Skip to content
Friday, July 17, 2026 Nepali Online Media

कपिलवस्तुका स्थानीय तहमा रोजगारीलाई प्राथमिकता

By साझासवाल 8 मिनेट पढाइ

पढ्न करिब 4 मिनेट लाग्छ
प्रकाशित:

जेठ ३१, चन्द्रौटा। स्थानीय तहका जनप्रतिनिधिले नयाँ नीति तथा कार्यक्रम निर्माणका लागि योजना सङ्कलन गर्न शुरु गरेका छन् । वडा सदस्यदेखि नगरप्रमुख जनतासँग गरेका प्रतिबद्धता पूरा गर्न टोलटोलमा पुगेका छन् ।

कपिलवस्तु, शिवराज नगरपालिका–३ का वडा सदस्य श्यामलाल थारूले यस वर्ष बाँकी रहेका कामलाई निरन्तरतासँगै नयाँ योजना बनाउने तयारीमा लागेको बताउनुभयो । जनप्रतिनिधि भइसकेपछि तेस्रो वर्षका लागि योजना बनाइरहँदा जनताका अधिंकाश आवश्यकतालाई पूरा गर्ने प्रयत्न गरिने उहाँको भनाइ छ । “वडाध्यक्षमार्फत टोल समितिसँग छलफल गरेर योजना बनाइरहेका छौँ”, सदस्य चौधरीले भन्नुभयो, “कृषिलाई प्राथमिकता र जनताको चेतनामा अभिवृद्धि गर्ने खालका योजना आवश्यक रहेको देखिन्छ ।”

वडा नं ३ का वडाध्यक्ष टेकलाल सापकोटाले वडा सदस्यलाई जिम्मेवार बनाउन योजना निर्माण गर्न लगाएको बताउनुभयो  । “मैले पनि टोलटोलमा पुगेर यस वर्ष भएका कामको अनुगमन र नयाँ योजनाबारे स्थानीयवासीसँग छलफल गरेको छु”,  सापकोटाले भन्नुभयो, “वडा सदस्यलाई अपनत्व महसुस गराउन जिम्मेवारी प्रदान गरिएको छ ।” शिवराज–२ का वडाध्यक्ष रामबहादुर थारूले आर्थिक वर्ष २०७७÷७८ का लागि  योजना टोलमै छनोट हुने बताउनुभयो । आगामी असार १ गतेसम्म टोलका योजना वडामा आइपुग्ने गरी वडाका १३ स्थानमा थोरै सङ्ख्यामा नागरिक जम्मा भएर योजना छनोट गर्न सूचना जारी गरिएको उहाँले बताउनुभयो । बन्दाबन्दी समयमा योजना छनोटमा केही समस्या आए पनि सामाजिक दूरी कायम गरेर योजना निर्माणमा लागेको थारूको भनाइ छ ।

शिवराजका ११ वटै वडामा असार १ गतेसम्म योजना छनोट गर्ने काम पूरा गरिने तयारी छ । नगरप्रमुख नेत्रराज अधिकारीले अब कसैले पनि कामलाई ठूलोसानो नभनी मेहनत गर्ने समय भएको बताउनुभयो । “कोरोना सङ्क्रमणका कारण अरु वर्षभन्दा यस वर्ष लोकप्रिय कार्यक्रम बनाउन आवश्यक छ, सबैलाई आर्थिक समस्या छ”, अधिकारीले भन्नुभयो, “विगतका वर्षमा सडकलाई प्राथमिकता दियौँ, यस वर्ष रोजगारीका लागि प्राथमिकता दिइने छ ।”

कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रताप शाहले कृषि पेशालाई अब जीविकोपार्जन मात्र नगराई आम्दानीसँग जोडनुपर्ने बताउनुभयो । नगरका कृषकलाई सहज हुने तरिकाबाट आगामी योजना बन्ने निश्चित रहेको बताउँदै उहाँले अहिले वडाध्यक्षहरु टोलटोलमा पुगेर योजना छनोट गरिरहेको जानकारी दिनुभयो । चन्द्रौटा कृष्णनगर क्षेत्रमा उद्योगको सङ्ख्या बढिरहेकाले आगामी आर्थिक वर्षमा उद्योग स्थापना गरी नगरको दायरामा ल्याउने योजना रहेको उहाँको भनाइ छ । कृष्णनगर बजार व्यवस्थापन, युवालाई सीपमूलक तालीम र  किशोरकिशोरीलाई क्षमता अभिवृद्धि हुने खालका योजना समावेश गरिने उहाँले जनाउनुभयो ।

विजयनगर गाउँपालिकाका जनप्रतिनिधि पनि अहिले योजना छनोटमा व्यस्त छन् । वडा नं ४ का वडाध्यक्ष तिलक कँडेलले गाउँस्तरबाट योजना निर्माण गरी कार्यान्वयन गरिने बताउनुभयो । “वडाका सबै स्थानमा पुगेर स्थानीयवासीको मागअनुसार योजना बनाउने तयारी गरिरहेका छौँ”, कँडेलले भन्नुभयो, “युवालक्षित कार्यक्रममा विशेष जोड दिनुपर्छ ।”

गाउँपालिकाका अध्यक्ष गोपाल थापाले महामारीका समयमा युवा बेरोजगार भएकाले सीपमूलक कामको व्यवस्था गर्न गाउँपालिका तयार रहेको बताउनुभयो । “भारत तथा तेस्रो मुलुकबाट युवा स्वेदश फर्कने क्रममा छन्, उनीहरुलाई यहीँ काम गर्ने वातावरण मिलाउन आवश्यक छ”, थापाले भन्नुभयो,  “बाँझो जमीन उपयोग गरी कृषितर्फ उन्मुख हुने खालका योजना गाउँपालिकाले निर्माण गर्नेछ ।” कोरोना महामारीले जनजीवन अस्तव्यस्त रहेकाले यसलाई सहज बनाउन स्थानीय तहको भूमिका उल्लेखनीय हुने थापाको भनाइ छ ।

महाराजगञ्ज नगरपालिकाले पनि नीति कार्यक्रम तय गर्न गृहकार्य शुरु गरेको छ । नगर प्रमुख अब्दुल कलाम खाँले कतिपय योजना वडामार्फत सञ्चालन हुने र कतिपय नगरमार्फत हुने बताउनुभयो । यस वर्ष कोरोनाका कारण भनेअनुसार काम हुन नसकेको बताउँदै खाँले आगामी योजनालाई प्रभावकारीरूपमा सञ्चालन गरिने जानकारी दिनुभयो । वाणगङ्गा नगरपालिकाले ११ वटै वडालाई असार २ गतेसम्म आफ्ना वडाका योजना छनोट गरी नगरपालिकासमक्ष पेश गर्न आग्रह गरेको छ ।

असार ५ गते नीति तथा कार्यक्रम प्रस्तुत र असार १० गते बजेट प्रस्तुत गर्ने निर्णय भएको वडा नं २ का वडाध्यक्ष विष्णु पौडेलले बताउनुभयो । नगरका ११ वडालाई प्रतिवडा रु ५० लाख बजेटको व्यवस्था गरिएको छ । रासस