२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अन्य दूताबासहरुले पनि ओमानस्थित नेपाली दूताबासबाट केहि सिक्ने कि ?

२ असार २०७७, मंगलवार ०१:५९

योगेन्द्र योगी | असार २, दोहा | प्राय खाडीमुलक लगायत मलेसियास्थित नेपाली दूताबासहरुले त्यहाँ कार्यरत नेपाली श्रमिकहरुको गुनासो नसुनेको, दूताबासमा सम्पर्क गर्दा फोन नउठाउने गरेको समस्या सार्वजानिक भइरहेको बेला ओमानस्थित नेपाली दूताबासले भने एक सराहनीय काम गरेको छ । 

दूतावासले आफ्ना नागरिकलाई सरकारले तोकेको भाडादर भन्दा  सस्तोमा नेपाल पठाएर ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले प्रशंनीय काम गरेकी छिन् ।



कोभिड-१९ को विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्‍न असहज परिस्थितिका कारण  स्वदेश फर्किनै पर्ने नेपाली नागरिकहरुको सम्बन्धमा नेपाली नागरिकलाई स्वदेश फर्काउन सहजीकरण पहिलो चार्टर उडानमार्फत् ओमानबाट १६६ यात्रु नेपाल फर्किसकेका छन् ।


उडान शुरु हुनुपूर्व यात्रामा संलग्न सम्पूर्ण यात्रु तथा चालक दलका सदस्यहरुको कोभिड-१९ को पिसिआर स्वाब परीक्षणको नतिजा नेगेटिभ रहेको सु-निश्चित गरिएको थियो।

विमानस्थलमा उपस्थित सम्पूर्ण नेपालीहरुलाई राजदूत सर्मिला पराजुली ढकालले स्वदेश फिर्तीको लागि नमस्कार गर्दै उनीहरूको सफल यात्रा तथा सुखमय जीवनको लागि शुभकामना व्यक्त गरेकी थिइन् । 

यात्रुहरूले स्वदेश फर्कने अवसर जुटाइदिएकोमा राजदूत तथा समस्त दूतावास परिवारलाई धन्यवाद दिएका थिए । दूतावासको सक्रियतामा चार्टर उडानमार्फत् शुलभ दरमा स्वदेश फर्कने अवसर प्राप्त भएकोमा खुशी व्यक्त गर्दै यात्रामा सहभागी सम्पूर्ण नेपालीहरुले दूतावासको कार्यको प्रशंसा गरेका थियो । 

यसैगरी दोस्रो चार्टर उडान जुन १८ मा हुने गरी कार्य प्रक्रिया अगाडि बढाइएको छ। तसर्थ अन्य खाडी देशहरुबाट धमाधम उडान रद्द भैरहेको बेला ओमानस्थित नेपाली दूताबासले गरेको यो कार्यबाट अन्य देशमा रहेका नेपाली दूताबासहरुले पनि अब केहि सिक्ने कि ? 


माथिको तस्बिरमा: बिमानस्थल पुगेर स्वदेश फर्किन लागेका नेपालीहरुलाई बिदाई गर्दै ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य