2026-09-05 03:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीबाट स्वदेश फर्कन १० हजार नेपालीको निवेदन, उडानको मिती नतोकिदा अन्योल

योगेन्द्र योगी | जेठ २५, दोहा | साउदी अरबबाट स्वदेश फर्किन पाउँ भन्दै जुन पाँचसम्म १० हजार भन्दाबढी नेपालीहरुले साउदीस्थित नेपाली दूताबास रियाद र  महावाणिज्य दूताबास जेद्धामा निवेदन परेको साउदीका लागि नेपाली राजदूत डा: महेन्द्रप्रसाद सिंह राजपुतले जानकारी दिएका छन्। 

जसमा ६ हजार ५ सय पीडितहरु रोजगारी गुमाएका, बहिर्गमन भिषा लिएर बसेका, भिजिट भिसामा आएका,नेपालमा आफन्त गुमाएकाहरु रहेको दूताबासले जनाएको छ । 

दूताबासले दिएको जानकारी अनुसार जुन पाँचसम्म कोरोनाबाट सङ्क्रमित हुने नेपालीहरुको संख्या १३ सय ६४ पुगेको छ भने अहिलेसम्म कोरोनाबाट ९ जना नेपाली नागरिकको मृत्यु भैसकेको जनाएको छ । 

धेरै सङ्क्रमित नेपालीहरु पनि निको भैसकेको जनाउदै दूताबासले पछिल्लो समयमा सम्बन्धित निकायबाट कुनै पनि जानकारी नआएको र जानकारी लिने कार्य भैरहेको जनाएको छ ।

गैर आवासिय नेपाली संघ साउदीले  बिपदको घडीमा साउदी अरबमा कृयासिल नेपाली संघ-संस्थाहरु, सामाजिक अभियान्ताहरु, बुद्धिजीवी वर्ग लगायतका सबै सँग संयुक्त रूपमा हातेमालो गर्दै श्रमजिवि नेपाली बीच गठित सम्पूर्ण संघ संस्थाहरु एकजुट भएर संयुक्त रूपमा हातेमालो गरिरहेको एनआरएनए मध्यपुर्व उपसंयोजक राजेन्द्र अर्याल जानकारी दिएका छन् । 

एनआरएनए साउदीले साउदीको बिभिन्न स्थानमा कोरोनाबाट प्रभावित नेपालीहरुको सहयोगार्थ नेपाली दुताबास रियाद तथा महावाणिज्यदूतावास जेध्दासंग समन्वय गर्दै  नेपाली कामदारहरुको जिबन रक्षा, स्वदेश फिर्ती साथै तत्कालका लागि पीडितहरुलाई  राहत स्वरुप खाद्यन सहयोग गर्दै आएको छैटौं हफ्ता पार गरिसकेको उनले बताए । 

एनआरएनए साउदीका अनुसार यो साता पिडामा परेका १२ जना महिला सहित थप ३१ जना पीडितलाई खाद्यान्न उपलब्ध हराएको जनाउदै हाल सम्म एनआरएनए साउदी समक्ष आएका ३१२ जना पीडितहरुलाई दूताबाससँग समन्वय तत्कालका लागि खाद्यान्न वितरण गरेको छ । 

साथै अहिलेसम्म ३ सय भन्दाबढी पीडितहरुको गुनासो आएको र  नेपाली दूताबास रियाद र महावाणिज्य दूताबाससंग समन्वय गरी दूताबासकै पहलमा समस्या समाधान गरिएको एनआरएनए साउदीले जनाएको छ । 

नेपाल सरकारले समस्यामा परेका आफ्ना नागरिकलाई स्वदेश फर्काउने तयारी गरिरहेको भएतापनि साउदी अरबको लागि उडानको मिती नतोकिएका कारण अझै अन्योलता रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल