२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुवेतमा आममाफी पाएका डेढ सय महिलालाई बुधबार नेपाल फर्काइदै

२७ जेष्ठ २०७७, मंगलवार १५:४६

मनोज पराजुली । जेठ २७, काठमाण्डौ । कुवेतमा आममाफीमा पाएका डेढ सय महिला बुधबार (भोलि) स्वदेश फर्कने भएका छन् । कुवेत सरकारले आममाफी दिएकाहरु मध्ये पहिलो चरणमा महिलालाई मात्र बुधबार एक वटा जहाजमार्फत डेढ सयलाई नेपाल पठाइदिन लागेको कुवेतस्थित नेपाली राजदुत दुर्गा बहादुर भण्डारीले साझा सबाललाई जानकारी दिए ।

यसअघी आममाफीमा सहभागी भएका र घरफिर्ती केन्द्रमा रहेका केही गरी २ हजार ९९१ जनाको सूची दूतावासले परराष्ट्रलाई बुझाई सकेको उनले बताए । सोहि मध्ये डेढ सय जनालाई कुवेत सरकारले नेपालसम्म ल्याइदिन लागेको राजदुत भण्डारीले जानकारी दिए । 

नेपाल सरकारले तय गरेको मापदण्डअनुसार कुवेतले नेपाल फर्कनेहरुको कोरोना जाँच पनि आफैंले गरिदिने उनले साझा सवाललाई जानकारी दिए । गत अप्रिल २६ देखि ३० सम्म कुवेतले दिएको चार दिनको आममाफीको समयमा झण्डै तीन हजार नेपाली सहभागी भएका थिए । उनीहरु कुवेत सरकारले नै निर्माण गरेको सेल्टरमा बसिरहेका छन् जसका लागि खाने बस्ने सबै व्यवस्था कुवेत सरकारले गरेको छ ।  

नेपालले उडान अनुमति नदिंदा आममाफीमा सहभागी भएकाहरु डेढ महिनादेखि कुवेतमा नै बस्न बाध्य भएका छन् । आममाफीमा सहभागी भएका सबैका लागि नेपालको एएरपोर्ट सम्म ल्याउँदा लाग्ने सबै खर्च कुवेत सरकारले व्यहोर्नेछ । पहिलो चरणमा आममाफी पाएकाहरुलाई प्राथमिकता दिइने र त्यसपछि अन्य समस्यामा परेकाहरुलाई नेपाल फर्काउन लागिएको उनले बताए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य