Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

सङ्क्रमितसँगै रहेका ६२ जनाको पिसीआर रिपोर्ट नआउँदै घर पठाइयो

२०७७, ४ असार बिहीबार १३:१३

असार ४, बाजुरा | जिल्लाको बूढीगङ्गा नगरपालिका–१ धुरालसैन मावि क्वारेन्टिनमा बसेका ६२ जनालाई पिसीआर रिपोर्ट नआउँदै घर पठाइएपछि सर्वसाधारण त्रसित बनेका छन् । 

कोरोनाकै कारण ज्यान गुमाएकी बालिकासँगै क्वारेन्टिनमा बसेका ६२ जनाको पिसीआर रिपोर्ट नआउँदै बुधबार नगरपालिकाले घर पठाएपछि स्थानीयवासी आक्रोशित बनेका हुन् ।

धुरालसैन माविको क्वारेन्टिनमा बस्ने करिब १८७ जनाको पिसीआर जाँचका लागि धनगढी पठाइएको थियो । रिपोर्ट आउनमा ढिलाइ भएपछि ६२ जनाको रिपोर्ट नआउँदै उनीहरुलाई घर पठाइएको हो । रिपोर्ट नआएकाहरु धरै दिनसम्म बस्नुपरेको भन्दै आक्रोशित हुन थालेपछि नगरपालिकाले घर पठाइदिएको आरोप स्थानीयवासीको छ । त्यस्तै बुधबार नै सदरमुकाम मार्तडीको बाजुरा क्याम्पस र मालिका माविको क्वारेन्टिनमा रहेकालाई पनि २३ दिनसम्म पिसीआर रिपोर्ट नआएपछि घर पठाइएको छ । 

१७२ को पिसीआर रिर्पोर्ट नेगेटिभ

जिल्लाका विभिन्न क्वारेन्टिन र आइसोलेसनमा रहेका १७२ जनाको पिसीआर रिपोर्ट नेगेटिभ आएको छ । धनगढी प्रयोगशालामा थन्किएको स्वाबको बुधबार साँझ रिपोर्ट आएको स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत प्रमुख दयाकृष्ण पन्तले बताउनुभएको छ । जाँच गरिएको सबैको रिपोर्ट नेगेटिभ आएको र अझै धेरै जनाको रिपोर्ट आउन बाँकी रहेको पन्तले जानकारी दिएका छन् ।

१३३ जनाको स्वाब सङ्कलन

बाजुराको त्रिवेणी नगरपालिका स्वास्थ्य शाखाले आरडिटीका क्रममा पोजेटिभ आएकाहरुको पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन शुरु गरेको छ । यसअघि गाउँपालिकाको विभिन्न क्वारेन्टिनमा रहेकाहरुको आरडिटीका क्रममा पोजेटिभ आएकाको स्वाब सङ्कलन कार्य शुरु गरिएको नगरपालिकाका प्रवक्ता प्रेमबहादुर थापाले जानकारी दिनुभएको छ । ११६ जनाको पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ । बुधबार पहिलो दिन पार्वती माविबाट २७, महालक्ष्मी आधारभूत विद्यालयबाट एक, खिन्नै सत्यदेवी आधारभूत विद्यालयबाट १७ जनाको स्वाब सङ्कलन गरिएको छ ।

त्यस्तै त्रिवेणीकै रत्न मावि सेलिफालबाट २०, नवदुर्गा आधारभूत विद्यालयबाट सात, नाटेश्वरी आधारभूत विद्यालयबाट पाँच, नरसिंह निमाविबाट ११, कैलाशेश्वरी मावि दम्था वडा नं ७, ८ र ९ का २८ जना क्वारेन्टिनमा रहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ