अहिले देखिएको समस्या समान भएको उनीहरुको भनाई छ । 

सरकारले स्पष्ट निर्देशन दिनुपयो : डा महेन्द्रप्रसाद सिंह राजपुत

साउदी अरेबियाका लागि नेपाली राजदूत डा महेन्द्रप्रसाद  सिंह राजपुतले त्यहाँ अलपत्र परेका नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश फिर्ताका लागि सहजीकरण गर्ने प्रक्रियामा दूतावास सक्रिय रहेको बताए । “साउदीको विशाल भूगोलका कारण सबै क्षेत्रका नेपालीको यथार्थ बुझ्न गाह्रो भएको छ, साउदीमा करिब तीन लाख २५ हजार नेपाली कार्यरत छन् । तीमध्ये दक्ष श्रमिक अत्यन्त न्यून छन्, अदक्ष कामदारको सङ्या ठूलो छ”, उनले भने, “विशाल र अप्ठ्यारो भूगोल तथा अदक्ष कामदारको सङ्ख्या धेरै हुँदा उनीहरुसँग समन्वय र सहकार्य गर्न चुनौती देखिएको छ” यद्यपि, मानवीय संवदेनशीलतालाई ध्यानमा दिएर दूतावासले काम गरिरहेको उनको भनाई छ । 

दूतावासले नेपाल सरकारले तोकेको १५ प्राथमिकताका आधारलाई अगाडि राखेर तथ्याङ्क सङ्कलन गरिरहेको राजदूत सिंहले जानकारी दिए । “नेपालीको तथ्याङ्क सङ्कलन गर्न दुई वटा टेलिफोन लाइन र दुई कर्मचारी २४ घन्टा खटाइएको छ”, उनले भने, “२७ अप्रिलदेखि हालसम्म विभिन्न माध्यमबाट १० हजार बढीको आवेदन प्राप्त गरेको छौँ ।”

व्यक्ति तथा सामुदायिक सङ्घ संस्था, गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) सँग मिलेर साउदीमा रहेका नेपालीको समस्या समाधान गर्न पहल गरिरहेको उनले बताए । ६० को सङ्ख्यामा नेपालीको शव साउदीमा अलपत्र रहेको भन्दै उहाँले त्यसलाई कसरी नेपाल लैजाने भन्नेमा पनि प्रयत्नशील रहेको उनको भनाई छ  । कामदारको स्वास्थ्य परीक्षण गराएर नेपाल लैजाने भने पनि यहाँ परीक्षण गराउन निकै गाह्रो रहेको उनले बताए । “पिसिआर परीक्षण गर्न निकै महँगो छ । कहाँ परीक्षण गराउने, कसले गराउने सरकारले स्पष्ट निर्देशन दिनुपयो”, उनले भने, “हामी साउदी सरकारसँग छलफलमा छौँ, स्वास्थ्य परीक्षण, टिकट, दररेट तथा उडानका बारेमा नेपाल सरकारले स्पष्ट निर्देशन दिनुपर्यो ।”

नियमित उडान गर्यौं : उदयराज पाण्डे 

मलेसियाका लािग नेपाली राजदूत उदयराज पाण्डेले कोभिड–१९ पछि छ हजार ३४३ जनाले घर फर्कनुपर्ने जानकारी गराएको बताए । तीमध्ये बिरामी तथा गर्भवती २०१, करार सकिएका तीन हजार ६७५, रोजगारी गुमाएका एक हजार ३६, राजीनामा गरेर बसेका ९२२ र लामो बिदा जान चाहनेको सङ्ख्या  १०५ रहेको छ । पछिल्लो समय मलेसियामा कोरोना सङ्क्रमणको दर कम देखिएको र नेपालमा सङ्क्रमण बढ्दै गइरहेकाले कयौँले तत्काल स्वदेश नर्फकने मनस्थिति बनाएको पाइएको उनले बताए । 

प्रवेशाज्ञा थप गरेर त्यहीँ बस्न चाहनेलाई कम्पनीसँग अनुरोध गर्न आग्रह गरिएको उनको भनाइ छ । “मनस्थिति परिवर्तन भएकाले फारम भरेकाको पुनः परीक्षण गर्नुपरेको छ”, उनले भने , “केहीले अहिले नजाऔँ भन्ने कुरा व्यक्त गर्नुभएको छ ।” व्यावसायिक हवाई उडान नियमित भएपछि मलेसियामा अप्ठ्यारोमा परेका व्यक्ति सस्तोमा नेपाल फर्कन पाउने उनले बताए  ।

“अहिले हामीले सरकारसँग त्यही माग गरेका छौँ, तर सरकारको तर्फबाट चार्टर उडानको कुरा आइरहेको छ । समयमै जानकारी आउनुपर्यो”, राजदूत पाण्डेले भने, “नियमित उडान भए अत्यन्तै सहज हुने थियो, हामीले पहल गरिरहेका छौँ, कयौँ कामदरसँग अहिले नै टिकट छ, समय थप गरेका कारण अतिरिक्त रकम लाग्ने विषयलाई हामी सम्बन्धित कम्पनीलाई भन्छौँ, प्रायःले हाम्रो अनुरोध स्वीकार्छन, बाँकीलाई सरकारी खर्च हाल्न सकिन्छ ।” विमान कम्पनीले टिकट फिर्ता नगर्ने तर समय थप गरिदिने व्यवस्था मिलाएको पाइएको उनको भनाइ छ । 

सबैलाई परीक्षण सम्भव छैन : डा नारदनाथ भारद्वाज

कतारका लागि नेपाली राजदूत डा नारदनाथ भारद्वाजले निकै ठूलो सङ्ख्याका नेपालीले घर फर्केन इच्छा व्यक्त गरेको बताएका छन् । करिब सात हजार नेपालीले तत्कालै नेपाल फर्कन चाहेको उनको भनाइ छ । “गर्भवती, प्रवेशाज्ञा सकिएका महिला, रोजगारी गुमाएका, दुर्घटनामा परेर घाइते भएका, बिरामी र केही विद्यार्थी नेपाल फर्कन चाहेका छन्”, उनले भने, “उनीहरुलाई कसरी फर्काउने भन्ने विषयमा सरकारसँग हाम्रो छलफल भइरहेको छ । सरकारले चार्टड उडानमार्फत लैजाने भनेको छ, हामी त्यहीअनुसार काम गरिरहेका छौँ ।” 

सात/आठ महिनाका गर्भवती नेपाल फर्कने आशमा छन् भने त्यस्तै बिरामी परेका व्यक्ति कहिले घर जान पाउँछौँ भनेर बसेका छन् । “सरकारले आवश्यक निर्देशन दिएमा हामी सम्पूर्ण तयारी गर्नेछौँ । हामीलाई कम्तिमा एक साताको अवधि चाहिन्छ”, उनले भने । दक्षिण पूर्वी एसियाका अन्य मुलुक भारत, बङ्गलादेश, इन्डोनेसिया, फिलिपिन्सले कतारबाट आफ्ना नागरिक फिर्ता लगेका छन् । 

कतारमा गत सातादेखि कोरोना सङ्क्रमितको सङ्ख्यामा सुधार देखिएको छ । कतार सरकारले विस्तारै कोरोनाको प्रभाव घट्दै जाने अनुमान गरेको छ । कोरोना परीक्षण सरकारी अस्पतालले मात्रै गर्दै आएको छ । छ/सात वटा प्रयोगशाला खोलिएको छ । “सबैलाई परीक्षणको दायरामा लैजान पहुँच छैन । नेपाल फर्कन चाहने सबैलाई पिसिआर तथा आरडिटी परीक्षण गर्न सक्ने अवस्था छैन भनेको त्यहाँको सरकारले भनेको छ”, राजदूत भारद्वाजले भने, “नेपाल सरकारले नै त्यहाँको सरकारलाई नेपाल फर्कनेको स्वास्थ्य परीक्षण गर्न अनुरोध गर्न भनेर मैले परराष्ट्र मन्त्रालयसँग आग्रह गरेको छु ।”

कतारको आर्थिक अवस्था पहिलेको जस्तो भएको भन्दै उहाँले कामदारको सङ्ख्या अब घट्न सक्ने आँकलन गर्नुभयो । “बन्द भएका कयौँ उद्योग सञ्चालन हुन समय लाग्ने अनुमान गरिएको छ । कतारबाट नेपाल फर्कनको सङ्ख्या निकै ठूलो हुने अनुमान गरिएको छ”, उनले भने, “कतार सरकारले तत्कालै सबै कामदार फर्काउने कुरा गरेको छैन । कतारले पुरानै अवस्थामा फर्काउने प्रयत्न गरिरहेको छ ।”


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम