2026-09-05 03:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुवेतमा आममाफी पाएका डेढ सय महिलालाई बुधबार नेपाल फर्काइदै

मनोज पराजुली । जेठ २७, काठमाण्डौ । कुवेतमा आममाफीमा पाएका डेढ सय महिला बुधबार (भोलि) स्वदेश फर्कने भएका छन् । कुवेत सरकारले आममाफी दिएकाहरु मध्ये पहिलो चरणमा महिलालाई मात्र बुधबार एक वटा जहाजमार्फत डेढ सयलाई नेपाल पठाइदिन लागेको कुवेतस्थित नेपाली राजदुत दुर्गा बहादुर भण्डारीले साझा सबाललाई जानकारी दिए ।

यसअघी आममाफीमा सहभागी भएका र घरफिर्ती केन्द्रमा रहेका केही गरी २ हजार ९९१ जनाको सूची दूतावासले परराष्ट्रलाई बुझाई सकेको उनले बताए । सोहि मध्ये डेढ सय जनालाई कुवेत सरकारले नेपालसम्म ल्याइदिन लागेको राजदुत भण्डारीले जानकारी दिए । 

नेपाल सरकारले तय गरेको मापदण्डअनुसार कुवेतले नेपाल फर्कनेहरुको कोरोना जाँच पनि आफैंले गरिदिने उनले साझा सवाललाई जानकारी दिए । गत अप्रिल २६ देखि ३० सम्म कुवेतले दिएको चार दिनको आममाफीको समयमा झण्डै तीन हजार नेपाली सहभागी भएका थिए । उनीहरु कुवेत सरकारले नै निर्माण गरेको सेल्टरमा बसिरहेका छन् जसका लागि खाने बस्ने सबै व्यवस्था कुवेत सरकारले गरेको छ ।  

नेपालले उडान अनुमति नदिंदा आममाफीमा सहभागी भएकाहरु डेढ महिनादेखि कुवेतमा नै बस्न बाध्य भएका छन् । आममाफीमा सहभागी भएका सबैका लागि नेपालको एएरपोर्ट सम्म ल्याउँदा लाग्ने सबै खर्च कुवेत सरकारले व्यहोर्नेछ । पहिलो चरणमा आममाफी पाएकाहरुलाई प्राथमिकता दिइने र त्यसपछि अन्य समस्यामा परेकाहरुलाई नेपाल फर्काउन लागिएको उनले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल