2026-06-20 11:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अष्ट्रेलिया, न्यूजिल्याण्ड तथा प्रशान्त क्षेत्रबाट नेपाल फर्कन चाहनेहरुलाई अत्यन्त जरुरी सूचना

जेठ २९, काठमाडौँ । अस्ट्रेलियास्थित नेपाली दुतावासले समस्यामा परेर स्वदेश फर्कन चाहनेहरुलाई सम्पर्कमा आउन अनुरोध गरेको छ । राजदूतावासले एक सूचना जारी गर्दै अष्ट्रेलिया, न्यूजिल्याण्ड तथा प्रशान्त क्षेत्रमा रहनुभएका र नेपाल फर्कने फाराम भरेका नेपाली नागरिकहरुको लागि नेपाल फर्कन चार्टड उडानको व्यवस्था गरिएको जानकारी दिएको हो ।

नेपाल सरकार मन्त्रिपरिषद्बाट स्वीकृत “कोभिड-१९ विश्वव्यापी सङ्क्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपाली नागरिकहरूलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश २०७७” जारी भइसकेको छ । सोहि अनुसार यस राजदूतावासले यही मिति आगामी असार ३ (१७ जुन २०२०) बुधबारका दिन पहिलो र मिति असार ८ (२२ जुन २०२०) सोमबारका दिन दोस्रो चार्टड उडानको व्यवस्था गरेको दुतावासले जनाएको छ । तथापि यात्रुको उपलब्धता तथा अन्य प्रतिकुल कारणहरुबाट उक्त उडान तालिकामा परिवर्तन हुन सक्नेछ र ८५ % अकुपेन्सी भएमा मात्र चार्टड उडान हुने दुतावासले जनाएको छ । 

चार्टड उडान नेपाल वायुसेवा निगमको जहाजबाट हुनेछ । हवाइभाडा र उडान भर्ने शहरसम्बन्धी जानकारी यथाशीध्र उपलब्ध गराइने दुतावासले जनाएको छ । 

यस राजदूतावासको सूचनाअनुसार ०२ जुन २०२० सम्म नेपाल फर्कने फाराम भर्नुभएका नेपाली नागरिकहरुमध्ये नेपाल सरकारले तोकेको प्राथमिकताका आधारमा प्रथम र दोस्रो सूचीमा पर्नुभएका व्यक्तिहरुलार्इ टिकट खरिद प्रक्रियाका सम्बन्धमा यस राजदूतावासबाट छिट्टै सम्पर्क गरिने जनाइको छ । 

नेपाल फर्कने यात्रुहरुले पिसिआर वा आरडीटि टेष्ट नेगेटिभ रहेको प्रमाण पेश गर्नु पर्नेछ । (यस्तो परीक्षण दूतावासले जानकारी गराएपश्चात मात्र गर्नुहुन समेत अनुरोध गरिन्छ) यात्रुहरु नेपाल पुगेपछि नेपाल सरकारको नियमानुसार क्वारेन्टिनमा बस्नुपर्नेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम