2026-09-05 03:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशबाट स्वदेश फिर्ता हुने फ्लाइटको भाडा दोश्रो पटक घट्यो (नयाँ भाडादर सहित)

जेठ ३१, काठमाडौं । सरकारले विदेशबाट फिर्ता आउने नागरिकहरूका लागि तोकिएको चार्टर फ्लाइटको भाडा फेरि घटाएको छ ।

चार्टर फ्लाइटको भाडा महँगो भएको भन्दै चौतर्फी आलोचना भएपछि सरकारले शुक्रबार केही भाडा घटाएको थियो तर त्यसको २४ घण्टा नबित्दै फेरि भाडा घटेको छ । 

भाडा घटाउन शनिबार संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सका अधिकारीहरूसँग छलफल गरेका थिए । भाडा घटाउन नेपाल एयरलाइन्स सहमत भएको छ भने हिमालयनले कुनै जवाफ दिएको छैन ।

मलेसिया र खाडीका गन्तव्यमा ९० देखि १०० डलरसम्म भाडा घटाइएको छ ।

यस्तो छ नयाँ भाडादर: 

मलेसियावाट काठमाडौँसम्मको भाडादर – ४६५ डलरबाट घटाएर ३७२ डलर तोकिएको छ ।

कतारको दोहाबाट काठमाडौँसम्मको भाडादर – ४९० डलरबाट घटाएर ३९२ डलर कायम गरिएको छ ।

दुबईबाट काठमाडौँसम्मको भाडादर – ४५० डलरबाट घटाएर ३६० डलर कायम गरिएको छ ।

साउदीको दमामबाट काठमाडौँसम्मको भाडादर – ५३० बाट घटाएर ४३० डलर कायम गरिएको छ । 

साउदीको रियादबाट काठमाडौँसम्मको भाडादर – ५६५ बाट घटाएर  ४६५ डलर कायम गरिएको छ । 

साउदीको जेद्दाबाट काठमाडौँसम्मको भाडादर – ६९० बाट घटाएर ५९० डलरमा झारिएको छ । 

ओमानदेखि काठमाडौँसम्मको भाडादर – ४६० बाट घटाएर ३६८ डलरमा झारिएको छ । 

बहराइनदेखि काठमाडौँसम्मको भाडादर –  ४९० डलरबाट घटाएर ३९२ डलर कायम गरिएको छ । 

कुवेतदेखि काठमाडौँसम्मको भाडादर – ५१० डलरबाट घटाएर ४१० मा झार्ने सहमति भएको छ । 

जोर्डनदेखि काठमाडौँसम्मको भाडादर – ७७५ डलरबाट घटाएर ६७५ डलर कायम गरिएको छ । 

साइप्रसदेखि काठमाडौँसम्मको भाडादर – ८३० बाट घटाएर ७३० डलर तोकिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल