असार २, काठमाडौं। वैदेशिक रोजगारीमा गएर फर्किएकाहरुले वैदेशिक रोजगार वोर्डबाट क्षतिपुर्ति लिनको लागि अबदेखि वैदेशिक रोजगार विभागको सिफारिस नचाहिने भएको छ ।
श्रम स्वीकृति लिई वैदेशिक रोजगारीका क्रममा विदेश गई कामको शिलशिलामा शारीरिक तथा मानसिक अशक्त वा अंगभंग तथा मृत्यु भई क्षतिपूर्तिको लागि असार १ गतेबाट विभागको सिफारिस नचाहिने वैदेशिक रोजगार विभागले जनाएको छ । विभागको सिफारिस बिना नै वैदेशिक रोजगार वोर्डको सचिवालयले आर्थिक सहायता तथा बीमाको सिफारिस गर्ने विभागले जनाएको छ । यसअघी वोर्डबाट क्षतिपुर्ति लिनको लागि विभागबाट अनिवार्य रुपमा सिफारिस लिनुपर्ने थियो ।