२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सुध्रिँदै विपन्नको जीवनस्तर

३१ जेष्ठ २०७७, शनिबार ०६:२४

कृष्ण दर्नाल। जेठ ३१, पाल्पा। रिब्दीकोट गाउँपालिका–५ ठिमरेका तेजबहादुर बगालेसँग पेशा–व्यवसाय सञ्चालन गर्न हातमा पैसा थिएन । पर्याप्त पैसाको अभावमा कुनै व्यवसाय सञ्चालन गर्न पनि नसकिँदो रहेछ । परम्परागत खेतीपातीबाट सोचेजस्तो आम्दानी नभएपछि बगाले परिवारलाई जीविकोपार्जन गर्न निकै सकस परेको थियो । प्रदेश नं ५ मा सञ्चालित मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमले व्यावसायिक ढङ्गबाट मौरीपालन गर्न आधुनिक घार र मौरी उपलब्ध गराएपछि भने बगालेको जीवनस्तरमा नसोचेको परिवर्तन आयो । 

काठका घारमा मौरीपालन गर्दा प्रशस्त आम्दानी हुनसकेको थिएन । सोचेजस्तो आम्दानी नभएपछि बगाले परिवारका लागि जीविकोपार्जन गर्न मुस्किल भएको थियो । मौरीघार पाएपछि परम्परागत मौरीपालन व्यवसायलाई आधुनिक बनाउने वर्षौँदेखिको उहाँको सपना पूरा भएको छ । मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमले आर्थिकरूपमा अतिविपन्न परिवारको जीवनस्तर माथि उकास्नका लागि सञ्चालित कार्यक्रमबाट यहाँका ६० परिवारलाई आधुनिक घार र मौरीसहित पहिलो चरणमा वितरण गरिएको छ ।

पाल्पाको रिब्दीकोट, रैनादेवी छहरा र तिनाउ गाउँपालिकामा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रममा आर्थिक वर्ष २०७६/७७ मा रु एक करोड ५६ लाख बजेटमार्फत गरिबी हटाउने र बालबालिकालाई शिक्षामा पहुँच विस्तार गर्ने कार्यक्रम सञ्चालित छन् । स्थानीय बासिन्दा तिलक पाण्डेय मगरले गरिबका घरमा सरकारको उपस्थिति भएको बताउनुभयो । “पहिला गाउँमा कोही आउने थिएनन्, अहिले मौरीपालन गर्नका लागि आधुनिक घार निःशुल्क वितरण गरिएकाले हामीहरु खुशी छौँ, हाम्रो जीवनस्तर उकास्न खोज्नुभएको छ, हामी पनि सोहीअनुसार आम्दानी गरी देखाउन लागिपर्ने छौँ”, पाण्डेयले भन्नुभयो ।

वन क्षेत्रमा चिउरी, खल्ढुकलगायतका फलफूल प्रसस्त पाइने भएकाले मह उत्पादन राम्रो हुने देखिएको छ । मौरीपालनका लागि यस क्षेत्र उपयुक्त मानिन्छ । ठिमुरेमा व्यावसायिकरूपमा तरकारी खेतीका लागि सिँचाइ गर्न थोपा सिँचाइ मेसिन वितरण गरिएको गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले बताउनुभयो । परम्परागत तरिकाबाट तरकारी खेती गरिरहेका किसानलाई अब आधुनिकरूपमा उत्पादनमुखी कामका लागि आधुनिक मेसिन वितरण सहयोग गर्ने गाउँपालिका अध्यक्ष जिसीले बताउनुभयो ।

रिब्दीकोट गाउँपालिकाका–२ का अतिविपन्न परिवारलाई आर्थिकरूपमा सम्पन्न बनाउन १५ परिवारका लागि बङ्गुरपालन गर्न पाठापाठी वितरण गरिएको छ । वडा नं ७ पालुङका दुई समूहमा ५० परिवारलाई उन्नत जातका बाख्रा वितरण गरिएको छ । आधुनिक खोर निर्माण र बाख्राका लागि मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमले सहयोग गरेको गाउँपालिकाका सल्लाहकार शिव जिसीले बताउनुभयो । सामान्य तरिकाबाट  बाख्रापालन गरिरहेका किसानलाई तालिमपछि व्यावसायिकरूपमा बाख्रापालनका लागि सहयोग पुगेको उहाँको भनाइ छ ।

जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रममार्फत सिद्धेश्वरका अतिविपन्न कुमाल समुदायमा खोर निर्माण र बोयर जातका बोका र बाख्रा वितरण गरेको छ । सिद्धेश्वरको मगरान र ढावका २०/२०  परिवारका लागि प्रतिपरिवार ८०/८० बाख्रा र चार/चार बोका वितरण गरिएको र बाख्राको बीमासमेत गरिएको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमका सहजकर्ता गीता घिमिरे भट्टराईले बताउनुभयो । आर्थिकरूपमा विपन्न परिवारलाई जीविकोपार्जन गरी दुई–चार हजार आम्दानी गर्न यो कार्यक्रम सफल हुने भट्टराई बताउनुहुन्छ ।

रैनादेवी छहरा गाउँपालिका क्षेत्रभित्र आर्थिक अतिविपन्न समुदायका मानिसको स्वास्थ्यमा पहुँच विस्तारका लागि १५० परिवारलाई स्वास्थ्य बीमा गर्ने काम छ । दश  सिमेन्ट पोखरी निर्माण र  १० परिवारलाई तरकारी खेतीका लागि प्लास्टिक टनेल निर्माण गरिने छ । पोखरीका लागि रु २५ हजार र टनेलका लागि रु आठ हजारका दरले किसानलाई अनुदान प्रदान गरिनेछ ।

बालबालिकालाई विद्यालय शिक्षाप्रति आकर्षित गर्न ११६ लाई पोशाक, ६०१ जनालाई स्टेशनरी सामान वितरण गर्ने कार्यक्रम रहेको गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले बताउनुभयो । प्राविधिकतर्फ पशु र कृषि विषय अध्ययन गर्नेहरुका लागि रु ३० हजार बराबरको छात्रवृत्ति रहेको छ । स्टेशनरी, पोशाक र छात्रवृत्तिले अतिविपन्न समुदायका बालबालिकाको शिक्षामा पहुँच विस्तारका लागि सहयोगी हुने र पशुपालनका दिइएको अनुदानले कृषि उत्पादन बढ्ने र आम्दानीका स्रोत फराकिलो हुने अध्यक्ष कार्कीले बताउनुभयो ।

मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमअन्तर्गत तिनाउ गाउँपालिकामा २० घरपरिवारलाई तरकारी खेती गर्न अनुदान दिइएको छ । गरिबीका कारण शिक्षामा पहुँच विस्तार हुन नसकेका बालबालिकाका लागि दिवाखाजा, स्टेशनरी सामान, तथा महिलालाई आत्मनिर्भर बनाउन सिलाइ तालिमसमेत सञ्चालनमा छ ।

तिनाउ गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तीमगरले मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमले सीमान्तकृत समुदायका मानिसलाई आयआर्जनका लागि र अनुदानले जीवनस्तर सुधारका लागि ठूलो भूमिका खेलेको बताउनुभयो । पाल्पाको रैनादेवी छहरा, रिब्दीकोट, तिनाउ गाउँपालिका आर्थिकरूपमा कमजोर रहेका परिवारले मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमले खुशी ल्याएको बताए । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे