जेठ ३१, काठमाण्डौ | असार १ गतेदेखि साउदीबाट नेपाली लिएर आउने तय भएको पहिलो उडान रद्द गरिएको छ ।
असार १ गते हिमालय एअरले साउदीको दमामबाट त्यहाँ समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि तय भएको चार्टर्ड उडान रद्द भएको साउदीमा रहेको नेपाली दूतावासले जनाएको छ । पहिलो उडान नै अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित भएको छ ।
उडान स्थगित भएपछि स्वदेश फर्कने प्राथमिकतामा परेकाहरुलाई कोरोना परीक्षण नगर्न दूतावासले अनुरोध गरेको छ । उडान किन रद्द भयो भन्ने बारे खुलाइएको छैन ।
यस्तै असार १ गते नै माल्दिभ्सबाट त्यहाँ समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि हुने निश्चित भएको उडान पनि रद्द भएको छ ।