२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशबाट फर्काएका नेपालीलाई राख्न ७० थान बेड प्रदान, १० ठाउँमा सेन्सरयुक्त धाराट्याङ्की जडान

२७ जेष्ठ २०७७, मंगलवार ०४:५६

जेठ २७, भक्तपुर । विदेशबाट फर्काएका नेपालीलाई राख्न व्यवस्थापन गरिएका भक्तपुरका दुई होल्डिङ सेन्टरमा प्रयोग गर्न चुची फाउण्डेशनले ७० थान श्यया (बेड) प्रदान गरेको छ । जिल्लास्थित सङ्कट व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, नेपाली सेना वीरदल गणका गणपति शिव पौडेल, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान र सशस्त्र प्रहरी गण दुवाकोटका प्रहरी उपरीक्षक विश्व भट्टराईको संयुक्त टोलीलाई बेड हस्तान्तरण गरिएको हो । 

चुची फाउण्डेशन भक्तपुरका प्रतिनिधि एलिसा अवालवासी र सञ्जय अवालले उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो । बस्नका लागि दुई जनासम्मलाई कुर्सीको रूपमा र सुत्न परेमा बेडको रुपमा प्रयोग गर्न सकिने, आवश्यकता पर्दा सजिलै पट्याएर अन्य ठाउँमा लैजान सकिने बहुपयोगी उक्त बेड होल्डिङ सेन्टरलाई प्रदान गरिएको हो ।

प्राप्त ७० थान बेडमध्ये ५० नेपाली सेना र २० नेपाल प्रहरीले प्रयोगमा ल्याएका छन् । जिल्लामा कुनै पनि विपद्का बेलामा प्रयोगमा ल्याउने गरी यी बेडहरु विपद् व्यवस्थापन समितिमातहत रहनेछन् ।

 त्यसैगरी नेपाल रेडक्रस सोसाइटी भक्तपुरले जिल्लाका १० ठाउँमा सेन्सरयुक्त हात धुने धारासहितको पानी ट्याङ्की जडान गर्ने कार्य शुरु गरेको छ । कूल रु पाँच लाखको लागतमा एक हजार लिटरको पानी ट्याङ्की, पाइप, हातधुने झोल साबुन र सेन्सरयुक्त धारा जडान गरिएको रेडक्रस भक्तपुरका सभापति मनोजकुमार थापाले जानकारी दिनुभयो ।

रेडक्रसले अहिलेसम्म भक्तपुरको दुई होल्डिङ सेन्टर, मध्यपुरथिमि नगरपालिकाको गेट अगाडि, मध्यपुरथिमि शङ्खधर चोक, आदर्श मावि लायकू, भक्तपुर नगरपालिकाको दूधपाटीस्थित बसपार्कमा जडान गरिएको उहाँले जानकारी दिनुभयो । केही दिनभित्रै बाँकी चार ठाउँमा पनि जडान गरिने बताउँदै उहाँले कोरोना सङ्क्रमण रोक्न सर्वसाधारणले कुनै पनि सामानलाई नछोई हात धुन सक्ने गरी व्यवस्थापन गरिएको सभापति थापाले जानकारी दिनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य