जेठ २५, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवलाई जोडेर नेपाली कांग्रेसका सांसद डा.अमरेशकुमार सिंहले दिएको अभिव्यक्ति प्रति आपत्ती जनाएको छ।
शनिबार आर्थिक वर्ष २०७७/०७८ को विनियोजित बजेट अन्तर्गत श्रम मन्त्रालयका लागि विनियोजित बजेटमाथि छलफलमा भाग लिँदै सांसद सिंहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री यादव माथि ५ सय १२ म्यानपावर कम्पनीहरुहरुसँग एक/एक लाख रुपैयाँ मोलतोल गरिरहेको आरोप लगाएका थिए । तर भनाईमा आपत्ति जनाउंदै संघले कानुनत प्रकृयामा रहेको विषयमा मन्त्रीलाई जोडेर अनावश्यक विवादमा तान्न खोजिएको जनाएको हो ।
विद्यमान व्यवस्था कायम रहँदा ७५ प्रतिशत म्यानपावरको इजाजत पत्र नविकरण हुन नसक्ने अवस्था रहेको संघले जनाएको छ। ‘१७ महिना सरकारले मलेसिया पठाउन रोक लगाएको, २०७६ फागुन महिनादेखि श्रम स्वीकृती दिन बन्द गरिएको परिप्रेक्ष्यमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले व्यवसायीलाई परेको मर्का बुझी यो प्रावधान निकास दिने प्रकृया सुरु गरेकामा माननीय मन्त्री ज्युलाई लक्ष्यित गरि आएको अभिव्यक्ति र प्रकासित समाचारमा कुनै सत्यता नभएको जानकारी गराउँदै यस्तो अभिव्यक्ती र समाचारको नेपाल वैदेशिक रोजगार व्यवसायी संघ जोडदार खन्डन गर्दछ', संघद्धारा जारी विज्ञप्तीमा भनिएको छ।
