असार २, काठमाडौँ । नेपाली काँग्रेसले कोभिड १९ को महामारीका कारण सवै व्यवसायमा गम्भीर असर परिरहेको भन्दै वैदेशिक रोजगार व्यवसायीको इजाजत पत्र सहज रुपमा नविकरण गरिदिन सरकारको ध्यानाकर्षण गराएको छ ।
नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले एक विज्ञप्ती प्रकाशित गर्दै विषम परिस्थितिमा बार्षिक १ सय जना कामदार वैदेशिक रोजगारीमा पठाउनुपर्ने वाध्यात्मक व्यवस्थाका कारण नेपालका करिव ७५ प्रतिशत वैदेशिक रोजगार व्यवसायीहरुको इजाजत पत्र नविकरण नहुने अवस्था सिर्जना भएको जनाएका छन् ।
वैदेशिक रोजगार ऐनमा गरिएको पछिल्लो संशोधन अनुसार बर्षमा १ सय कामदार रोजगाीका लागि पठाउन नसक्ने वैदेशिक रोजगार व्यवसायीको ईजाजत पत्र नविकरण हुँदैन । सो व्यवस्थाका कारण धेरै व्यवसायीको ईजाजतपत्र रद्द हुने स्थिति रहेको भन्दै सरकारले ऐनको सो व्यवस्थामा संशोधन गर्ने निर्णय गरिसके पनि औपचारिक निर्णय भएको छैन । ऐनको सो व्यवस्था संसद मार्फत संशोधन हुनु पर्दछ ।