जेठ ३१, काठमाडौं । सरकारले विदेशबाट फिर्ता आउने नागरिकहरूका लागि तोकिएको चार्टर फ्लाइटको भाडा फेरि घटाएको छ ।
चार्टर फ्लाइटको भाडा महँगो भएको भन्दै चौतर्फी आलोचना भएपछि सरकारले शुक्रबार केही भाडा घटाएको थियो तर त्यसको २४ घण्टा नबित्दै फेरि भाडा घटेको छ ।
भाडा घटाउन शनिबार संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सका अधिकारीहरूसँग छलफल गरेका थिए । भाडा घटाउन नेपाल एयरलाइन्स सहमत भएको छ भने हिमालयनले कुनै जवाफ दिएको छैन ।
मलेसिया र खाडीका गन्तव्यमा ९० देखि १०० डलरसम्म भाडा घटाइएको छ ।
मलेसियावाट काठमाडौँसम्मको भाडादर - ४६५ डलरबाट घटाएर ३७२ डलर तोकिएको छ ।
कतारको दोहाबाट काठमाडौँसम्मको भाडादर - ४९० डलरबाट घटाएर ३९२ डलर कायम गरिएको छ ।
दुबईबाट काठमाडौँसम्मको भाडादर - ४५० डलरबाट घटाएर ३६० डलर कायम गरिएको छ ।
साउदीको दमामबाट काठमाडौँसम्मको भाडादर - ५३० बाट घटाएर ४३० डलर कायम गरिएको छ ।
साउदीको रियादबाट काठमाडौँसम्मको भाडादर - ५६५ बाट घटाएर ४६५ डलर कायम गरिएको छ ।
साउदीको जेद्दाबाट काठमाडौँसम्मको भाडादर - ६९० बाट घटाएर ५९० डलरमा झारिएको छ ।
ओमानदेखि काठमाडौँसम्मको भाडादर - ४६० बाट घटाएर ३६८ डलरमा झारिएको छ ।
बहराइनदेखि काठमाडौँसम्मको भाडादर - ४९० डलरबाट घटाएर ३९२ डलर कायम गरिएको छ ।
कुवेतदेखि काठमाडौँसम्मको भाडादर - ५१० डलरबाट घटाएर ४१० मा झार्ने सहमति भएको छ ।
जोर्डनदेखि काठमाडौँसम्मको भाडादर - ७७५ डलरबाट घटाएर ६७५ डलर कायम गरिएको छ ।
साइप्रसदेखि काठमाडौँसम्मको भाडादर - ८३० बाट घटाएर ७३० डलर तोकिएको छ ।