२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओमानबाट नेपालका लागि हुने दोस्रो उडान तालिका परिवर्तन, हेर्नुहोस् फर्काइने १८० जनाको नामावली सहित

२०७७, ३२ जेष्ठ आईतवार ०६:४०

जेठ ३२, काठमाडौं। ओमानबाट नेपालीको स्वदेश फिर्तीका लागि तोकिएको दोस्रो उडान तालिका तीन दिन अघि सारिएको छ । ओमानमा रहेको नेपाली दूतावासले यसअघि जुन २१ अर्थात असार ७ गतेको लागि तोकिएको उडान तीन दिन अघि सारेर जुन १८ अर्थात असार ४ गते हुने भएको छ । यो उडानमार्फत १८० जना नेपाली स्वदेश फर्कंदै छन् ।

फर्कने नेपालीको सूची हेर्नुहोस्


दूतावासले दोस्रो उडानमार्फत स्वदेश फर्कने १८० नेपालीलाई आज आइतबार कोरानो जाँच गराउन अनुरोध गरेको छ । कोरोना जाँचका लागि दूतावासले निश्चित ठाउँहरु तोकेको छ ।

कोरोना जाँच गराउने ठाउँ हेर्नुहोस्


कोरोनाको कारण ओमानमा समस्यामा परेका नेपालीलाई त्यहाँ रहेको नेपाली दूतावासले प्राथमिकताको आधारमा सलाम एअरमार्फत स्वदेश पठाउँदैछ । पहिलो उडान असार १ गते हुँदैछ । एकतर्फी उडानको भाडा ११५ ओमानी रियाल अर्थात आजको विनिमय दर अनुसार ३६ हजार २ सय ६१ रुपैयाँ तोकेको छ । यो भाडा दर सरकारले स्वदेश फिर्तीका लागि तोकेकोभन्दा सस्तो हो ।

सरकारले उद्धार उडानका लागि हुने चार्टर्ड जहाजको भाडा तीन पटक घटाएर ओमानका लागि ३६८ अमेरिकी डलरमा झारेको छ । यो भनेको आजको विनिमयदर अनुसार ४४ हजार ६७३ रुपैयाँ हो । नेपाल फर्कन चाहने नेपालीको साथमा कोरोना जाँचको रिपोर्ट अनिवार्य हुनुपर्ने भएकाले दूतवासले त्यस उडानमार्फत नेपाल फर्कने नेपालीले तोकिएको आफूलाई पायक पर्ने ठाउँमा कोरोना जाँच गराउन अनुरोध गरेको छ ।

कोरोना जाँच गरेको नेगेटिभ रिपोर्ट प्राप्त भएपछि टिकटका लागि सलाम एअर कलसेन्टर २४२७२२२२ नम्बरमा सम्पर्क गर्न दूतावासले अनुरोध गरेको छ । थप केही जानकारी आवश्यक परे पनि यो नम्बरमा फोन गर्न सकिनेछ । पीसीआर जाँचमा नेगेटिभ रिपोर्ट आएकाहरु नेपाल आएर क्वरेण्टीनमा बस्न नपर्ने र सिधै घर जान पाईने दूतावासले जनाएको छ । थप जानकारीका लागि ७१५९२४९०,७१५९२५०६ र ७१५३०८४० मा सम्पर्क गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई