२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओमानबाट १६६ जना आज नेपाल आउंदै, पीसीआर नेगेटिभ रिपोर्ट भएकाहरु होम क्वरेण्टीनमा बस्न पाउने

१ असार २०७७, सोमबार ०५:२८

असार १, काठमाण्डौ। कोरोना महामारीका कारण ओमानमा समस्यामा परेका नेपालीहरु आज स्वदेश फर्कंर्दै छन् । ओमानमा रहेको नेपाली दूतावासले सलाम एअरमार्फत त्यहाँ समस्यामा परेका १६६ जना नेपालीलाई आज स्वदेश फर्काउन लागेको हो । 

ओमानबाट लिएर आएको जहाज दिउँसो साढे १ बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्ने नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । सरकारले तोकेको भाडाभन्दा सस्तो दरमा दूतावासले त्यहाँ समस्यामा परेका नेपालीको स्वदेश फिर्तीको व्यवस्था मिलाएको छ । 

एकतर्फी उडानको भाडा ११५ ओमानी रियाल अर्थात आजको विनिमय दर अनुसार ३६ हजार २ सय ६१ रुपैयाँ तोकेको छ । यो भाडा दर सरकारले स्वदेश फिर्तीका लागि तोकेकोभन्दा सस्तो हो । सरकारले उद्धार उडानका लागि हुने चार्टर्ड जहाजको भाडा तीन पटक घटाएर ओमानका लागि ३६८ अमेरिकी डलरमा झारेको छ । यो भनेको आजको विनिमयदर अनुसार ४४ हजार ६७३ रुपैयाँ हो ।

ओमानबाट फर्कनेको साथमा पीसीआर जाँचको नेगेटिभ रिपोर्ट साथमा भएपछि क्वरेण्टीनमा बस्न नपर्ने र सिधै होम क्वरेण्टीनमा जान पाइने दूतावासले जनाएको छ ।

ओमानबाट सार ४ गते हुने दोस्रो उडान मार्फत १८० जना नेपाली स्वदेश फर्कनेछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य