२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारले तोक्यो ६१ हजार हवाई भाडा तर ओमानस्थित दुतावासले मिलायो ३६ हजारमै नेपाल आउने व्यवस्था

३० जेष्ठ २०७७, शुक्रबार ०७:५१

जेठ ३०, काठमाडौं। ओमानस्थित नेपाली दूतावासले सरकारले तोकेभन्दा कम शुल्कमा आफ्ना नागरिकलाई स्वदेश फर्काउने भएको छ । दूतावासले विदेशमा अलपत्र परेका नागरिकलाई सरकारले तोकेभन्दा कम शुल्कमा स्वदेश फर्काउने भएको हो ।

सरकारले ओमानबाट नेपालको भाडा करिब ६१ हजार नेपाली रुपैयाँ तोकेको छ । तर, दूतावासले समस्यामा परेका नेपालीले त्यति महँगो रकम तिर्न नसक्ने भन्दै ११५ ओमानी रियलमा नेपाल ल्याउने भएको हो । यो रकम नेपाली रु ३६ हजार हुन्छ ।

दूतावासले यात्रा गर्ने समयमा कम्तिमा सात दिन भित्रको कोरोना नेगेटिभ रिर्पोट अनिवार्य रुपमा पेश गर्न भनेको छ । ओमानबाट असार १ गते सलाम एयरमार्फत १८० नेपालीहरु स्वदेश फर्कँदैछन् । ओमानमा समस्यामा परि स्वदेश फिर्ता हुन चाहने नेपालीहरुको लागि असार १, ४ र ७ गते उडान हुने तय भएको छ । 

हेर्नुहोस् दुतावासद्वारा जारी दोस्रो उडान सम्बन्धी सूचना  

कोभिड-19 को विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्‍न असहज परिस्थितिका कारण  स्वदेश फर्किनै पर्ने नेपाली नागरिकहरुको सम्बन्धमा नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश, 2077 तथा कार्ययोजना 2077 मा तोकिएको प्रावधान अनुरुप प्राथमिकताको आधारमा व्यवस्थित  रुपमा नेपाल लैजाने प्रयोजनका लागि विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुरुप यात्रा गर्ने समयमा कम्तिमा सात दिनभित्रको COVID-19 नेगेटिभ रिपोर्ट अनिवार्य रुपमा पेश गर्नुपर्ने प्रावधान अनुसार ओमानबाट घर फिर्तीको लागि यस दूतावासमा विभिन्‍न माध्यमबाट नाम टिपाउनु भएका मध्ये प्राथमिकताका आधारमा दोस्रो उडान आउँदो जुन 21 मा सलाम एअर मार्फत हुने गरी तय भएको छ।उक्त उडानको एकतर्फी हवाइभाडा ११५ ओमानी रियल तोकिएको छ।

सम्बन्धित सबैले आफूलाई पायक पर्ने कुनैपनि नजिकको परीक्षण केन्द्रमा (वा दूतावासको जानकारीमा भएबमोजिम तपसिलको तालिकामा उल्लेख गरिएबमोजिमका स्वास्थ्य संस्थाहरूमा) कोभिड-19 को PCR परीक्षण गराई नेगेटिभ रिपोर्ट प्राप्त हुनेहरूले सलाम एअरको कलसेन्टर 24272222 मा फोन गरी टिकट खरिद गर्न वा सो सम्बन्धी थप जानकारी प्राप्त गर्न सकिने छ। दोस्रो उडानको लागि दूतावासबाट टेलिफोन सम्पर्कमार्फत् निश्चित गरिएपछि मात्र कोभिड -19 को PCR परीक्षण गर्न सबैमा अनुरोध गरिन्छ।

यस सम्बन्धमा थप बुझ्न परेमा 71592490/71592506/71530840 मा सम्पर्क गर्न सकिनेछ।

नोटः

कोभिड-19 को PCR परीक्षणमा नेगेटिभ रिपोर्ट आएकाहरूले नेपाल गए पश्चात सिधै घर (होम क्वारेन्टिनमा) जान पाइने समेत सबैलाई जानकारी गराइन्छ।

तपसिलः

   S.No.

Place/Hospital

Contact No.

1.  

Muscat / Al Bushra Medical Specialty Complex

97777252 Yaseen

2.  

Muscat / NMC

91473626 Sunil

3.  

Ruwi/ Abeer Hospital

91789183/Ganesh Prakash

4.  

Burjeel Hospital  Suhar Lifeline

93221096/26631111

5.  

Burjeel Hospital  salalah

93221083

6.  

Burjeel Hospital Muscat

24399777

7.  

Muscat / Badr Al-Sama

24488322/ 98201536/93991147

8.  

Ruwi / Badr Al-Sama

98201536 /93991147

9.  

Alkhuwair/ Badr Al-Sama

99676589 /92596994

10.  

Al Khoud/ Badr Al-Sama

97862186

11.  

Barka/ Badr Al-Sama

92860711/ 90298015

12.  

Nizwa/ Badr Al-Sama

79491314 /98139606

13.  

Suweiq/ Badr Al-Sama

97834146/ 71704333

14.  

Suhar/ Badr Al-Sama

98476111/ 92989148

15.  

Falaj/ Badr Al-Sama

94105262/96689655

16.  

Sur/ Badr Al-Sama

98859923/96524807

17.  

Salalah/ Badr Al-Sama

93321286/ 72246868

18.  

Muscat / Al-Hayat

97049520

19.  

Muscat / Gulf Specialization Centre

22081700

20.  

Nizwa/ Nile Clinic

25426665/ 95050164 Abdullah

21.  

Al-Buraimi Specialized Medical Centre

91346823 Mohamed

नेपाली राजदूतावास मस्कट, ओमान

29 जेठ 2077, (11 जून 2020, बिहीबार)




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य